सरकार र डा‍. केसी पक्षबीच वार्ता सुरु

    बलराम बानियाँ, भाद्र १७, २०७२
    चिकित्सा सेवा र शिक्षाका विकृति हटाउन तथा माथेमा प्रतिवेदन लागु गर्न माग गर्दै दस दिनदेखि आमरण अनसनरत डा.गोविन्द केसी र सरकारबीच वार्ता सुरु भएको छ ।
    पूरा पढ्नुहोस् »

    अनिश्चित बन्दको मारमा बिराटनगर (फोटोहरु)

    अनिश्चित बन्दको मारमा बिराटनगर (फोटोहरु)

    जितेन्द्र साह, विराटनगर, भाद्र १७, २०७२
    अनिश्चितकालीन बन्द लम्बिंदै जाँदा विराटनगरको अवस्था बिग्रदै गइरहेको छ । विराटनगरको बरगाछी चौक, महाविर रोड, गुद्री हाट, केशलिया रोड, रोडसेस चोक र नेपाल–भारत सीमास्थित जोगबनी वारीको नेपाल क्षेत्रमा प्रदर्शन जारी छ ।
    पूरा पढ्नुहोस्

    संविधानको प्रक्रिया रोकेर वार्ता गरः राप्रपा

    जगदीश्वर पाण्डे, भाद्र १७, २०७२
    सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान निर्माण प्रक्रिया रोकेर भएपनि आन्दोलनरत दल र समुदायहरूसँग वार्ता गर्नु पर्ने बताएको छ ।
    पूरा पढ्नुहोस्

    विराटनगरमा झडप

    अवधेश झा, भाद्र १७, २०७२
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरी बिच बिहीबार महावीर चोक, महेन्द्र चोक, केसलिया मार्ग र सरोचियामा झडप भएको छ ।
    पूरा पढ्नुहोस्

    राजतन्त्र फर्काउन राप्रपा नेपालको संसोधन प्रस्ताव (अडियाेसहित)

    सरोजराज अधिकारी, भाद्र १७, २०७२
    राप्रपा नेपालले नयाँ संविधानमा राजसंस्था फर्काउनु पर्ने र ‘श्री ५ महाराजधिराज’लाई राष्ट्रिय एकताको प्रतीक बनाउनु पर्ने भन्दै संविधान सभामा संसोधन प्रस्ताव दर्ता गरेको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    काम नपाएपछि चाड छाडेर भारततिर

    भवानी भट्ट, भाद्र १७, २०७२
    कैलालीको घोडाघोडी नगरपालिका ९ सुख्खडका नरबहादुर विक गाउँमै मजदुरी गर्थे। त्यसबाटै उनले घर परिवारको गुजारा गरेका थिए। तर यसपटक भने उनी सुदूपश्चिमेलीको प्रमुख चाड गौराको मुखैमा काम खोज्दै भारततिर पसे।
    पूरा पढ्नुहोस्

    डेढ अर्बका मदिरा र जुस आयात

    डेढ अर्बका मदिरा र जुस आयात
    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    मुलुकमा विदेशी मदिरा तथा जुसप्रति बढ्दो आकर्षणका कारण बर्सेनि यस्ता वस्तुको आयातबाट ठूलो रकम बिदेसिने गरेको पाइएको छ। यहाँस्थित सिर्सिया सुख्खा बन्दगाहबाट मात्र गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीका मदिरा र जुस आदि आयात भएको उक्त भन्सार तथ्यांकले देखाएको छ।
    पूरा पढ्नुहोस्

    नेपाल–भारत सीमामा सडक स्तरोन्नति गरिने

    देवेन्द्र भट्टराई, भाद्र १७, २०७२
    नेपालसँग आयात निर्यात एवं व्यापारको थप सहजीकरणका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमावर्ती सबै सडकको स्तरोन्नति गर्न र आवागमन सुविधा विस्तार गर्न सडक यातायात मन्त्रालयलाई निर्देशन दिएका छन्।
    पूरा पढ्नुहोस्

    हराए करोडौंका चिनियाँ सामान

    हराए करोडौंका चिनियाँ सामान
    ऋषिराम पौड्याल, भाद्र १७, २०७२
    लाखौं रुपैयाँमा खरिद गरेको चिनियाँ कपडा भारतको कुन ठाउँमा छ? तातोपानी नाकाका व्यापारी शम्भु शेर्पालाई पत्तो छैन। खरिद गरेका पाँच महिना बिते पनि सामान कहिले नेपाल भित्रन्छ उनी अनभिज्ञ छन्। भूकम्पले तातोपानी नाका बन्द भएपछि समुद्री बाटोबाट भारत हुँदै राजधानी ल्याउन खोजिएको उक्त सामान कुन ठाउँमा आइपुग्यो उनलाई जानकारी छैन।
    पूरा पढ्नुहोस्

    आलुमा अब्बल दोरम्बा

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    दोरम्बाका किसानहरू अहिले आलुमा खेतीमा अब्बल देखिएका छन्। दोरम्बार र आसपासको क्षेत्रमा उत्पादन भएको आलु हिजोआज ‘दोरम्बा ब्रान्ड’ ले चिनिन थालेको छ।
    पूरा पढ्नुहोस्

    एक गाविसबाट १० करोडको तरकारी

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    भूकम्पपीडित मकवानपुरको फाखेलका कृषकलाई तरकारीको मूल्य हवात्तै वृद्धि भएपछि ठूलो राहत मिलेको छ। उत्पादित तरकारीको बिक्रीबाट गाविसका अधिकांश पीडितले घर निर्माण गर्न सक्ने जनाएका छन्।
    पूरा पढ्नुहोस्

    छानबिनले सोलु करिडोर प्रसारणलाइन अन्योलमा

    छानबिनले सोलु करिडोर प्रसारणलाइन अन्योलमा
    लोकमणि राई, भाद्र १७, २०७२
    टेन्डर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएर छानबिन थालेपछि २ वर्षमा निर्माण सक्नैपर्ने रणनीतिक महत्त्वको सोलु करिडोर विद्युत् प्रसारण लाइन निर्माणमा अन्योल बढेको छ।
    पूरा पढ्नुहोस्

    इन्धन घट्दा, घट्दैन भाडा

    जगदीश्वर पाण्डे, भाद्र १७, २०७२
    दुई वर्षअघि इन्धनको मूल्य सबैभन्दा बढी थियो। त्यही मौकामा यतायात व्यवसायीले सवारी भाडामा अत्यधिक वृद्धि गरे। तर दुई वर्षयता इन्धनको मूल्य ३५ प्रतिशतले घटिसकेको छ। गाडी भाडा भने यात्रुले उही पुरानै दरमा तिर्नुपरिरहेको छ।
    पूरा पढ्नुहोस्

    अवरुद्ध मेची राजमार्ग खुल्यो

    आनन्द गौतम, भाद्र १७, २०७२
    बिहीबार बिहानबाट अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । १० घण्टा लगाएर पहिरो पन्साएपछि अवरुद्ध सडक खुलेको हो ।प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार रोकिएका यातायातका साधन गन्तब्यमा पठाइएको छ ।पूरा पढ्नुहोस्
    थप देश

    चीनले मनायो दोस्रो विश्वयुद्ध सकिएको ७० औं बर्षगाँठ (फोटोहरु)

    एपी, भाद्र १७, २०७२
    आकाशभर उडेको लडाकु जेट, सयौं ट्यांक, मिसाइल र सैनिक परेडसहित चीनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं बर्षगाँठ भव्यताका साथ मनाएको छ । साथै, चीनले आफ्नो सैनिक घटाउने प्रतिबद्धता जनाएको छ जसका कारण विश्वलाई चीन खतरा होइन भन्ने संकेत मिल्नेछ । पूरा पढ्नुहोस्
    थप विश्व

    डा. केसीको समर्थनमा अभियान

    नारायण खडका, भाद्र १७, २०७२
    नेपालको मेडिकल क्षेत्रको सुधारको माग राख्दै विगत १० दिनदेखि अनसनरत डा. गोविन्द केसीको अभियानमा समथर्न र सहयोग पुर्‍याउने उद्देश्यले अष्ट्रेलियामा ‘आइएम विथ डा. केसी’ अभियान सुरु गरिएको छ । पूरा पढ्नुहोस्
    थप प्रवास

    हेपाटाइटिस बि: भ्रम र तथ्य

    डा. अनन्त श्रेष्ठ, भाद्र १७, २०७२
    हेपाटाइटिस बि र यसबाट हुनसक्ने जटिलताको रोकथाम गर्नका लागि सर्वप्रथम यो रोगको बारे सत्यतथ्य जान्न जरुरी हुन्छ । तर दुर्भाग्यवश हाम्रो समाजमा तथ्यभन्दा पनि यस रोग बारे भ्रमले जरा गाढेको छ । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    रिर्पाेटरकाे डायरी : कर्फ्यू छिचोल्दै टीकापुर

    ठाकुरसिंह थारू, भाद्र १५, २०७२
    टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् गत मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो। मनमा अलिअलि डर थियो। पूर्वपश्चिम राजमार्ग सुनसान थियो। बर्दियाको बाँसगढी, भुरीगाउँलगायका बजार बन्द थिए। बस्ती रहेको स्थानमा सुरक्षाकर्मी तैनाथ थिए। पूरा पढ्नुहोस्
    थप ब्लग

    नृत्यमा मेची–काली

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    मञ्च एउटै थियो। तर, नृत्यले मेचीदेखि महाकालीसम्मको संस्कृति झल्काइरहेको थियो। जमलस्थित राष्ट्रिय नाचघरमा बुधबार नेपालको विभिन्न परम्परा समेटिएका नृत्य प्रस्तुत गरियो। पूरा पढ्नुहोस्
    थप साहित्य/विविध