चन्द्र कार्की का लेखहरु

तेह्रथुममा आयोजित प्रथम १० किलोमिटर म्याराथुन दौड १८–४४ वर्ष उमेर समूह प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल म्याङलुङ गुल्मका जवान गणेशसिंह ठकुरीले हात पारेका छन् । ठकुरीले ३२ मिनेट ३९ सकेन्डमा निर्धारीत दूरी पार गरे । उपाधिसँगै ठकुरीले नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
पूरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ समानुपातिक उम्मेदवारी छाडेर प्रतिनिधिसभाको प्रतिस्पर्धामा होमिएकी छन् । सहजै हुने समानुपातिक सांसद हुन छाडी प्रत्यक्ष चुनावी मैदानमा होमिनुको कारणबारे उनले भनिन्, ‘म यो जिल्लालाई अगाडि बढाउन सक्छु भन्ने हिम्मतका साथ सहजै पाउन सकिने समानुपातिक सांसद पद त्यागेको हुँ ।’
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजीकिँदै जाँदा गाउँदेखि बजारसम्म आर्थिक गतिविध बढेको छ । दलका बैठक, सभा, कोठे तथा होटलमा हुने छलफल, घरदैलो कार्यक्रमजस्ता गतिविधि गाउँदेखि सहरसम्म बढेकाले जिल्लामा आर्थिक कारोबार बढेको हो ।
पूरा पढ्नुहोस्
म्याङलुङ नगरपालिकाका ६५ वर्षीय डम्बर लोहारलाई बारीमा तरकारी फलाएर नजिकै रहेको बजारमा बिक्री गर्न पाए आम्दानी हुन्थ्यो भन्ने लागेको छ । उनको बारीमा कतैबाट पनि सिँचाईका लागि पानी ल्याउने मुहान छैन । त्यसैले उनी यस पटकको निर्वाचनमा आफ्नो बारीसम्म पानी ल्याइदिने नेतालाई भोट दिने मनस्थितीमा छन् । ‘जुन नेताले पानी ल्याइदिन्छ, उसैलाई भोट हाल्ने हो’ उनले भने ।
पूरा पढ्नुहोस्
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुरक्षाका दृष्टिले ग्रामीण स्थानमा रहेका १३ मतदान स्थल संवेदनशील रहेको भन्दै जिल्ला सुरक्षा समितिले छुट्टै सुरक्षा रणनीति बनाएको छ ।
पूरा पढ्नुहोस्
जिल्ला तहको राजनीतिमा चर्चा कमाएका एमाले अध्यक्ष र कांग्रेस सभापति प्रदेशसभा निर्वाचनतर्फ एउटै क्षेत्रमा आमनेसामने भएपछि जिल्लामा चुनावी रौनक तातेको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा निर्वाचनमा एमाले अध्यक्ष लक्ष्मण तिवारी र कांग्रेस सभापति गोविन्द ढुंगानाले एउटै क्षेत्र रोजेर उम्मेदवारी दर्ता गराएपछि जिल्लामा चुनावी चर्चा बढेको हो । तिवारी वाम गठबन्धनका उम्मेदवार हुन् ।
पूरा पढ्नुहोस्