कृष्ण आचार्य का लेखहरु

खर्च हुन नसक्ने शीर्षकमा बढी बजेट दिएको भन्दै पुनर्निर्माण प्राधिकरणले ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
चौतारा साँगाचोकगढी नगरपालिकाकी जुलु गिरीको घर डीपीसी गरेर छाडेको दुई महिना बित्न लाग्यो । मापदण्ड अनुसारै घरको जग निर्माण गरेको प्राविधिकहरूले प्रमाणित गरिसके । ‘तर दोस्रो किस्ताको रकम पाउन सकिएको छैन,’ उनले भनिन्, ‘छाप्रामा बस्दा आसैआसमा स्वर्गको बास हुने बेला भइसक्यो ।’
पूरा पढ्नुहोस्
एनसेल बिक्रीको पुँजीगत लाभकर असुल गर्न/गराउन संसद्को लेखा समितिका ८ बैठक बसिसके । २०७३ वैशाख २२ देखि सुरु समितिको छलफलमा कर निर्धारणको प्रमुख जिम्मेवार निकाय आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मादेखि मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी भइसके । सबैले पुँजीगत लाभकर असुल गर्ने प्रतिबद्धता पनि जनाए ।
पूरा पढ्नुहोस्
कर नतिर्न चौतर्फी ‘लबिइङ’ गरिरहेको दूरसञ्चार कम्पनी एनसेलसँग सरकारले कम्तीमा ३२ अर्ब रुपैयाँ राजस्व उठाउनुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले विभिन्न तीन शीर्षकमा शुल्क तथा ब्याज गरी ३२ अर्ब २ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने निर्णय गर्दै अर्थ मन्त्रालयका नाममा बेरुजु कायम गरिदिएको हो ।
पूरा पढ्नुहोस्
उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मुल्यमा जग्गा भाडामा लिन सफल चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले औल्याएको छ ।
पूरा पढ्नुहोस्
नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्थापछि राणा अध्यक्ष र निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गोल्छ विजयी भएका हुन् ।
पूरा पढ्नुहोस्
नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि ५७ वटा पदका लागि जारी निर्वाचनमा मतदान सुरु भएको छ । निर्वाचन गर्न गठित समितिले उम्मेदवारी फिर्ता लिन दिएको समयसीमाभित्र केही पदमा मात्रै उम्मेदवारी फिर्ता भएपछि अधिकांश पदमा निर्वाचन सुरु भएको हो । बिहान साढे ९ बजेबाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
पूरा पढ्नुहोस्