कान्तिपुर संवाददाता का लेखहरु

नेपालले केन्यासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि दोस्रो चरणमा बिहीबार १९ खेलाडी छनोट गरेको छ । निर्धारित तालिका अनुसार नेपाल र केन्याको खेल फागुन २८ र ३० मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने कार्यक्रम छ ।
पूरा पढ्नुहोस्
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले छिट्टै निर्वाचन मिति घोषणा गर्ने सहमति गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटामा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले अबको मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
आफूसँग फरक मत राख्ने र निर्देशन नमान्ने कर्मचारीमाथि अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले थालेको छानबिन धमाधम असफल हुँदै गएका छन् । कार्कीको बहिर्गमनपछि हालसम्म पाँच जनाको सम्पत्ति छानबिन तामेलीमा गइसकेको छ । अन्य व्यक्तिहरूमाथिको छानबिनसमेत किनारा लाग्ने क्रममा छ ।
पूरा पढ्नुहोस्
गोरखाको मकैसिंह-३, बरडाँडाको प्रजाबस्ती प्राथमिक विद्यालयमा आयोजित ग्रामीण शिविर कार्यक्रममा कक्षा ४ मा अध्ययनरत सञ्जय चेपाङ एकाएक भक्कानिँदै पानी माग्दा सहभागी अधिकांशका आँखा रसाए ।
पूरा पढ्नुहोस्
अमेरिकाको पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका व्यक्तिहरुलाई प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयको विरुद्धमा भएको आदेशको समर्थन गरेको छ ।
पूरा पढ्नुहोस्
जिल्लाका प्रमुखहरुलाई अभिबादन (स्याल्युट) नगरेको भन्दै ट्राफिक हवल्दारलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरिएको छ । सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धानका डिएसपी शेरचनबहादुर चन्द र स्थानीय विकास अधिकारी ईन्द्रप्रसाद बस्याल चेरनेटाबाट जिल्ला प्रशासनको गाडीमा आउदै गर्दा सवारी चेकजाँचमा बसेका ट्राफिक हवल्दार त्रिचन्द्रबहादुर डिसी अभिवादन नगरेको आरोपमा कुटपिटमा परेका हुन ।
पूरा पढ्नुहोस्