कुम्भराज राई का लेखहरु

नेपाली हास्य (कमेडियन) गीतको क्षेत्रमा ‘सुका माना घ्यू’ बोलको एल्बमले प्रकाश ओझा सुरुमा लोकप्रिय भए । उनको ‘भत्काइदिन्छु बाख्राको खोर पनि..’ अत्यधिक चर्चित भयो । तर यौनदुराचार, मानव बेचबिखन, ओसारपसारलगायतका काण्डले लामो समय उनको नयाँ सिर्जना आउन सकेन ।
पूरा पढ्नुहोस्
संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथामा पाइला टेक्दा संसार नै जितेको महसुस गर्नु स्वाभाविक हो । यत्तिको गौरव गर्ने सगरमाथा सोलुखुम्बु जिल्लाको खुम्जुङ गाविसमा पर्छ । संसारको जुन देश पुगे पनि आफूलाई ‘सगरमाथाको देश’बाट आएको परिचय दिने प्रचलन नै छ । केही वर्ष अघिसम्म सोलुखुम्बुलाई दुर्गम हिमाली जिल्ला भनिन्थ्यो, जुन परिचय अहिले फेरिँदै गएको छ । सोलुखुम्बुले सगरमाथाका साथै अन्य सम्भावना देखाएर विकासको गति पक्रिएको छ ।
पूरा पढ्नुहोस्
शनिबार १० बजेतिर आगलागी हुँदा यहाँको कटुन्जे–८, बाबिया गाउँमा पाँच घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी भएपछि स्थानीय, प्रहरी लगायतले नियन्त्रणको प्रयास गरिरहेका छन् ।
पूरा पढ्नुहोस्
‘रिटिङ रिटिङ नबजाऊ बिनायो...’ बोलको गीतको यो अन्तरा गाउँदा अहिले पनि ८२ वर्षीय एलपी जोशी मच्चिएर कुम हल्लाउँछन् । बूढाहरू त के युवाहरूले समेत उनको गीतमा साथ दिन्छन् । २०३० को दशकमा खुबै चर्चित भएको यस गीतबाहेक उनका दर्जनौं गीत छन् । रेडियो नेपालको जमानामै चर्चित एलपी जोशी पूर्वमै बसेर संगीत सिर्जना गर्ने पुराना संगीतकर्मी हुन् ।
पूरा पढ्नुहोस्
‘ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै, पसिना झार्दै तरर, चारदिनको बाटो कटारी बजार...’ दुई दशक अघि सम्म रेडियो नेपालमा बज्ने जेबी टुहुरेको खुब चर्चित गीत थियो यो । त्यतिखेर सडकको परिकल्पना निकै ठूलो सपना जस्तै थियो । तर अहिले ओखलढुंगाको ५० (सबै) गाविस र नगरपालिकामा सडक पुगेका छन् ।
पूरा पढ्नुहोस्
एमाले सचिव योगेश भट्टराईले स्थानीय तहको चुनाव गर्न नसके प्रचण्डले कुर्सी छोड्नुपर्ने बताएका छन् । संविधान कार्यान्वयनको पहिलो चुनौती नै स्थानीय तहको चुनाव भएकोले यो सरकारले नसकेमा अर्को सहमतिको सरकार आवश्यक भएको भट्टराईले बताए ।
पूरा पढ्नुहोस्