काशीराम डाँगी का लेखहरु

आधा दशकदेखि अलपत्र सुलीचौर–थबाङको सडक निर्माण धमाधम भइरहेको छ । उक्त सडक खण्डको सिरक्याङ भीर फोर्न नसकेर रोकिएको काम सडक डिभिजन कार्यालयले दुई ठाउँबाट अगाडि बढाएको छ ।
पूरा पढ्नुहोस्
दुई महिनाअघि अनुगमन भ्रमणमा घर्तीगाउँ आएका प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद मार्गको निर्माण चाँडै सक्न निर्देशन दिए । दाङ, रोल्पा, रुकुम र कर्णालीको डोल्पासमेत जोड्ने निर्माणाधीन मार्गको ट्रयाक खन्ने काम सकिएको छ । अब स्तरोन्नति र कालोपत्र गर्न बाँकी छ । प्रधानमन्त्री दाहालले यो सडकले सशस्त्र द्वन्द्वका पीडितलाई राहत मिल्ने दाबीसमेत गरे ।
पूरा पढ्नुहोस्
थबाङलाई कुनै बेला कम्युनिस्ट ‘गढ’ मानिन्थ्यो । अहिले त्यो यस्तो थलो बनेको छ जसलाई गैरकम्युनिस्ट दलसमेत जमघट गर्न रोज्छन् । पछिल्लो समय कांग्रेस, एमालेले समेत यहीं बैठक गरेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा लगभग पूर्ण मतदान भएको थबाङमा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ‘शून्य मतदान’ गरियो ।
पूरा पढ्नुहोस्
गाउँपालिकाको केन्द्र विवाद रहेको रोल्पाको त्रिवेणी गाउँपालिमा असन्तुष्ट पक्षले त्रिवेणीमा समानान्तर कार्यालय सञ्चालन गरेका छन् । त्रिवेणीमै केन्द्र राख्न माग गर्दै आएको असन्तुष्ट पक्षले साताअघि गाउँपालिकाको बोर्ड लेखेर टाँगेका थिए ।
पूरा पढ्नुहोस्
प्रविधियुक्त शिक्षाका लागि प्रयासरत जिनाबाङस्थित सिद्धार्थ माविलाई विदेशमा बस्ने नेपालीबाट सहयोग प्राप्त भएको छ । उक्त विद्यालयलाई गैरआवासीय नेपाली संघ (एनआरएन)ले भवन बनाउन करिब १७ लाख उपलब्ध गराएको हो ।
पूरा पढ्नुहोस्
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले क्रान्ति अझै नसकिएको बताएका छन् । रोल्पाको थबाङमा सम्पन्न भएको आठौं महाधिवेशनबारे जानकारी दिन शनिबार लिबाङमा आयोजना गरिएको घोषणा सभामा बोल्दै चन्दले तात्कालीन ‘जनयुद्ध’ को अर्को रुप ‘एकीकृत जनक्रान्ति’ लाई भिन्न तथा विशेष रुपमा अघि बढाइएको दाबी गरे ।
पूरा पढ्नुहोस्