एएफपी का लेखहरु

पिटर हयान्ड्सकम्ब र सन मार्सको ठोस अर्धशतक मद्दतले अस्ट्रेलियाले सोमबार भारतलाई तेस्रो टेस्टमा बराबरीमै रोकेको छ । यससँगै चार टेस्ट सिरिज १–१ को बराबरीमा पुगेको छ ।
पूरा पढ्नुहोस्
सर्जियो अगुइरोले ६९ औं मिनेटमा गरेको गोलबाट म्यानचेस्टर सिटीले आइतबार लिभरपुलसँग १–१ को बराबरी गरेको छ । यो नतिजाले सिटीको प्रिमियर लिगको शीर्ष ४ टोलीमा पर्ने लक्ष्य जीवित बनाएको छ ।
पूरा पढ्नुहोस्
चेल्सी व्यवस्थापक एन्टोनियो कोन्टेले आफ्ना स्ट्राइकर डिएगो कोस्टलाई टिमकै उदाहरणका रूपमा बखान गरेका छन् । स्टोक सिटीमाथि २–१ को जितसँगै प्रिमियर लिगमा १३ अंकले अग्रता लिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
पूरा पढ्नुहोस्
रियल म्याड्रिड व्यवस्थापक जिनेदिन जिदानले एथलेटिक बिलबाओमाथि उत्तराद्र्धको गोलबाट जित हासिल गरेपछि आफ्नो टिमको प्रशंसा गरेका छन् । ब्राजिली मिडफिल्डर कासिमिरो शनिबारको खेलमा अप्रत्याशित नायक सावित भएका थिए ।
पूरा पढ्नुहोस्
चेतेश्वर पुजाराले संयमित हुँदै बनाएको दोहोरो शतक र रिद्दिमान साहको अर्को शतक मदतले भारत अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिन बलियो स्थितिमा पुगेको छ । भारतले आफ्नो पहिलो इनिङ्स दिनको अन्त्यतिर नौ विकेट गुमाएर ६ सय ३ रनमा पूरा भएको घोषणा गरेको थियो । त्यसयता भारतले अस्ट्रेलियाको दुई विकेट लिएको छ ।
पूरा पढ्नुहोस्
अस्ट्रेलियाली तीव्र गतिका बलर प्याट कुमिन्सले ४ विकेट लिएपछि भारतले तेस्रो टेस्टको तेस्रो दिन शनिबार अन्त्यतिर धक्का बेहोरेको छ । चेतेश्वर पुजाराको ठोस शतकपछि भारतले दिनको खेल सकिँदा ६ विकेट गुमाएर ३ सय ६० रन बनाएको छ । घरेलु टिम पहिलो इनिङ्समा अझै ९१ रनले पछाडि छ ।
पूरा पढ्नुहोस्
क्राएग डावसनले दुई हेड गोल र हल रोब्सन कानुको अर्को गोलमा वेस्ट ब्रोमले शनिबार इङलस प्रिमियर लिगमा आर्सनलमाथि ३–१ को विजय हात पारेको छ । यसले आर्सनलका व्यवस्थापक आर्सन वेंगरमाथिको दबाब झन् बढाएको छ ।
पूरा पढ्नुहोस्