आनन्द गौतम का लेखहरु

फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलाबाट चिराइतोलगायतका जडीबुटी फेरि चीनतर्फ निर्यात हुने भएको छ । तिब्बतसँग सडक जोडिने भएपछि ढुवानीमा सहजता हुने भएकाले चीन लाने व्यापारिक प्रयोजनका वस्तु ओलाङचुङगोलामा गोदाम गर्न थालिएका छन् ।
पूरा पढ्नुहोस्
फक्तालुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका छेतेन वालुङ शेर्पा मौवाटारको गोठमा जन्मिए । चौंरी र याकसँगै हुर्किए । गाउँकै महेन्द्र प्राथमिक विद्यालयमा कखरा सिकेका उनले सदरमुकामको भानु जन माविबाट एसएलसी गरे । गाउँ फर्किए । छेतेनका सन्तानले भने त्यो कहर भोग्नु परेन । गोठमा होइन, बस्तीमै जन्म लिए ।
पूरा पढ्नुहोस्
विप्लव नेतृत्वको नेकपाको बन्दले शुक्रबार जिल्लामा यातायातका साधन चलेनका छैनन् । बजार पसल पनि ठप्प रहेका छन् । निजी शैक्षिक संस्था खुलेनन् भने सामुदायिक विद्यालय पनि कममात्रै खुलेका छन् ।
पूरा पढ्नुहोस्
पाल्पामा सम्पन्न राष्ट्रिय एन्फा महिला लिग विजेता ताप्लेजुङ टिमको सोमबार गृहजिल्लामा भव्य स्वागत गरिएको छ । जिल्ला फुटबल संघको आयोजनामा सम्मान गर्नुका साथै बाजागाजासहित सदरमुकाम फुङलिङ बजार परिक्रमा गराइएको हो ।
पूरा पढ्नुहोस्
चिनियाँ चालक स्वोलुङ दुई महिनादेखि नेपाली भूमिमा एक्जाभेटर चलाइरहेका छन् । नेपाल–चीन सीमा टिप्ताला भन्ज्याङबाट खन्न सुरु गरेका उनले करिब ११ किमि सडक निर्माण गरिसके । अहिले बाकाङसम्म सडक पुगेको छ । २ सय ४० सीसी क्षमताको मेसिन चलाउने उनी ट्रयाक खोल्छन् । त्यो मिलाउने, सडक चौडा बनाउने, खाल्टाखुल्टीमा ढुंगा लगाएर पेल्ने र खँदिलो बनाउने काम अर्का चालक स्वोफेले गर्छन् । स्वोफेले चलाउने मेसिन २ सय ८ सीसी क्षमताको छ ।
पूरा पढ्नुहोस्
५४ घरको झुरुप्प बस्ती । १० मिनेटमा वारपार गर्न सकिन्छ । सबै घरमा मानिस बस्दैनन् । केही बन्द छन् । फक्तालुङ गाउँपालिकाअन्तर्गत ७ नम्बर वडाको ओलाङचुङगोला यो सानो बस्तीलाई पनि असार १४ गते हुने स्थानीय तह निर्वाचनले छोएको छ ।
पूरा पढ्नुहोस्