एनसेल खरिद–बिक्री प्रकरण: लाभकर विवादकै बीच पुँजी वृद्धि प्रस्ताव

    कृष्ण आचार्य, वैशाख २१, २०७३
    असी प्रतिशत सेयर बिक्रीमा लाभकर छलीबारे चौतर्फी आलोचना भइरहेका बेला मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजी वृद्धिको प्रस्ताव गरेको छ । कम्पनीले आन्तरिक रूपमा पहिले नै केही पुँजी तथा क्षमता वृद्धि गरे पनि कानुनी मान्यता दिन उद्योग विभागमा औपचारिक प्रस्ताव गरेको हो ।
    पूरा पढ्नुहोस् »

    आवश्यकता ६११, दरर्खास्त ४० हजार

    • ६६ गुणा बढीले दिए आवेदन
    मकर श्रेष्ठ, वैशाख २१, २०७३
    शिक्षक सेवा आयोगले गत फागुन २९ मा माध्यमिक तहको १४ बिषयमा ६ सय ११ शिक्षकको विज्ञापन गरेको थियो । माग गरे भन्दा ६६ गुना बढी ४० हजार एक सय ११ जनाले आवेदन दिएका छन् । उनीहरुले असार चार गते हुने लिखित परीक्षा दिनेछन् । बैशाख पहिलो सातासम्म आवेदन फारम भर्नु पर्ने समय दिएको थियो ।
    पूरा पढ्नुहोस् »

    नेपाली वैज्ञानिकको अनुसन्धान स्विडेनमा पुरस्कृत

      अतुल मिश्र, वैशाख २१, २०७३
      स्विडेनस्थित राष्ट्रिय विज्ञान केन्द्र (साइन्स फर लाइफ ल्याबोरेटोरी) ले वर्षका दस उत्कृष्ट वैज्ञानिक खोजअन्तर्गत नेपाली वैज्ञानिक डा.संगीत लामिछाने मुख्य अनुसन्धानकर्ता रहेका रफ चराको अनुसन्धानलाई पुरस्कृत गरेको छ । उनको अनुसन्धान वर्षको दोस्रो उत्कृष्ट अनुसन्धानका रूपमा समेत छनोट भएको हो ।
      पूरा पढ्नुहोस् »

      कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

      • ‘जस्तोसुकै परिस्थिति आउने सक्ने’ भन्दै आफ्ना सांसदहरूको हस्ताक्षर संकलन
      कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

      दुर्गा खनाल, काठमाडौं, वैशाख २१, २०७३
      प्रमुख विपक्षी कांग्रेसले मंगलबारबाट सुरु हुने संसद् अधिवेशनमा ‘जस्तोसुकै परिस्थिति आउने सक्ने’ भन्दै आफ्ना सांसदहरूको हस्ताक्षर संकलन थालेको छ । सरकारका कामकारबाहीप्रति असन्तुष्ट विपक्षी कांग्रेसभित्र सरकारको विकल्पसमेत खोज्नुपर्ने आवाज चर्किरहेका बेला सुरु भएको हस्ताक्षर संकलन अर्थपूर्ण छ ।
      पूरा पढ्नुहोस्

      युद्धकालीन घटनाबारे सुरक्षा निकाय साझा धारणा बनाउँदै

      जगदीश्वर पाण्डे, वैशाख २१, २०७३
      सशस्त्र युद्धकालीन घटनामा तत्कालीन विद्रोही माओवादी सम्बद्ध दलले संयुक्त धारणा बनाएर जाने निर्णय गरेलगत्तै मुलुकका चारवटै सुरक्षा निकाय पनि संगठित रूपमा आफ्ना दृष्टिकोण अघि सार्ने तयारीमा जुटेका छन् ।
      पूरा पढ्नुहोस्

      पुनर्निर्माण तीव्र बनाउन राष्ट्रसंघको आग्रह

      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      नेपालको तीनदिने भ्रमणमा रहेका राष्ट्रसंघका नायब महासचिव जान एलिएसनले पुनर्निर्माणलाई तीव्रता दिँदै जनतालाई सहज वातावरण तय गरिदिन आग्रह गरेका छन् ।
      पूरा पढ्नुहोस्

      कीर्तिपुरमा नरदेवी नाच

      प्रशान्त माली, वैशाख २१, २०७३
      कीर्तिपुर दरबार स्क्वायरमा नरदेवी नाच देखाइएको छ । १२ वर्षे जात्राअनुसार प्रत्येक वर्ष १२ वर्षसम्म विभिन्न १२ ठाउँमा नरदेवी नाच्नुपर्ने परम्परा छ । सोहीअनुरूप सोमबार कीर्तिपुरको नाचसँगै यस वर्षका लागि नाच सकिएको छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      लन्डनबाट नयाँ प्रेमगीत

      कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
      ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो...’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल...’, ‘रित्तो रित्तो छु म...’ ले तानेका छन् ।
      पूरा पढ्नुहोस्

      लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

      नविन पोखरेल, वैशाख १९, २०७३
      मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

      नविन पोखरेल, वैशाख १९, २०७३
      नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

      नारायण खडका, वैशाख १९, २०७३
      अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डमा नेपाल सम्मेलन

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
      पूरा पढ्नुहोस्

      जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना

      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
      पूरा पढ्नुहोस्

      प्रधानसेनापति अमेरिकामा सम्मानित

      प्रधानसेनापति अमेरिकामा सम्मानित
      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको यूएस आर्मी वार कलेजमा सम्मानित भएका छन् । पेन्सिनभेनियाको उक्त कलेजमा तालिम लिएका क्षत्रीलाई बिहीबार हल अफ फेम सेरेमोनीका दौरान सम्मान गरिएको हो ।
      पूरा पढ्नुहोस्

      टोकियोमा 'भाग्यले बाँचेकाहरु' र 'सेलफोन'

      कान्तिपुर संवाददाता , वैशाख १६, २०७३
      वैशाख १२ को विनाशकारी भूकम्पको मुलुकभर स्मरण भइरहेको बेला जापानको राजधानी टोकियोमा भने त्यही भूकम्पबाट चमत्कारिक रुपमा बाँचेकाहरुको कथाव्यथा हेर्दै थिए नेपालीहरु ।
      पूरा पढ्नुहोस्

      टोलैपिच्छे मार्ट

      विष्णु पोखरेल, वैशाख २१, २०७३
      कतारस्थित विश्व चर्चित खुद्रा बिक्रेता (रिटेलर) क्यारिफोरमा १६ वर्ष काम गरेर फर्केपछि खोटाङ बुइपाका निर्वाचन राईले सुरक्षित लगानी क्षेत्रको खोजी गरे । बजारको सामान्य सर्भेपछि उनले डेढ दशकको अनुभवलाई उपयोग गर्ने गरी लगानीको योजना बनाए ।
      पूरा पढ्नुहोस्

      विद्युतीय सामान जथाभावी फाले जरिवाना

      विष्णु पोखरेल, वैशाख २१, २०७३
      मोबाइल फोन, रेडियो वा इन्भर्टरको ब्याट्री काम नलाग्ने भयो भने के गर्नुहुन्छ ? सायद फोहोर फाल्ने स्थानमा लगेर मिल्काउनुहुन्छ । तर, अब जथाभावी नमिल्काउनुस् । मिल्काउनुभयो भने जरिवाना तिर्नुपर्ने हुन सक्छ ।
      पूरा पढ्नुहोस्

      सेतीदोभान जलविद्युत् अलपत्र

      प्रतीक्षा काफ्ले, वैशाख २१, २०७३
      यहाँको सेतीदोभान १ को जिल्लाकै पहिलो जलविद्युत् आयोजना सेतीदोभान जलविद्युत् केन्द्र हाल आएर जीर्ण र अलपत्र अवस्थामा छ ।
      पूरा पढ्नुहोस्

      ३ करोड युनिट विद्युत् चुहावट

      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      जिल्लामा चालू आर्थिक वर्षको हालसम्ममा ३ करोड ३२ लाख ८४ हजार ३ सय ४९ युनिट विद्युत् चुहावट भएको छ । जिल्लास्थित सिरहा र लहान गरी दुवै विद्युत् केन्द्रअन्तर्गत प्राप्त विद्युत्मध्ये ४१ दशमलव १५ प्रतिशत चुहावट भएको हो ।
      पूरा पढ्नुहोस्

      विकास बजेट सदुपयोगमा ढिलाइ

      विकास बजेट सदुपयोगमा ढिलाइ
      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      असार मसान्तसम्म करोडौं बजेट खर्च गरिसक्नुपर्ने जिविसले अहिलेसम्म कुनै योजनाका काम थाल्न सकेको छैन ।
      पूरा पढ्नुहोस्

      नेप्सेमा बिमा र बैंकिङ समूहको टेवा

      नेप्सेमा बिमा र बैंकिङ समूहको टेवा
      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      यो साता कारोबारको पहिलो दिन (सोमबार) सेयर बजार परिसूचक नेप्से साढे ९ अंकले बढ्यो ।उक्त दिन ६ वटा समूह अन्तर्गतका कम्पनीको सेयर कारोबार भएकामा बिमा, बैंकिङ र जलविद्युत् समूहका परिसूचक बढे ।
      पूरा पढ्नुहोस्

      ४ सय योजना हेर्न ६ प्राविधिक

      ४ सय योजना हेर्न ६ प्राविधिक
      खगेन्द्र अवस्थी, वैशाख २१, २०७३
      जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयअन्तर्गत सञ्चालित ४ सय योजना हेर्न ६ जना मात्रै प्राविधिक छन् । जनशक्ति अभावमा योजना कार्यान्वयन र अनुगमन प्रभावकारी हुन सकेको छैन ।
      पूरा पढ्नुहोस्

      टर्किसको उडान बिहान, एकै दिनमा यूरोप र अमेरिका पुग्न सकिने

      सुरज कुँवर, वैशाख २०, २०७३
      काठमाडौंलाई युरोपसँग सिधा उडानमार्फत जोड्दै आएको टर्कीको ध्वजावहाक विमान कम्पनी टर्किस एयरलाइन्सले सोमबारदेखि आफ्ना नियमित उडानलाई बिहान सारेको छ ।हाल सातामा चार वटा उडान भर्दै आएको टर्किसले काठमाडौंबाट उड्ने यात्रुलाई एकै दिनमा अमेरिका र युरोपका मुलुकमा पुर्‍याउने उदेश्यले आफ्नो उडानलाई बिहान सारेको बताएको छ ।
      पूरा पढ्नुहोस्

      साइँलाको चुइगम जिन्दगी

      देवेन्द्र भट्टराई, वैशाख १८, २०७३
      कुनै पढाइगुनाइ वा अक्कलका भरमा होइन, थोरै मुढे बल र धेरै लगनका कारण आज भारतको हिमाञ्चल राज्यभर चिनिएका छन्— साइँला लामा । पूरा पढ्नुहोस्
      थप ब्लग

      ट्राफिक एप्स सुरु

      कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
      उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोबाइल एप्स सुरु गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्सले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । साथै प्रहरीको कार्यदक्षता र क्षमता बढाउन एप्स सञ्चालनमा ल्याएको उनले बताए । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

      अर्जुन शाह, वैशाख २०, २०७३
      अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन । जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन । पूरा पढ्नुहोस्
      थप फिचर

      थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’

      टीकाप्रसाद भट्ट, वैशाख १९, २०७३
      विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । पूरा पढ्नुहोस्
      थप रोचक