जयबहादुर रोकाया का लेखहरु

नेपाल खाद्य संस्थानले चामल ढुवानी नगर्दा स्थानीयलाई चाडपर्व मनाउन समस्या परेको भन्दै जनप्रतिनिधि प्रदर्शनमा उत्रिएका छन् । सदरमुकाममा मंगलबार थाल ठटाउँदै चामल माग गरेका उनीहरूले संस्थानको कार्यालयमा धर्ना दिए ।
पूरा पढ्नुहोस्
कर्मचारीको लापरबाहीका कारण हुम्लाको श्रीनगर डिपोमा चामल गोदाममै थन्किएको छ । डिपो प्रमुख खेमराज काफ्ले दसैं अघि नै कार्यालय छाडेर घर बिदामा हिंडेपछि त्यस क्षेत्रमा चामल वितरण हुन नपाएर गोदाममै रहेको हो ।
पूरा पढ्नुहोस्
सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा नजोडिएको भए पनि ५७ किलोमिटर सडकमा गाडी नियमित गुडिरहेका छन् । उत्तर तिब्बत सीमा हिल्साबाट दक्षिण नाम्खा गाउँपालिकाको तुम्कोटसम्मको ३८ किलोमिटर सडक र सिमकोटको उत्तर–दक्षिणको १९ किलोमिटर सडकमा गाडी गुड्ने गरेका हुन् ।
पूरा पढ्नुहोस्
हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो । तर, सिमकोट बजारको उत्तरी र दक्षिणी क्षेत्रको १९ किलोमिटरमा आधा दर्जन चारपांग्रे गाडी गुड्ने गरेका छन् । सदरमुकामको मुख्य बजारबाट दक्षिण स्याम्नेसम्म ८ किलोमिटर र उत्तर हेक्पाखोला नजिक ११ किलोमिटर गाडी गुड्ने गरेका हुन् ।
पूरा पढ्नुहोस्
राष्ट्रिय गौरवको सडक आयोजना निर्माणले तीव्रता पाएसँगै हुम्लाको सिमकोटलाई चीनसँग जोड्ने स्थलमार्ग अन्तिम चरणमा पुगेको छ । कर्णाली कोरिडोर आयोजनाअन्तर्गत सिमकोट–हिल्सा सडक निर्माण सुरुवातमा सुस्त देखिए पनि दुई वर्षयता काम तीव्र हुँदा चीनसँगको दूरी छोटिँदै गएको हो ।
पूरा पढ्नुहोस्
हुम्लाको सिमकोट गाँउ पालिकाको अध्यक्षमा काँग्रेसका पदमबहादुर लामाले १३६५ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी माओबादी केन्द्रका महेन्द्रबहादुर शाहीले १२४२ मत ल्याए ।
पूरा पढ्नुहोस्