जनकराज सापकोटा का लेखहरु

प्रहरी प्रधान कार्यालयले बलात्कारपछि हत्या घटना अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका डीएसपी सञ्जीव शर्मा दासलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरेको छ । दासमाथि कारबाही गर्न मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले दिएको रायसहितको सिफारिस भने प्रहरी प्रधान कार्यालयको कानुन शाखामा थन्किएको छ ।
पूरा पढ्नुहोस्
गृह मन्त्रालयको बढुवा समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि ११ जना डिआईजीको नाम सिफारिस गरेको छ। डिआईजीको वरिष्ठतामा एक नम्बरमा रहेका नवराज सिलवाल एआईजीको सिफारिसमा परेका छैनन्।
पूरा पढ्नुहोस्
साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ ।
पूरा पढ्नुहोस्
बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् । सुन तस्करीमा संग्लन आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्दा चलाएकामा १२ जनालाई पक्राउ नै गरेर बुझाएको थियो जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् ।
पूरा पढ्नुहोस्
अनियमितता आरोप लागेका सप्तरी र पर्साका प्रहरी प्रमुख हेडक्वार्टर तानिएका छन् । प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा सप्तरीका प्रमुख एसपी सप्तरीका अनुराग द्विवेदी र पर्साका प्रमुख एसपी गोविन्द साह आर्थिक अनियमिमताको आरोपमा अनुसन्धानका लागि हेडक्वार्टर तानिएका हुन् ।
पूरा पढ्नुहोस्