अनिश तिवारी का लेखहरु

बाह्रबिसे नगरपालिकाको गाती शिरिषेमा पहिरो जाँदा कोदारी राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्ड अवरुद्ध भएको छ । शनिबार बेलुकीको वर्षाले कमजोर बनाएको शिरिषेमाथिको पहाड भत्किएर सडक ६ घण्टा थुनिएको हो ।
पूरा पढ्नुहोस्
भूकम्प विस्थापितका लागि शिविरस्थलकै सार्वजनिक जमिनमा एकीकृत बस्ती निर्माण हुने भएको छ । भूकम्पले जमिन चिरा–चिरा परेपछि गाउँ छाड्न बाध्य २ सय परिवारलाई पुनर्निर्माण प्राधिकरणको अगुवाइमा जुगल गाउँपालिकाको सेलाङमा बस्ती निर्माणका लागि प्रारम्भिक सर्वेक्षण सुरु गरिएको हो ।
पूरा पढ्नुहोस्
चौतारा साँगाचोकगढी नगरपालिकाको माझीगाउँमा सोमबार एकिकृत बस्तीको शिलन्यास गरिएको छ । भूकम्पपछि दुई वर्ष टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा गोविन्द पोखरेलले इट्टा राख्दै बस्तीको शिलन्यास गरेका हुन् ।
पूरा पढ्नुहोस्
चीनसँगको मुख्य व्यापारिक तातोपानी नाका बन्द भएपछि सीमाका युवा बिदेसिन थालेका छन् । भूकम्पपछि बन्द नाका दुई वर्ष बित्दा पनि सञ्चालनमा नआएपछि स्थानीय युवा रोजगारीको खोजीमा लागेका हुन् ।
पूरा पढ्नुहोस्
विकट बस्तीहरू समेटिएको जुगल गाउँपालिकाको उपप्रमुख (उपाध्यक्ष) बनेकी २३ वर्षीया सिर्जना तामाङले पूर्वाधार विकासको माध्यमबाट गाउँको समृद्धि खोज्ने बताएकी छन् ।
पूरा पढ्नुहोस्
द्वन्द्वकालिन नाटक हेर्दाहेर्दै चौतारा साँगाचोकगढी नगरपालिका कुविण्डेकी तुलसीमाया नेपाल एक्कासी रुन थालिन् । स्थानीय शान्ती समितिद्वारा आयोजना गरिएको नाटकमा सेनाको पात्रले एउटा बुढाको छोरीलाई विद्रोहीलाई साथ दिएको भन्दै बन्दुक तेस्र्याइरहेको थियो ।
पूरा पढ्नुहोस्
भौगोलिक रुपले विकट जुगल गाउँपालिकाको उपप्रमुखको अभिभारा २३ वर्षकी सिर्जना तामाङले पाएकी छिन् । दु:खमा हुर्केकी सिर्जनाले एमालेतर्फबाट दुई हजार ७ सय ८६ मत ल्याएर विजयी भएकी हुन् । उनीसँगै प्रमुखमा एमालेका उम्मेदवार होमनारायण श्रेष्ठले २ हजार ८ सय १८ मत ल्याएर जितेका थिए ।
पूरा पढ्नुहोस्