अगन्धर तिवारी का लेखहरु

मोदी गाउँपालिका–४ लेस्पारका मगर समुदायले चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्र सहस्रधारासम्म पुग्ने पैदल बाटो निर्माण गरेका छन् । क्याङमा स्थायी घर भई हाल बेलायत, हङकङ, साउदी अरब र भारतलगायतका मुलुकमा बस्दै आएकाहरूले संकलन गरेको ५५ लाख रुपैयाँ तथा स्थानीयको करिब पाँच लाखको श्रमदानसमेत गरि बाटो बनाइएको हो ।
पूरा पढ्नुहोस्
सुन्तलाको व्यावसायिक खेती गर्दै आएका बाँसखर्कका किसानहरूले पहिलोपटक आफ्नै गाउँमा बिरुवा उत्पादनका लागि नर्सरी सञ्चालन गरेका छन् । स्थानीय जगतबहादुर खत्री र रेवती खत्रीलगायतको अगुवाइमा सञ्चालित नर्सरीले चालु वर्षमा करिब १० हजार बिरुवा तयार पारेको छ । पुराना बगैंचाका बोटमा फल कम लाग्न थालेपछि नयाँ रोप्न र सुन्तला खेती विस्तार गर्न नयाँ बिरुवा आवश्यक पर्ने भएकाले किसानहरूको सक्रियतामा नर्सरी स्थापना गरी बिरुवा उत्पादन थालिएको हो ।
पूरा पढ्नुहोस्
कान्तिपुर दैनिकका तनहुँ संवाददाता प्रकाश बराल बाग्लुङमा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ बाग्लुङले हरेक वर्ष प्रदान गर्ने हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट बराललाई बाग्लुङका गाउँबस्तीमा पुगेर खोज पत्रकारिता गरेको भन्दै पुरस्कृत गरिएको हो ।
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचन आउन ठीक एक महिना बाँकी रहेको बेला निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले निर्वाचनका विषयमा शंका नगर्न सबैलाई आग्रह गरेका छन् । आयोगले निर्वाचनको ९० प्रतिशत तयारी सकेको भन्दै आयुक्त पौडेलले तराइमा सेना परिचालन, दुई चरणको निर्वाचन, निर्वाचन नहुने लगायतका आधारहिन कुराको पछि नलाग्न आग्रह गरे ।
पूरा पढ्नुहोस्
शुक्रबार दिउँसोदेखिको हावाहुरी, चट्याङ, विद्युत् आयोजना मर्मत लगायत कारणले पर्वतसहित धौलागिरिका सबै जिल्लामा विद्युत् अवरुद्ध भएको छ । शुक्रबारको हावाहुरीले जिल्लाका केही स्थानमा पोल भाँच्चिएर शनिबार बिहानसम्म विद्युत् अवरुद्ध भएको थियो ।
पूरा पढ्नुहोस्
जिल्लामा निर्माण भइरहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार निर्माणका काम सकिनै लागेकाले आगामी असारभित्र उत्पादन सुरु हुनेछ ।
पूरा पढ्नुहोस्