खगेन्द्र अवस्थी का लेखहरु

बैतडी प्रतिनिधिसभामा एमाले उमेद्वार दामोदर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई ११ हजार २ सय ३३ मतले पछि पारेका हुन् । भण्डारीले ३९ हजार ५ सय २४ मत ल्याएका छन् । प्रतिस्पर्धी वाणिज्य राज्यमन्त्री चन्दले २८ हजार २ सय ९१ मत पाएका छन् ।
पूरा पढ्नुहोस्
बैतडीका २ वटै प्रदेश सभामा वाम गठबन्धनका उमेद्वार विजयी भएका छन् । प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र प्रदेश सभा ‘ख’ मा एमालेका लिलाधर भट्ट विजयी भएका हुन् ।
पूरा पढ्नुहोस्
बैतडीको पुर्चौडी नगरपालिका ५ का शंकर धामी बुधबार बैतडीको जुलाघाट नाकाबाट भारत छिर्दै गरेका भेटिए । कात्तिकमा खेतीपाती सकेर कामको खोजीमा भारत जाने धामी यो वर्ष महिना दिन ढिलो गएका हुन् ।
पूरा पढ्नुहोस्
रोजगारी नपाएको भन्दै धेरै युवा विदेशिएका छन् । पुर्चौडी नगरपालिका १ हाटकी मानमती बोहराले कुखुरा पालेर राम्रो आम्दानी गरेकी छन् ।
पूरा पढ्नुहोस्
दशरथचन्द नगरपालिका–४ शाहीलेकका दशरथ टमटा नगरपालिका भवनमा बसेको ९ दिन पुग्यो । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मतपेटिका कुरुवा बसेका राप्रपा कार्यकर्ता टमटाको बासै त्यहीं छ । ‘पार्टीले खटाएकाले आफ्नो काम छाडेर पनि बसेको छु,’ उनले भने, ‘सुरुको दिन कुर्सीमै बसेर रात बिताए, अहिले ओढ्ने–ओछ्याउनेको व्यवस्था छ ।’
पूरा पढ्नुहोस्
भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौं भारतीय पेन्सनर नेपाली समस्यामा परेका छन् । मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सनधारीले आफूहरूलाई निकै गाह्रो हुने बताए ।
पूरा पढ्नुहोस्
मतपेटिका थन्क्याएर यहाँका नेता–कार्यकर्ता तराई झरेका छन् । उनीहरू दोस्रो चरणमा चुनाव हुने तराईका जिल्लातर्फ गएका हुन् । त्यहाँ पुगेर आफ्ना पार्टीका उम्मेदवारको पक्षमा प्रचार गर्न थालिसकेका छन् ।
पूरा पढ्नुहोस्