जितेन्द्र साह का लेखहरु

मोरङको ग्रामीण भेकका मतदाताले भोज, मदिरा र पैसा खुवाएर भोट बटुल्न खोज्नेलाई आसन्न चुनावमा पराजित गर्ने दृढता व्यक्त गरेका छन् । ‘भोजभतेर, तडकभडक गर्ने र पैसाको बलमा भोट किन्न खोज्नेलाई गाउँबाटै लखेट्छौं,’ ४० वर्षीया पार्वती सहनीले भनिन्, ‘छरछिमेकलाई समेत त्यस्ता नेता, उनीहरूका कार्यकर्ता र दलालबाट सतर्क रहन भनेका छौं ।’
पूरा पढ्नुहोस्
सरकार सञ्चालनका लागि असल जनप्रतिनिधि चयनका साथसाथै आआफ्नो क्षेत्रका विकास निर्माणलाई जोड दिएर अघि बढाउन प्रतिनिधि र प्रदेशसभा सदस्यहरू गाउँटोल पुगिरहेका छन् ।
पूरा पढ्नुहोस्
विश्वकै उत्कृष्ट गुणस्तरको रेटिना (आँखाको पर्दा) जाँच यन्त्र ‘साइरस एचडी–ओसीटी’बाट न्यून शुल्कमा सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालमा उपचार सुरु भएको छ । अचानक दृष्टिविहिन भएमा, आँखाको अगाडी कालो दागजस्तो देखेमा, चिनी र उच्च रक्तचापका बिरामीको दृष्टिमा गडबडी देखिएमा यो आधुनिक उपकरणले जाँच गरेर तत्काल उपचार खोजिन्छ ।
पूरा पढ्नुहोस्
वरदेखि परसम्म विशाल धान फाँट लहलहाइरहेको । खेत छेउको खाल्डोमा दलित ऋषिदेव परिवार माछा मार्न व्यस्त छन् । कोहीकोही हेरेरै रमाइलो गरिरहेका छन् । स्थानीय महिला पुरुष धान काट्न खेततिर जाने तरखरमा छन् । कोही घरधन्दामा व्यस्त देखिए ।
पूरा पढ्नुहोस्
सात वर्षदेखि बन्द सुनसरीको बराहस्थित चतरा जल विद्युत् केन्द्र पुन: सञ्चालनमा आउने भएको छ । केन्द्रका अनुसार मर्मत कार्य अन्तिम चरणमा पुगेकाले कात्तिकको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको हो ।
पूरा पढ्नुहोस्
दैनिक हजारभन्दा बढी सेवाग्राही आउने विराटनगरस्थित कोसी अञ्चल अस्पतालको रेडियोलोजी विभागको अति आवश्यक एक्सरे सेवा जेनतेन चल्दै आएको छ । अस्पतालमा पुरानो र नयाँ गरी दुई एक्सरे छन् । तर ती दुवैबाट बिरामीको एक्सरे लिएपछि अन्तिम रिपोर्ट निकाल्नलाई प्रयोग हुने उच्च प्रविधिको प्रोसेसर मेसिन ३ कात्तिकदेखि बिग्रिएको अस्पताल स्रोतले जनायो ।
पूरा पढ्नुहोस्