कृष्ण थापा का लेखहरु

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको छैटौं अधिवेशनले कपिलदेव खनालको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमिति उपाध्यक्षमा रामहरि न्यौपाने, महिला उपाध्यक्षमा रुपा अर्याल, सचिव जगदीश खनाल, सहसचिव नवराज सुवेदी, समावेशी सहसचिव जमुना गजुरेल, कोषाध्यक्ष सुनिल विष्ट निर्वाचित भएका छन् ।
पूरा पढ्नुहोस्
पुरातात्विक महत्त्व बोकेको ऐतिहासिक साततल्ले दरबारको आगामी नयाँ आर्थिक वर्षदेखि निर्माण थालिने भएको छ । पुनर्निमाणको लागि साधन, स्रोत र समय बढी आवश्यक पर्ने भएकाले ढिलाई हुन गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पूरा पढ्नुहोस्
जिल्लामा १ सय ८४ जना म्यादी प्रहरीले तराईमा हुने निर्वाचनमा जान नसकिने भन्दै राजीनामा दिएका हुन् । ‘जागिर नखानेभन्दै धमाधम राजिनामा दिएर गए,’ जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले भने ।
पूरा पढ्नुहोस्
२७ दिनअघि पक्राउ परेका नेत्रविक्रम चन्द्र नेकपाका नुवाकोट विनपा ११ गेर्खुका राष्ट्रिय युवा जनस्वयंसेवक जिल्ला अध्यक्ष शंकर तामाङलाई मंगलबार स्थानीय प्रशासनले छाडेको ५ मिनेटमै प्रहरीले पक्राउ गरी धादिङ पुर्‍याएको छ । उनको बाबु रक्त क्यान्सर सिकिस्त बिरामी पर्दा समेत प्रहरीले नछाडी धादिङ पुर्‍याएपछि नेकपा नुवाकोट स्थानीय प्रशासन र प्रहरीप्रति क्रुद्ध छ ।
पूरा पढ्नुहोस्
जिल्ला अदालतले ज्यान मुद्दामा सजाय तोकिएका एक अभियुक्तलाई करिब डेढ महिनापछि पक्राउ गरेको छ । विदुर नगरपालिका ५ देवीघाटका ३५ वर्षीय दीपक चित्रकार (गान्टे) लाई नुवाकोट प्रहरीले काठमाडौंबाट पक्राउ गरी यहाँ ल्याएको हो । उनलाई जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनी ठूला नेताको संरक्षणमा फरार थिए ।
पूरा पढ्नुहोस्
निर्माण सामाग्री लिएर विदुर ४ बट्टारबाट तादी ४ भंगेरी जाँदै गरेको आइचर गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । शनिबार राति भंगेरी—मालाभन्ज्याङ कच्ची सडकबाट सिमेन्ट बोकेको बा ३ ख ६९६८ नम्बरको आइचर गाडी ब्रेक फेल भएको अनुमान प्रहरीको छ ।
पूरा पढ्नुहोस्