‘उहाँको बाटो कुर्दा-कुर्दै दिन, महिना, वर्ष बित्यो अझै म थाकेकी छैनँ’

  • सात वर्षदेखि साउदी जेलमा रहेका रामबहादुरकी मैयाको वेदना
होम कार्की, भाद्र १५, २०७३
मैया तामाङ बेडमा आराम गरिरहेकी थिइन् । उनकी दाई सुकुमान तामाङ कोठाभित्र प्रवेश गरेपछि बिस्तारै उठिन् । दाईलाई ढोग गरिन् । फेरी बेडमै गएर बसिन् । ‘मेरो ढाडले काम देला जस्तो छैन,’ उनले भनिन्, ‘एकदमै दुख्छ । घुँडा पनि दुख्न थालेको छ । अहिले त कामै गर्न सकेको छैनँ ।’
पूरा पढ्नुहोस् »

जापानद्वारा नेपाललाई १ अर्ब ८३ करोड भन्दा बढी अनुदान सहयोग

    जापानद्वारा नेपाललाई १ अर्ब ८३ करोड भन्दा बढी अनुदान सहयोग

    कान्तिपुर संवाददाता , काठमाडौं, भाद्र १५, २०७३
    जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
    पूरा पढ्नुहोस्

    काठमाडौं-नौबिसे सुरुङ मार्ग निर्माण गर्न जापान सरकारले १८ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने

    भाद्र १५, २०७३
    प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले आज प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
    पूरा पढ्नुहोस्

    वैदेशिक रोजगारीमा विदेसिएका २३ युवा बेपत्ता

    कान्तिपुर संवाददाता , भाद्र १५, २०७३
    वैदेशिक रोजगारीका सिलसिलामा ५ वर्षअघि जर्जिया गएका शिवहरि भट्ट बेपत्ता छन् । स्टिल कम्पनीमा काम पाउने आश्वासनमा पोखराका गणेश विकमार्फत एजेन्टलाई ४ लाख बुझाएर उनी त्यता गएका थिए । तोकिएको ठाउँमा काम नपाएपछि जर्जियाबाट टर्की हुँदै ग्रिस जाने भन्दै उनले घरबाट ५ लाख रुपैयाँ थप मगाएका थिए ।
    पूरा पढ्नुहोस्

    चण्डीभञ्ज्याङ बस दुर्घटनाका मृतककाे दुई पटक दाहसंस्कार

    शिव पुरी, भाद्र १५, २०७३
    चितवनको चण्डीभञ्ज्याङ ५ स्थित कालीखोलामा गत शुक्रबार भएको दुर्घटनामा बेपत्ता भएका छोरा फेला नपरेपछि रौतहटको गरुडा ५ का राधेराय यादवले आइतबार कुशको शव बनाएर दाहसंस्कार गरे । दुई दिनपछि प्रहरीले घरमा फोन गरेर जानकारी गरायो, ‘बेपत्तामध्ये ३ जनाको शव फेला परेको छ, सनाखत गर्न आउनु ।’
    पूरा पढ्नुहोस्
    थप समाचार

    एनआरएनले सुरु गर्‍यो खेलकुद प्रतियोगिता

    नारायण खड्का, भाद्र १४, २०७३
    अष्ट्रेलियाभरि रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने र अवसर सृजना गर्ने उद्देश्यले एनआरएन अष्ट्रेलियाले खेलकुद प्रतियोगिताको सुरु गरेको छ ।
    पूरा पढ्नुहोस्

    कोरियाली मजदुरद्वारा ईपीएस खारेज गर्न माग

    देवेन्द्र सम्बाहाम्फे, भाद्र १३, २०७३
    दक्षिण कोरियाका मजदूर संगठनहरुले रोजगार अनुमति प्रणाली (ईपीएस) खारेज हुनुपर्ने माग गरेका छन् । साना तथा मझौला उद्योगहरुमा आवश्यक अदक्ष बिदेशी कामदार भित्र्याउने सरकारको नीतिले मजदूरको अधिकार उल्लंघन गरेको भन्दै ती संगठनहरुले परिवर्तन गर्न माग गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    श्रम सम्झौता नगरेकोप्रति साउदी असन्तुष्ट

    होम कार्की, भाद्र १३, २०७३
    साउदी अरबमा तेस्रो मुलुक हुँदै पुर्‍याइएका घरेलु कामदार (हाउसमेड) को समस्या फेरि बढ्न थालेको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार न्यूनीकरणतर्फ उन्मुख भइरहेको अवस्थामा विगतझैं फेरि समस्या तथा आपतविपतमा परेर हाउसमेडहरू आउने क्रम बढेको छ ।
    पूरा पढ्नुहोस्

    लन्डनस्थित नेपाली मेलामा झल्क्यो सिंगो नेपाल

    नविन पोखरेल, भाद्र १३, २०७३
    लाग्थेन स्थान केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने त्यो ठाउं आइतबार नेपालीले ओगटे । मिनी नेपाल झैं बन्यो उक्त मैदान । विदेशी कुटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपाल झल्काइदियो ।
    पूरा पढ्नुहोस्

    सजाय भुक्तान गरिसके पनि नेपाली युवक ७ महिनादेखि साउदीकाे जेलमै

    अाश गुरुङ, भाद्र १३, २०७३
    रोजगारीका लागि साउदी गएका एक नेपाली युवक आफूले पाएको ५ वर्षको जेल सजाय भुक्तान गरेको ७ मिहना बितिसक्दा पनि हालसम्म छुटेका छैनन् । उनलाई छुटाइदिन परिवारले सरकारसँग आग्रह गरेको छ। एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा गोरखा, केराबारी ७ छारनासका ध्रुव गुरुङ जेल परेका हुन् ।
    पूरा पढ्नुहोस्

    न्यूजर्सी घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न

    कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
    गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलन ‘न्यूजर्सी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । शनिबारदेखि दुई दिनसम्म चलेको सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गरेको हो ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाका ३ सहरमा पर्यटन प्रबर्द्धन कार्यक्रम

    नारायण खड्का, भाद्र १२, २०७३
    भूकम्पपछि सुस्त बनेको नेपालको पर्यटन क्षेत्रमा यस क्षेत्रबाट पर्यटक संख्या बृद्धि गर्ने उद्देश्यले अष्ट्रेलियाका ३ मुख्य सहरमा नेपालको पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गरिने भएको छ ।
    पूरा पढ्नुहोस्

    एनआरएनए न्यूजर्सी सम्मेलन सुरु

    दिनेशजंग शाह, भाद्र १२, २०७३
    गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परिवर्तित समयमा नयाँ ढंगले परिचालन गर्ने अध्यायको रुपमा प्रचारित ‘नवौं एनआरएनए क्षेत्रीय सम्मेलन’ यहाँ स्थित हिल्टन होटलमा शुरु भएको छ । आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा तीन दर्जन देशका प्रतिनिधिहरु सहभागी रहेको बताइएको छ ।
    पूरा पढ्नुहोस्

    बहुराष्ट्रिय कम्पनी युनाइटेड स्प्रिटस बाहिरिँदै

    कृष्ण आचार्य, भाद्र १५, २०७३
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विराटनगर क्षेत्रीय कार्यालयले क्षेत्राधिकार बाहिर गई बहुराष्ट्रिय कम्पनी युनाइटेड स्प्रिट्स कम्पनीको विवरणहरू माग्दै सेयर खरिद बिक्रीमा हस्तक्षेप गरेको पाइएको छ ।
    पूरा पढ्नुहोस्

    बैंकले सिधै विपन्नलाई ऋण दिन नसक्ने

    भाद्र १५, २०७३
    विपन्न वर्गमा २ प्रतिशत प्रत्यक्ष लगानी गर्न सम्भव नभएको बैंकहरूले बताएका छन् । अहिलेको अवस्थामा प्रत्यक्ष लगानी गर्दा थुप्रै व्यावहारिक कठिनाइ हुने भएकाले त्यो सम्भव नभएको उनीहरूको तर्क छ ।
    पूरा पढ्नुहोस्

    १ अर्ब ४५ करोड रुपैयाँको मंगलबार सेयर कारोबार

    १ अर्ब ४५ करोड रुपैयाँको मंगलबार सेयर कारोबार
    कान्तिपुर संवाददाता , भाद्र १५, २०७३
    अघिल्लो दिनको तुलनामा मंगलबार सेयर बजार सूचकांक नेप्से करिब साढे २१ अंकले बढेर १ हजार ७ सय ८८ दशलमव ०८ मा पुगेको छ ।
    पूरा पढ्नुहोस्

    म्याद नाघेका सिलिन्डर फेला

    म्याद नाघेका सिलिन्डर फेला
    कान्तिपुर संवाददाता , भाद्र १५, २०७३
    गुणस्तर तथा नापतौल विभागको अनुगमन टोलीले बनेपास्थित सूर्य ग्यास उद्योगमा म्याद नाघेको २४ सिलिन्डर फेला पारेको छ ।
    पूरा पढ्नुहोस्

    एक्काइस जलविधुत आयोजनाको सम्झौता खारेज

    रमेश लम्साल/रासस , भाद्र १४, २०७३
    नेपाल विधुत प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । विधुत खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ ।
    पूरा पढ्नुहोस्

    होटलमा वित्तीय संस्थाको लगानी ४० अर्ब

    यज्ञ बञ्जाडे, भाद्र १४, २०७३
    बैंक तथा वित्तीय संस्थाले होटलमा झन्डै ४० अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो करिब १० अर्ब रुपैयाँले बढी हो ।
    पूरा पढ्नुहोस्

    एयरपोर्टमा खाद्यन्नको चर्को मूल्य असुल्दै व्यावसायी, एक बोत्तल पानीको १ सय ५० रुपैयाँ

    राजु चौधरी, भाद्र १४, २०७३
    त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो ।
    पूरा पढ्नुहोस्

    पाङग्रा पन्चर भएपछि एयरबस ग्राउन्डेड

    -सुरज कुँवर, भाद्र १३, २०७३
    आइतबार राति हङकङबाट आएको नेपाल वायु सेवा निगमको एयरबस पछाडिको पाङग्रा अवतरणका बेला पन्चर भएपछि जहाज ग्राउन्डेड भएको छ ।
    पूरा पढ्नुहोस्

    डीपीटी खोपको विश्वसनीयतामा शंका, खोप लगाएका तीनजनामा रोग देखापर्‍यो

    अतुल मिश्र, भाद्र १५, २०७३
    ‘डीपीटी’ को पूरै मात्रा खोप लगाएका तीन बालबालिका भ्यागुते रोग (डिप्थेरिया) लागेर त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मुलुकमा दिइने खोपको विश्वसनीयतामा शंका उत्पन्न भएको छ । मुलुकमा नियमित खोप कार्यक्रमअन्तर्गत भ्यागुते रोग, लहरे खोकी र धनुष्टंकारविरुद्घको डीपीटी खोप जन्मेको ६, १० र १४ साता गरी तीनपटक दिइन्छ । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

    होम कार्की, भाद्र ३, २०७३
    खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
    थप ब्लग

    मेहनतले बस्ती मात्र फेरिएन, आत्मसम्मान पनि बढ्यो

    जितेन्द्र साह, भाद्र १३, २०७३
    तराईको अधिकांश भेकमा अन्य जातिकाले डोमलाई अझैसम्म अछूत मान्छन्। आफ्नो बराबरीमा बस्न दिंदैनन्। उनीहरूको हातको पानी पिउँदैनन। छोएको खाँदैनन्। यस्तोमा मधेसकै एक गाउँमा अरू जातिकाले डोमको घर बहालमा लिएर बसेको, उनीहरूकै भान्छा, धारा एवं शौचालय प्रयोग गरेको सुन्दा अचम्म लाग्न सक्छ। पूरा पढ्नुहोस्
    थप फिचर

    न्यूजिल्यान्डको कृषि फार्मबाट ५०० गाई चोरी

    बीबीसी, भाद्र १४, २०७३
    न्यूजिल्यान्ड प्रहरीमा अहिले अचम्मको उजुरीको अनुसन्धान गरिरहेको छ । न्यूजिल्यान्डको क्यान्टरबरीस्थित एक कृषकको गोठबाट ५०० वटा गाई हराएको छ । पूरा पढ्नुहोस्
    थप रोचक