कान्तिपुर टिम का लेखहरु

स्थानीय निर्वाचन सकिएलगत्तै दलहरू संघ र प्रदेश निर्वाचनको तयारीमा छन् । उम्मेदवार सिफारिसमा जुटेका उनीहरूलाई आकांक्षी बढी भएकै कारण सर्वसम्मत नाम छान्न सकस छ । नाम सिफारिस गरिसकेकाहरूले अधिकांश पुरानै अनुहारलाई छनोटमा पारेका छन् ।
पूरा पढ्नुहोस्
मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई उम्मेदवार सिफारिसमा परेकाहरू टिकट फुत्काउन समर्थकसहित राजधानीतिर लागेका छन् । आफू समर्थक नेतालाई टिकटका लागि भनसुन गर्न दलका भ्रातृ संगठनका कार्यकर्ता र नेताका आफन्तसमेत राजधानीमै छन् ।
पूरा पढ्नुहोस्
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि तराईका जिल्लामा उम्मेदवार छनोटको चटारो छ । तराई/मधेसका जिल्लामा क्रियाशील दलमाथि जातीय जनसंख्या र खर्च गर्न सक्ने क्षमताका आधारमा उम्मेदवार सिफारिस गर्नुपर्ने दबाब बढ्न थालेको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको उम्मेदवार चयनका लागि कार्यकर्ताबीच भोटिङ भएपछि एमाले बाँकेका तीन सांसद प्रत्यक्षतर्फका उम्मेदवारबाट बाहिरएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को आन्तरिक निर्वाचनमा नन्दलाल रोकाय र कमल बस्नेत विजयी भएपछि प्रत्यक्षतर्फ नाम सिफारिस भएको छ ।
पूरा पढ्नुहोस्
कांग्रेसले जिल्लामा प्रतिनिधिसभाका दु्ई क्षेत्रमध्ये १ नम्बरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित तीन जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । उनीसँगै सांसद अतहर कमाल र पूर्वराज्यमन्त्री कमलेशकुमार शर्माको नाम पनि सिफारिस गरिएको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलका जिल्ला नेतृत्व उम्मेदवार छान्न व्यस्त छन् । आकांक्षी धेरै भएपछि सर्वसम्मत उम्मेदवार छान्न नसकेका उनीहरू आन्तरिक विवाद बढ्न सक्ने देखेर आए जति सबै नाम पार्टी केन्द्रमा पठाइरहेका छन् । एउटै सिटमा पाँचभन्दा बढी नाम सिफारिस गरिएको छ ।
पूरा पढ्नुहोस्