अब्दुल्लाह मियाँ का लेखहरु

दुर्लभ अफ्रिकी चरासँगै एसियामै नपाइने चिम्पान्जी र बाँदरसमेत नेपाल भएर तस्करी हुने गरेको खुलासा भएको छ ।
पूरा पढ्नुहोस्
चरासँगै दुर्लभ चिम्पान्जी र बाँदर तस्करी गरेको अभियोगमा जिल्ला वन कार्यालय काठमाडौंले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । वन कार्यालय काठमाडौंले दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिकमाथि वन्यजन्तु र चरा ओसार पसार गरेको अभियोगमा अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत (डीएफओ) डा.इन्द्रप्रसाद सापकोटाले कान्तिपुरलाई बताए ।
पूरा पढ्नुहोस्
हिमाली र पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरले बढ्दो बसाइँसराइ मुद्दालाई सम्बोधन गर्न आह्वान गरिएको छ । जुम्लाको खलंगामा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले जुम्ला कार्य आह्वान (माउन्टेन एजेन्डा : कल फर एक्सन) घोषणा गर्दै जलवायु परिवर्तनका कारण विस्थापित हुनुपर्ने बाध्यता रोक्नुपर्ने बेला आएको निक्र्योल निकालेको हो ।
पूरा पढ्नुहोस्
हिमाली र पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरका कारण बसाई सराई गर्ने र विस्थापित हुने क्रम बढेको भन्दै उक्त मुद्दालाई सम्वोधन गर्न माग गरिएको छ ।
पूरा पढ्नुहोस्
हिमाली र पर्वतीय क्षेत्रका मुद्दाबारे छलफल गर्न जलवायु परिवर्तनविज्ञहरूको सम्मेलन जुम्लाको खलंगामा आइतबारदेखि सुरु भएको छ । आगामी कात्तिक तेस्रो सातादेखि जर्मनको बोनमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्ष मुलुकको २३ औं सम्मेलन (कोप २३) को पूर्वसन्ध्यामा सम्मेलन आयोजना भएको हो ।
पूरा पढ्नुहोस्
कात्तिक तेस्रो सातादेखि जर्मनको बोनमा हुने जलवायु परिवर्तनसम्वन्धि राष्ट्रसंघीय महासन्धिका पक्ष मुलुकहरुको २३ औं सम्मेलन (कोप २३) को पूर्व सन्ध्यामा हिमाली र पर्वतीय क्षेत्रका मुद्दाबारे छलफल गर्न जलवायु परिवर्तनविज्ञहरु जुम्लाको खलंगामा भेला भएका छन् ।
पूरा पढ्नुहोस्