आन्दोलनरत मधेसी सांसद संसद भवन आए भन्दैमा खुशीयाली नमानाऔं : फोरम अध्यक्ष यादव

    कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाका सांसद संसद भवनमा आए भन्दैमा संविधान स्विकार गरेको भ्रम नपाल्न सरकार पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री माथि पेशभएको अविश्वास प्रस्ताव माथि जारी छलफलमा उनले शुक्रबार सुवास नेम्वाङले मधेसी नेता संसद आएर संविधान स्विकार गरेको भन्ने भनाइप्रति लक्षित गरेका थिए ।
    पूरा पढ्नुहोस् »

    नयाँ सरकार गठनमा कुनै अप्ठ्याराे छैन: पूर्वप्रधानमन्त्री खनाल

      नयाँ सरकार गठनमा कुनै अप्ठ्याराे छैन: पूर्वप्रधानमन्त्री खनाल

      कान्तिपुर संवाददाता , काठमाडौं, श्रावण ९, २०७३
      प्रधानमन्त्री केपी अोली र एमालेका केही नेताहरुले संविधानमा नयाँ सरकार गठनको प्रावधान नभएको बताइरहेका बेला एमालेकै नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने स्वभाविक रुपमा नयाँ सरकार बन्ने बताएका हुन् ।
      पूरा पढ्नुहोस्
      • राष्ट्रपति भण्डारीले भेटिन् देउवा र दाहाललाई

        बालकृष्ण बस्नेत, श्रावण ९, २०७३
        राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचसँग भेटवार्ता गरेकी छिन् । पूरा पढ्नुहोस्
      • ‘डा. केसीका मागलाई सिंगो राज्यले बेवास्ता गरेको छ’

        ‘डा. केसीका मागलाई सिंगो राज्यले बेवास्ता गरेको छ’
        कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
        अनशनरत डा. गोविन्द केसीले उठाएका प्रमुख मागमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव पनि छ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले यो मागलाई राजनीतिक भन्दै पन्छाइरहेका बेला तीन नेताले सार्वजनिक महत्त्वको प्रस्ताव संसद्मा दर्ता गर्दै कार्कीविरुद्ध लागेको आरोपको स्वतन्त्र र निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । प्रस्ताव दर्ता गर्नेमध्येका एक, कांग्रेसका सांसद धनराज गुरुङसँग यिनै सेरोफेरोमा कुलचन्द्र न्यौपानेले गरेको कुराकानी : पूरा पढ्नुहोस्
      • ‘लोकमान नियुक्तिको कुकर्मबाट लज्जित छौं’

        ‘लोकमान नियुक्तिको कुकर्मबाट लज्जित छौं’
        कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
        प्रखर वक्ताका रूपमा चिनिएका एमाले उपमहासचिव घनश्याम भुसाल राजनीति र सामाजिक विकासलाई फरक रूपमा अथ्र्याउँछन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १४ दिनदेखि डा गोविन्द केसीले जारी राखेको अनशनको प्रभाव समाज र राजनीतिमा कसरी परिरहेको छ भनेर उनले नजिकबाट नियालेका छन् । यसै सन्दर्भमा भुसालसँग कान्तिपुरका लागि जनकराज सापकोटाले गरेको कुराकानीको सम्पादित अंश : पूरा पढ्नुहोस्
      • प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव आज संसदमा निर्णयार्थ प्रस्तुत हुने

        प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव आज संसदमा निर्णयार्थ प्रस्तुत हुने
        रासस, श्रावण ९, २०७३
        प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्माक दर्ता भएको अविश्वासको प्रस्ताव आजको दोस्रो बैठकमा निर्णयार्थ प्रस्तुत हुने छ । व्यवस्थापिका–संसदको आजकै पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उनी विरुद्ध लगाइएका आक्षेपहरुको जवाफ दिने छन् । त्यसपछि अविश्वासका प्रस्तावमा मतदान हुने छ । पूरा पढ्नुहोस्

      बाढीका कारण् अवरुद्ध धरान–धनकुटा सडक एकतर्फी खुल्यो

      रमेशचन्द्र अधिकारी, श्रावण ९, २०७३
      लगातारको वर्षाले गर्जुवा खोलामा आएको बाढीका कारण अवरुद्ध भएको कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डमा एकतर्फी यातायात सुचारु भएको छ । महाभारत गाविसस्थित गर्जुवा खोलामा गए रातिदेखि बाढिले ढुंगा माटो बगाएर सडक थुनेपछि यातायात अवरुद्ध भएको थियो ।
      पूरा पढ्नुहोस्

      प्रधानमन्त्रीलाई राजीनामा गर्न शान्ति मन्त्रीको सुझाव

      कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
      शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।
      पूरा पढ्नुहोस्

      कस्तो मासु खान्छौं हामी ?

      दामोदर न्यौपाने, श्रावण ९, २०७३
      यति धेरै खपत हुने मासु हामीले कस्तो खाइरहेका छौं ? ‘६० प्रतिशत मासु गुणस्तरहीन छन्,’ डा. प्रेमी भन्छन्, ‘सबभन्दा बढी राँगाभैंसीको मासु बिक्री हुन्छ । त्यही राँगाभैंसीको मासु खानलायक छैन । किनभने राँगाभैंसी मासुका लागि पाल्ने चलनै छैन ।’ भैंसी दूध खान पालिन्छ । दूध थाकेपछि मासुका लागि प्रयोग गरिन्छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      गैरकानुनी आप्रवासी खोज्दै मलेसियाली सरकार, नेपालीसहित ११८ आप्रवासी पक्राउ

      रामचन्द्र गिरी, श्रावण ९, २०७३
      मलेसियाले गैरकानुनी आप्रवासीको खोजी गर्दै शनिबार गरेको धरपकडमा एकसय १८ जना आप्रवासीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुमध्ये दुईजना महिला छन् । उनीहरु गैरकानुनी अवस्थामा रहेको र कतिपयले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको जनाइएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
      पूरा पढ्नुहोस्

      कामदारलाई काँचो सुन लैजान रोकेको प्रति एनआरएनको आपत्ति

      कान्तिपुर संवाददाता , श्रावण ८, २०७३
      गैरआवासीय नेपाली संघको पाँचौ मध्यपूर्व क्षेत्रीय भेलाले कामदारलाई काँचो सुन लैजान रोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाउदै पूर्ववत ब्यबस्थालाई कायम गर्न आग्रह गरेको छ ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियामा दुईदिने महापुराण सुरु

      नारायण खड्का, श्रावण ८, २०७३
      अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि दुईदिने ज्ञान महायज्ञ महापुराण सुरु भएको छ । नेपालबाट आएका वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले वाचन गर्ने उक्त महापुराणबाट संकलित रकम नेपालमा सामाजिक कार्य गरिरहेको मानव सेवा आश्रमका लागि सहयोग पुरयाउने लक्ष्य लिइएको छ ।
      पूरा पढ्नुहोस्

      मेलबर्नमा डा. केसीको समर्थनमा प्रदर्शन

      नारायण खड्का, श्रावण ८, २०७३
      नेपालमा करिब २ सातादेखि आन्दोलनरत डा. गोविन्द केसीको समर्थनमा मेलबर्नमा शनिबार प्रदर्शन गरिएको छ ।
      पूरा पढ्नुहोस्

      सोलुको सेर्गा बागम प्राविलाई न्यूयोर्कबाट तीन लाख २५ हजार

      कान्तिपुर संवाददाता , श्रावण ७, २०७३
      भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको सेर्गा गाउँको सेर्गा बागम प्राविलाई अमेरिकास्थित नेपालीबाट तीन लाख २५ हजार ५,२५ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
      पूरा पढ्नुहोस्

      विदेशी महिला बिहे गरेर निकालिएका भूपू गोर्खालाई क्षतिपूर्ति

      नविन पाेखरेल, श्रावण ७, २०७३
      ब्रिटिश आर्मीमा सेवारत रहँदा विदेशी महिला बिहे गरेका कारण जागिरबाट खाली हात फर्काइएका भूपू गोर्खाले क्षतिपूर्ति पाउने भएका छन् । बेलायती रक्षा मन्त्रालय (एमओडी) ले प्रत्यक्ष प्रभावितलाई क्षतिपूर्ति दिने ‘स्किम’ ल्याइएको जानकारी दिएको छ ।
      पूरा पढ्नुहोस्

      एउटै कोठामा २० जना कोचिएर राखेको देख्दा...

      होम कार्की, श्रावण ६, २०७३
      कतारको अल वकिरस्थित इजदान–३२ मा मंगलबार दिउँसो पुग्दा बाहिरी तापक्रम ५० डिग्री थियो । चर्को गर्मीकै कारण गाडीको एसीले काम गरिरहेको थिएन । इजदान कम्पनीले भिल्ला भाडामा लगाउने काम गर्छ । गेटमा आफ्नो आईडी राखेर भिल्ला नम्बर १२१ मा पुगें । त्यस भिल्लामा ‘कतारी साउदी कन्ट्रक्टिङ कम्पनी’ ले भाडामा लिएर कामदार राखेका थिए ।
      पूरा पढ्नुहोस्

      दिल्लीमा नेपाल-भारत साहित्य कुटनीति

      कान्तिपुर संवाददाता , श्रावण ५, २०७३
      भाषा, साहित्य, कला एवं संस्कृतिको माध्यमले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुपति डा. विष्णुविभु घिमिरको नेतृत्वमा आएको सात सदस्यीय टोलीले भारतका साहित्यकारहरुसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
      पूरा पढ्नुहोस्

      दैनिक १ अर्ब ८१ करोडको सेयर कारोबार

      कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
      साताभर नेप्सेमा ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्ला केही महिनायता नेप्से परिसूचक निरन्तर बढिरहेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेपछि दैनिक औसत १ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुन थालेको छ ।
      पूरा पढ्नुहोस्

      सांसदको बजेट फर्जी बिलबाट भुक्तानी

      अगन्धर तिवारी, श्रावण ९, २०७३
      पर्वतका दुई सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको डेढ करोड बजेट हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी भुक्तानी लिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नम्बर दुईका सांसद विकास लम्सालले स्थानीय स्तरमा हुँदै नभएको योजनामा फर्जी बिल पेस गरी रकम भुक्तानी गरेका हुन् ।
      पूरा पढ्नुहोस्

      अर्बपतिका छोराले बेकरीमा गरे काम

      दिनेश यादव, श्रावण ८, २०७३
      भारतको सुरतमा कम्पनीको मुख्यालय राखेर ७१ मुलुकमा आफ्नो कारोबार गर्दै आएका र ६ हजार करोड भारतीय रुपैयाँ ९९६ अर्ब नेपाली रुपैयाँ० बराबरको सम्पत्ति भएका एक गुजराती हिरा व्यापारीले आफ्ना एक्लो छोरालाई घरबाहिर पठाए ।
      पूरा पढ्नुहोस्

      पुुनर्निर्माणको ६० करोड रकम फिर्ता

      पुुनर्निर्माणको ६० करोड रकम फिर्ता
      हरिहरसिंह राठौर, श्रावण ८, २०७३
      सरकारी निकायको ढिलासुस्तीका कारण भूकम्प पीडितका आवास पुनर्निर्माणका लागि आएको ६० करोड रकम फिर्ता गएको छ ।जिल्लामा प्राप्त ७६ करोड रकममध्ये ४ गाविसका २८ सय ५९ जना लाभग्राहीलाई १४ करोड २९ लाख ५० हजार रकम पीडितलाई दिन अनुदान भए पनि बाँकी रकम फिर्ता भएको छ ।
      पूरा पढ्नुहोस्

      जुट मिलमा मजदुर अभाव

      जुट मिलमा मजदुर अभाव
      लीलावल्लभ घिमिरे , श्रावण ८, २०७३
      पहिला मजदुर काम खोज्दै उद्योग धाउँथे तर अहिले ठिक उल्टो भएको छ । अब मजदुर खोज्दै उद्योगहरू घर घरका ढोकासम्म पुग्नपर्छ । ‘दैनिक ५ वटा गाडीले ३५ किलोमीटर भन्दा टाढावाट मजदुर ल्याउनुपर्छ,’ अरिहन्त जुट मिलका प्रवन्धक गोवीन्द बजगाईले भने, ‘पहिला काम खोज्न मजदुर आउँथे अहिले मजदुर खोज्न हामी जान्छौ ।’
      पूरा पढ्नुहोस्

      बजेट आश्रित विधेयक पारित नभएपनि सरकारको आम्दानी र खर्च नरोकिने

      बजेट आश्रित विधेयक पारित नभएपनि सरकारको आम्दानी र खर्च नरोकिने
      गोकर्ण अवस्थी, श्रावण ७, २०७३
      संसदमा बजेटको अंशका रूपमा रहेका आर्थिक, राष्ट्र ऋण र ऋण तथा जमानत विधेयक पारित नभए पनि सरकारी कामकाज नरोकिने भएको छ । सरकारलाई खर्च गर्न पाउने गरी विनियोजन विधेयक संसद्ले असार २५ गते नै पारित गरिसकेको छ । उक्त विधेयक पारित भएकाले कर्मचारीको तलब र अन्य विकास निर्माणमा हुने खर्च गर्न सरकारलाई कुनै बाधा रहने छैन ।
      पूरा पढ्नुहोस्

      भित्री सूचना चुहाई सेयर कारोबार

      यज्ञ बञ्जाडे, श्रावण ७, २०७३
      ०७२ चैत दोस्रो सातादेखि अपी हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १५ दिन निरन्तर रूपमा बढ्यो ।४ सय रुपैयाँ रहेको उक्त कम्पनीको सेयर मूल्य त्यही अवधिमा ८ सय पुग्यो । कम्पनी सञ्चालक समितिको निर्णय सार्वजनिक हुनु अघिदेखि नै सेयर मूल्य उच्च दरले बढेको थियो ।
      पूरा पढ्नुहोस्

      आइएमइ गरेको रकम अर्कैले झिक्यो

      आइएमइ गरेको रकम अर्कैले झिक्यो
      कान्तिपुर संवाददाता , श्रावण ७, २०७३
      बड्कादियाले–१ का नरेश राईले ललितपुर एकान्तकुना बस्ने काका नकुल राईका लागि आइएमइ मार्फत पठाएको रकम अर्कैले झिकेको छ । पीडित राईका अनुसार जेठ ११ मा दिक्तेलस्थित ‘हाम्रो खोटाङ कम्पनी’बाट पठाएको एक लाख ५० हजार रुपैया अर्कैले झिकेको हो ।
      पूरा पढ्नुहोस्

      हेपाटाइटिस सी कलेजोको सिरोसिस र क्यान्सर निम्त्याउँदै छ

      अतुल मिश्र, श्रावण ८, २०७३
      हाम्रो मुलुकमा कलेजोको रोग हेपाटाइटिस सीले हजारौंलाई शान्त मृत्यु दिइरहेको छ । विशेषज्ञहरूका अनुसार, शुरुमा यो रोगको कुनै प्रभाव देखिँदैन, तर जब देखिन्छ त्यतिखेर मृत्यु अगाडि नै उभिइसकेको हुन्छ । अर्थात्, हेपाटाइसिस सी लागेपछि मृत्युवरण गर्नुबाहेक उपाय हुन्न, चिकित्साको कुनै विकल्प हुन्न । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      दिल्लीका मेरा पाहुना

      देवेन्द्र भट्टराई, श्रावण ८, २०७३
      हात्तीगौंडाबासी मेरी सासूआमा सधैं भन्ने गर्नुहुन्छ, ‘ज्वाइँसाप, लाएको देखिन्छ । खाएको देखिन्न । अलिक राम्रा लुगा लगाएर हिंड्नुभए बेस हुन्थ्यो ।’ पूरा पढ्नुहोस्
      थप ब्लग

      पत्रकार सापकोटाको 'कहर' आउँदै

      कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
      पत्रकारिता, साहित्य र अनुसन्धानमा सक्रिय जनकराज सापकोटाको दोस्रो कृति आउने भएको छ । वैदेशिक रोजगारीले सामाज पारेको प्रभावमाथि अनुसन्धान गरेर लेखिएको पुस्तक ‘कहर’ वैदेशिक रोजगारीले विथोलिँदो समाजमाथि केन्द्रित छ । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      जहाँ बेहुलाको खरिद-बिक्री हुन्छ

      वीरेन्द्र कर्ण, श्रावण ४, २०७३
      सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्‌भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । पूरा पढ्नुहोस्
      थप रोचक