कुलचन्द्र न्यौपाने का लेखहरु

राष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल एक देश भए पनि तराई-मधेस छुट्टै 'राष्ट्र' भएको व्याख्यासहितको घोषणापत्र ल्याएको छ ।राजपाले बिहीबार अपरान्ह महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । यही म‌ंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रको प्रस्तावनामा नै मधेसलाई छुट्टै 'राष्ट्र' रुपमा राजपाले उल्लेख गरेको छ । घोषणापत्रमा राखिएको यस्तो प्रावधानप्रति राजपाकै नेताहरुले असन्तुष्टि प्रकट गरेका छन् ।
पूरा पढ्नुहोस्
भूकम्प गएको साढे दुई वर्ष बित्यो । सदरमुकाम मन्थलीबाट पश्चिम तामाकोसी किनारस्थित रजगाउँको माझी बस्ती भने अझै उठ्न सकेको छैन । यहाँका बासिन्दा यसपालिको कठ्यांग्रिँदो जाडो पनि झुपडीमा विताउन विवश छन् ।
पूरा पढ्नुहोस्
जनमतका हिसाबले जिल्लामा २०४६ देखि नै वामपन्थी विचारको वर्चस्व थियो । सुरुवाती दिनमा तत्कालीन जनमोर्चा नेपालका नेता लीलामणि पोखरेलले वामपन्थी मतको नेतृत्व गरेका थिए । ०४८ को आमनिर्वाचनमा जनमोर्चाले जितेका ९ सिटमा रामेछाप पनि एउटा हो । अहिले प्रदेश ‘क’ पर्ने उक्त क्षेत्रबाट तत्कालीन जनमोर्चाका कमल चौलागाईं निर्वाचित भएका थिए ।
पूरा पढ्नुहोस्
जिल्लाको पहिचान बनाएको जुनारलाई यहाँका राजनीतिक दलहरूले चुनावी मुद्दा बनाएका छन् । वाम गठबन्धन र कांग्रेसका उम्मेदवारले जिल्लालाई जुनारको ‘सुपरजोन’ बनाउन आ–आफ्नो भूमिका रहेको भन्दै कृषकको मत तान्ने प्रयासमा छन् ।
पूरा पढ्नुहोस्
स्थानीय तहमा प्राप्त मतका आधारमा सिन्धुलीमा वामपन्थी गठबन्धनका पक्षमा ६० प्रतिशतभन्दा बढी मत छ । तर, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल त्यसैलाई चुनाव जित्ने मुख्य आधार मानेर ढुक्क हुने स्थितिमा छैनन् ।
पूरा पढ्नुहोस्
कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञ सुनुवार जिल्ला मात्र नभई राष्ट्रिय राजनीतिमै चर्चा कमाएका अनुहार हुन् । अठारपल्ट कार्यबाहक प्रधानमन्त्रीको नाम लेखाएका जिल्लाका नेता बलबहादुर राईको विरासत पछ्याउँदै राजनीतिमा होमिएका खतिवडा र अनेरास्ववियुको केन्द्रीय राजनीतिबाट चर्चामा आएका सुनुवारबीचको प्रतिस्पर्धा निकै रोचक हुँदै छ ।
पूरा पढ्नुहोस्