गंगा बीसी का लेखहरु

माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र एवं स्वकीय सचिव प्रकाशको आइतबार हृदयाघातबाट निधन भएको छ । जेठी छोरी ज्ञानुको क्यान्सरका कारण मृत्यु भएको चार वर्षमै दाहालले एक मात्र छोरा गुमाएका छन् । उनले प्रकाशलाई पशुपति आर्यघाटमा दागबत्ती दिए ।
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापालाई दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा विरासत थाम्न असहज देखिएको छ । स्थानीय निर्वाचनमा जिल्लाका सातवटै तह एमालेले जितेकाले उनलाई चुनौती थपिएको हो ।
पूरा पढ्नुहोस्
चीनको सीमा जोड्ने किमाथांका–खाँदबारी सडकलाई राजनीतिक दलका उम्मेदवारले एक नम्बर मुद्दा बनाएका छन् । पहिलो चरणमा हुन लागेको निर्वाचनमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले आफू विजयी भएमा यो सडक निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
पूरा पढ्नुहोस्
‘२०६२/०६३ को जनआन्दोलन संयोजन गरेको, शान्ति प्रक्रिया गन्तव्यमा पुर्‍याउने काम गरेको, संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्तिमाथि के कारणले एमाले, माओवादी खनिए ?
पूरा पढ्नुहोस्
सुनसरीका प्रमुख क्षेत्रमा निर्वाचन प्रचारप्रसार तीव्र भए पनि इटहरीको बाढीपीडित बस्तीमा उम्मेदवार पुगेका छैनन् । उनीहरू बाढीपीडित गाउँमा पस्न हच्कनुको कारण हो, राहत दिन नसक्नु । गत साउनमा आएको बाढीले घरबारविहीन बनेका इटहरी ४ गैरीगाउँका बाढीपीडित यतिखेर नेताहरूको नाम सुन्न पनि चाहँदैनन् ।
पूरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ समानुपातिक उम्मेदवारी छाडेर प्रतिनिधिसभाको प्रतिस्पर्धामा होमिएकी छन् । सहजै हुने समानुपातिक सांसद हुन छाडी प्रत्यक्ष चुनावी मैदानमा होमिनुको कारणबारे उनले भनिन्, ‘म यो जिल्लालाई अगाडि बढाउन सक्छु भन्ने हिम्मतका साथ सहजै पाउन सकिने समानुपातिक सांसद पद त्यागेको हुँ ।’
पूरा पढ्नुहोस्