गंगा बीसी का लेखहरु

बीपी र गिरिजाप्रसाद कोइराला विजयी भएको सुनसरी क्षेत्र ४ मा चुनावी रौनक बढेको छ । कुनै बेला बीपीसँगै प्रतिस्पर्धा गरेका दिलप्रसाद श्रेष्ठका भतिजा रमेशले कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई चुनौती दिइरहेका छन् ।
पूरा पढ्नुहोस्
‘माझी दाइले जीवनभरि डुँगा तारिरहे... अरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे...’ उदितनारायण झाको यो गीतजस्तै भएको छ उनीहरूको जीवन । धेरै चुनाव आए, गए । धेरै नेतालाई जिताए तर उनीहरू तमोरको किनारामै रहे ।
पूरा पढ्नुहोस्
माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र एवं स्वकीय सचिव प्रकाशको आइतबार हृदयाघातबाट निधन भएको छ । जेठी छोरी ज्ञानुको क्यान्सरका कारण मृत्यु भएको चार वर्षमै दाहालले एक मात्र छोरा गुमाएका छन् । उनले प्रकाशलाई पशुपति आर्यघाटमा दागबत्ती दिए ।
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापालाई दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा विरासत थाम्न असहज देखिएको छ । स्थानीय निर्वाचनमा जिल्लाका सातवटै तह एमालेले जितेकाले उनलाई चुनौती थपिएको हो ।
पूरा पढ्नुहोस्
चीनको सीमा जोड्ने किमाथांका–खाँदबारी सडकलाई राजनीतिक दलका उम्मेदवारले एक नम्बर मुद्दा बनाएका छन् । पहिलो चरणमा हुन लागेको निर्वाचनमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले आफू विजयी भएमा यो सडक निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
पूरा पढ्नुहोस्
‘२०६२/०६३ को जनआन्दोलन संयोजन गरेको, शान्ति प्रक्रिया गन्तव्यमा पुर्‍याउने काम गरेको, संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्तिमाथि के कारणले एमाले, माओवादी खनिए ?
पूरा पढ्नुहोस्
सुनसरीका प्रमुख क्षेत्रमा निर्वाचन प्रचारप्रसार तीव्र भए पनि इटहरीको बाढीपीडित बस्तीमा उम्मेदवार पुगेका छैनन् । उनीहरू बाढीपीडित गाउँमा पस्न हच्कनुको कारण हो, राहत दिन नसक्नु । गत साउनमा आएको बाढीले घरबारविहीन बनेका इटहरी ४ गैरीगाउँका बाढीपीडित यतिखेर नेताहरूको नाम सुन्न पनि चाहँदैनन् ।
पूरा पढ्नुहोस्