अर्जुन शाह का लेखहरु

कांग्रेसबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार पदमबहादुर शाहीले शुक्रबार डोगडी गाउँका मतदाताको घरघर पुगेर नमस्कार गर्दै भोट मागे । त्यसकै भोलिपल्ट उनका प्रतिस्पर्धी प्रकाश शाह पनि नम्र शैलीमा नमस्कार गर्दै डोगडीवासीका घरमा पुगे हात जोडदै ।
पूरा पढ्नुहोस्
मतदान गराउनका लागि निर्वाचनमा खटिने कर्मचारीको विषयलाई लिएर बाजुरामा विवाद भएको छ । एमाललेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेको छ । कार्यालयमा तालाबन्दी भएपछि तोकिएको मतदान केन्द्रतिर हिँड्ने तयारीमा रहेका कर्मचारीहरु अलमलमा परेका छन् ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र जोगाउन कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले शनिबार बाजुरा सदरमुकाम मार्तडीमा आयोजित चुनावी सभामा वाम गठबन्धनतर्फ इंगित गर्दै लोकतन्त्रविरोधी शक्ति एक भएकाले लोकतन्त्र रक्षाका लागि कांग्रेसको जित अत्यावश्यक रहेको बताएका हुन् ।
पूरा पढ्नुहोस्
जिल्लाका अधिकांश मतदातालाई खेतीपातीको कामले भ्याइ नभ्याइ छ । कार्यकर्ताको टोलीसहित मत माग्दै घरदैलो आउने उम्मेदवार किसान मतदातालाई रिझाउन विभिन्न उपाय अपनाउन थालेका छन् ।
पूरा पढ्नुहोस्
गाउँगाउँमा चुनावको चहलपहल बढिरहेको छ । उम्मेदवार घरदैलोमा व्यस्त छन् । तर, बाजुराको लेकाली क्षेत्रमा बसोबास गर्ने भोटे समुदायलाई बेंसी झर्ने हतारो छ । गाउँमा चिसो बढेपछि यी मतदाता परिवारसहित धमाधम औल झर्दै छन् । उनीहरू मतदानबाट समेत वञ्चित हुने भएका छन् ।
पूरा पढ्नुहोस्
मुलुककै ‘गरिब जिल्ला’ बाजुरामा प्रमुख दलले भोकमरीको अन्त्य, सडकको पहुँच विस्तार र गुणस्तरीय शिक्षालाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।
पूरा पढ्नुहोस्