एमाओवादी स्थायी समितिको आकस्मिक बैठक बस्दै, अविश्वासको प्रस्तावबारे निर्णय हुनसक्ने

  • आज दिनभरी एमालेको रेस्पोन्स हेर्छौं : नारायणकाजी
बसन्त बस्नेत, वैशाख २२, २०७३
एकीकृत माओवादी स्थायी समितिको आकस्मिक बैठक अपराह्न ४ बजे लाजिम्पाटमा बस्ने भएको छ । आज बिहान पार्टी पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि विकसित घटनाक्रम समीक्षा गरिने पार्टी स्रोतले बताएको छ । बैठकमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय हुने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
पूरा पढ्नुहोस् »

दाहालको नेतृत्वमा सरकार बनाउने एमाओवादीको निर्णय

  • सबै दललाई सहयोग गर्न अाह्वान
गंगा बिसी, वैशाख २२, २०७३
एनेकपा माओवादीले आफ्ना अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । आज बिहान दाहाल निवास लाजिम्पाटमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको सचिव वर्षमान पुनले बताए ।
पूरा पढ्नुहोस् »

बालुवाटार पुगेर दाहालले ओलीलाई सुनाए सरकार फेर्ने पार्टी निर्णय

    बसन्त बस्नेत, वैशाख २२, २०७३
    वर्तमान सरकार परिवर्तन गरी आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने पार्टीको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज बिहान बालुवाटार पुगेका छन् ।
    पूरा पढ्नुहोस् »

    संसदमा महराको प्रश्न : के हामीलाई जेल हाल्ने काम हुन लागेको हो ?

      संसदमा महराको प्रश्न : के हामीलाई जेल हाल्ने काम हुन लागेको हो ?
      फाइल तस्बिर

      दुर्गा खनाल, काठमाडौं, वैशाख २२, २०७३
      एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले आफ्ना पार्टीका अध्यक्ष र अरु नेताहरुमाथिको मुद्दा बाँकी रहेको भन्दै आफूहरुलाई जेल हाल्ने काम हुन लागेको हो भन्ने प्रश्न गरेका छन् ।
      पूरा पढ्नुहोस्

      कतारले ९ वटा मर्सिडेज बेन्ज दिने

      चन्दशेखर अधिकारी, वैशाख २२, २०७३
      कतार सरकारले नेपाल सरकारलाई उपहार स्वरुप ८ वटा ई सिरिजका अत्याधुनिक मर्सिडिज बेन्ज कार र एउटा मर्सिडिज जीप दिने भएको छ ।
      पूरा पढ्नुहोस्

      राज्यव्यवस्था समितिमा भारत–चीन सहयोगलाई लिएर सांसदबीच ‘टकराव’

      जगदीश्वर पाण्डे, वैशाख २२, २०७३
      भारत र चीनको सहयोगलाई लिएर विभिन्न दलका सांसदहरूबीच बुधबार संसदको राज्य व्यवस्था समिति टकराव देखियो ।
      पूरा पढ्नुहोस्

      लेखा समितिमा एनसेललाई कर तिराउन माग

      दिपेन्द्र विष्ट, वैशाख २२, २०७३
      व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकमा सहभागी अधिकांश सांसदले एनसेलको कर प्रकरण बारे जिज्ञाशा राखेका छन् ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      लन्डनबाट नयाँ प्रेमगीत

      कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
      ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो...’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल...’, ‘रित्तो रित्तो छु म...’ ले तानेका छन् ।
      पूरा पढ्नुहोस्

      लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

      नविन पोखरेल, वैशाख १९, २०७३
      मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

      नविन पोखरेल, वैशाख १९, २०७३
      नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

      नारायण खडका, वैशाख १९, २०७३
      अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डमा नेपाल सम्मेलन

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
      पूरा पढ्नुहोस्

      जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना

      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
      पूरा पढ्नुहोस्

      प्रधानसेनापति अमेरिकामा सम्मानित

      प्रधानसेनापति अमेरिकामा सम्मानित
      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको यूएस आर्मी वार कलेजमा सम्मानित भएका छन् । पेन्सिनभेनियाको उक्त कलेजमा तालिम लिएका क्षत्रीलाई बिहीबार हल अफ फेम सेरेमोनीका दौरान सम्मान गरिएको हो ।
      पूरा पढ्नुहोस्

      टोकियोमा 'भाग्यले बाँचेकाहरु' र 'सेलफोन'

      कान्तिपुर संवाददाता , वैशाख १६, २०७३
      वैशाख १२ को विनाशकारी भूकम्पको मुलुकभर स्मरण भइरहेको बेला जापानको राजधानी टोकियोमा भने त्यही भूकम्पबाट चमत्कारिक रुपमा बाँचेकाहरुको कथाव्यथा हेर्दै थिए नेपालीहरु ।
      पूरा पढ्नुहोस्

      सवा १० अर्बको हकप्रद सेयर आउँदै

      यज्ञ बञ्जाडे, वैशाख २२, २०७३
      सेयर बजारमा केही महिना भित्रै सवा १० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर भित्रने भएको छ । नेपाल धितोपत्र बोर्डमा परेको आवेदनअनुसार सवा १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन हुन लागेको हो । बोर्डमा विभिन्न समूहका ३४ वटा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ (१० करोड २८ लाख कित्ता) बराबरको हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।
      पूरा पढ्नुहोस्

      पानी सुकेपछि लघु जलविद्युत् बन्द

      माधव अर्याल, वैशाख २२, २०७३
      सत्यवती–७ बुढीदमारमा महिनादेखि लघु जलविद्युत् बन्दपछि स्थानीयबासी अँध्यारोमै बस्न बाध्य छन् । चार किलोवाट भमराखोला लघु जलविद्युत् आयोजना बन्द भएको हो । उक्त जलविद्युत्बाट ९८ घरले बिजुली बाल्दै आएकामा अहिले खडेरीका कारण समस्या भएको आयोजनाका अध्यक्ष चक्रबहादुर गाहाले बताए ।
      पूरा पढ्नुहोस्

      चिराइतोको मूल्य तीन गुणाले घट्यो

      कान्तिपुर संवाददाता , वैशाख २२, २०७३
      औषधि बनाउन प्रयोग हुने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य अघिल्ला वर्षहरूको तुलनामा करिब तीन गुणाले घटेको छ । प्रतिमन (४० किलो) ३५ हजारसम्म पुगेको मूल्य घटेर यो वर्ष १२ हजारमा सीमित भएको छ । उत्पादन बढे पनि मूल्यमा आएको गिरावटले कृषकमा चिन्ता बढाएको छ ।
      पूरा पढ्नुहोस्

      टोलैपिच्छे मार्ट

      विष्णु पोखरेल, वैशाख २१, २०७३
      कतारस्थित विश्व चर्चित खुद्रा बिक्रेता (रिटेलर) क्यारिफोरमा १६ वर्ष काम गरेर फर्केपछि खोटाङ बुइपाका निर्वाचन राईले सुरक्षित लगानी क्षेत्रको खोजी गरे । बजारको सामान्य सर्भेपछि उनले डेढ दशकको अनुभवलाई उपयोग गर्ने गरी लगानीको योजना बनाए ।
      पूरा पढ्नुहोस्

      विद्युतीय सामान जथाभावी फाले जरिवाना

      विष्णु पोखरेल, वैशाख २१, २०७३
      मोबाइल फोन, रेडियो वा इन्भर्टरको ब्याट्री काम नलाग्ने भयो भने के गर्नुहुन्छ ? सायद फोहोर फाल्ने स्थानमा लगेर मिल्काउनुहुन्छ । तर, अब जथाभावी नमिल्काउनुस् । मिल्काउनुभयो भने जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
      पूरा पढ्नुहोस्

      सेतीदोभान जलविद्युत् अलपत्र

      प्रतीक्षा काफ्ले, वैशाख २१, २०७३
      यहाँको सेतीदोभान १ को जिल्लाकै पहिलो जलविद्युत् आयोजना सेतीदोभान जलविद्युत् केन्द्र हाल आएर जीर्ण र अलपत्र अवस्थामा छ ।
      पूरा पढ्नुहोस्

      ३ करोड युनिट विद्युत् चुहावट

      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      जिल्लामा चालू आर्थिक वर्षको हालसम्ममा ३ करोड ३२ लाख ८४ हजार ३ सय ४९ युनिट विद्युत् चुहावट भएको छ । जिल्लास्थित सिरहा र लहान गरी दुवै विद्युत् केन्द्रअन्तर्गत प्राप्त विद्युत्मध्ये ४१ दशमलव १५ प्रतिशत चुहावट भएको हो ।
      पूरा पढ्नुहोस्

      विकास बजेट सदुपयोगमा ढिलाइ

      विकास बजेट सदुपयोगमा ढिलाइ
      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      असार मसान्तसम्म करोडौं बजेट खर्च गरिसक्नुपर्ने जिविसले अहिलेसम्म कुनै योजनाका काम थाल्न सकेको छैन ।
      पूरा पढ्नुहोस्

      पानी जाँच्न कति दिन लाग्छ, सरकार ?

      मकर श्रेष्ठ, वैशाख २१, २०७३
      मध्यपुरथिमी नगरपालिका–१६ लोकन्थलीको कहिल्यै नसुक्ने ढुङगे धारा सुक्यो, इनारबाट पानी आउन छाड्यो । खानेपानीको संकट टार्न घरबेटीले झण्डै ३० हजार खर्च गरेर बोरिङ खने । पूरा पढ्नुहोस्
      थप ब्लग

      पुस्तक, तस्बिर र नाटक एकै ठाउँ

      माधव घिमिरे, वैशाख २२, २०७३
      ‘किताबसँग जीवनका रंगहरू’ नाम दिएर यहाँ बृहत् प्रदर्शनी सुरु भएको छ । विभिन्न विधाका पुस्तक, चित्रकला अनि तस्बिरहरूको प्रदर्शन सुरु भएको हो । घोस्ट राइटिङ नेपालको आयोजनामा भइरहेको प्रदर्शनीमा विभिन्न १ सय ५० प्रकाशन गृहका पुस्तक राखिएका छन् । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      ट्राफिक एप्स सुरु

      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोबाइल एप्स सुरु गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्सले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । साथै प्रहरीको कार्यदक्षता र क्षमता बढाउन एप्स सञ्चालनमा ल्याएको उनले बताए । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

      अर्जुन शाह, वैशाख २०, २०७३
      अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन । जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन । पूरा पढ्नुहोस्
      थप फिचर

      थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’

      टीकाप्रसाद भट्ट, वैशाख १९, २०७३
      विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । पूरा पढ्नुहोस्
      थप रोचक