मुटू रोगबाट बर्सेनी ३३ सय नेपालीको मृत्यु

  • मुटू रोगको प्रमुख कारण विषाक्त हावा
  • विश्वका ९० प्रतिसत जनसंख्या विषाक्त हावामा सास फेर्न बाध्य
अतुल मिश्र, आश्विन १२, २०७३
बर्सेनी ३३ सय ३८ जना नेपालीको इस्केमिक हर्ट डिजिज (मुटूसम्बन्धि रोग) ले मृत्यु हुने गरेको छ । मुटू रोग बढ्नुको प्रमुख कारण नेपाली आकाशमा घोलिएको विषाक्त हावा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
पूरा पढ्नुहोस् »

सिन्डिकेटको मारमा दसैंका यात्रु

  • सरकारले सुरक्षामा सम्झौता गरेर सिट संख्याभन्दा बढी यात्रु बोक्न दिँदैन : यातायात व्यवस्था विभाग
  • सरकार हाम्रा समस्यामा संवेदनशील भइदिनुपर्छ, बसभित्रको विषयवस्तुमा धेरै दबाब दिनु हुँदैन : यातायात व्यवसायी
कृष्ण ज्ञवाली/दीपेन्द्र विष्ट, आश्विन १२, २०७३
यातायात व्यवसायी समितिहरूको सिन्डिकेट रहेको क्षेत्रमा नियमितबाहेक अतिरिक्त बसहरूको व्यवस्था नगरिँदा दसैंमा घर जाने यात्रुहरूले टिकट पाउन सकेका छैनन् । सरकारले सिटभन्दा बढी यात्रु ओसार्न कडाइ गरेपछि यातायात व्यवसायीले ‘दबाब सिर्जना गर्न’ भन्दै अतिरिक्त बस थप नगरेका हुन् ।
पूरा पढ्नुहोस् »

‘दसैंसम्मै मनसुन कायम रहने देखिन्छ’

  • हिलाम्मे दसैं हुने सम्भावना : मौसम विभाग
‘दसैंसम्मै मनसुन कायम रहने देखिन्छ’
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको घण्टाघर भवन नजिकै भएर मंगलबार दिउासो परेको झरीबीच गन्तव्यतर्फ जाादै विद्यार्थीहरु । तस्बिर : सुरविन्द्रकुमार पुन/कान्तिपुर

कान्तिपुर संवाददाता , काठमाडौं, आश्विन १२, २०७३
अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि मनसुन अझै एक–डेढ साता लम्बिने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले यो वर्ष पनि मनसुन तत्काल सकिने छाँट नदेखिएको बताएका छन् ।
पूरा पढ्नुहोस्

सांसदहरूको भत्तामा भारी वृद्धि हुँदै

बलराम बानियाँ, आश्विन १२, २०७३
सरकारले साउन १ देखि नै लागू हुने गरी सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायत सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । मासिक ५४ हजार २ सय (बैठक भत्ता र ट्याक्सी भाडाबाहेक) पाउँदै आएका सांसदले भत्ता वृद्धि भएपछि मासिक ८० हजार ५ सय रुपैयाँ पाउने संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्

पञ्चायतकालीन संरचनाकै निरन्तरता !

राजेश मिश्र, आश्विन १२, २०७३
सरकारले स्थानीय तह पुन:संरचनाका लागि हाल कायम इलाकालाई आधार बनाउने निर्णय गरेपछि पञ्चायतकालीन संरचना ‘इलाका’ एकाएक चर्चामा आएको छ । सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको सहमतिमा सरकारले मंगलबार हाल कायम नगरपालिकालाई यथावत् राखी बाँकी क्षेत्रमा इलाकालाई मापदण्ड मानी गाउँपालिकाको संख्या निर्धारण गर्न पुन:संरचना आयोगलाई निर्देशन दिएको छ ।
पूरा पढ्नुहोस्

प्रधानमन्त्रीले आफ्नालाई मात्र सुविधा दिन खोजे : कांग्रेस

कुलचन्द्र न्यौपाने, आश्विन १२, २०७३
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना कार्यकर्ता र मतदातालाई प्रभावित पार्ने गरी अर्बौं रुपैयाँ वितरण गर्न लागेको भन्दै प्रमुख सत्तारूढ घटक कांग्रेसले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री दाहालले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत सशस्त्र द्वन्द्वमा मारिएका तथा बेपत्ताको परिवार, घाइतेको उपचार खर्च र अयोग्य लडाकुका नाममा करिब १६ अर्ब रुपैयाँ वितरण गर्ने कार्ययोजना अघि बढाएपछि कांग्रेसले असन्तुष्टि जनाएको हो ।
पूरा पढ्नुहोस्
थप समाचार

आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

होम कार्की , आश्विन १२, २०७३
इराकको स्वशासित राज्य कुर्दिस्तानमा आत्महत्या गरेकी पोखरा—८, कास्कीकी २९ वर्षिया अन्जना नेपालीको शव चार महिनापछि नेपाल आइपुग्ने भएको छ ।
पूरा पढ्नुहोस्

पौड्यालले पाए अष्ट्रेलियाको उत्कृष्ट शिक्षा पुरस्कार

नारायण खड्का, आश्विन १२, २०७३
अष्ट्रेलियाको शिक्षा विभागद्वारा प्रदान गरिने उत्कृष्ट पुरस्कार नेपाली युवा रत्न पौड्याललाई प्रदान गरिएको छ । १० हजार डलर राशिको पुरस्कार पाउने उनी पहिलो नेपाली बनेका छन् ।
पूरा पढ्नुहोस्

राजनीतितिर रञ्जु

पर्वत पोर्तेल, आश्विन १२, २०७३
कुनै समय नेपाली फिल्मी दुनियाँमा सफल अभिनेत्रीको छवि बनाएकी कलाकार रञ्जु लामिछानेको परिचय अहिले फेरिएको छ ।
पूरा पढ्नुहोस्

महिला वेचविखनबारे दिल्लीमा गोष्ठी

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
अखिल भारत नेपाली एकता मञ्चले महिला वेचविखनको समस्याको कारण र निदानवारे नयाँ दिल्लीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
पूरा पढ्नुहोस्

‘मृत्युदण्ड’ लाई जितेर फर्कंदै उत्तम

होम कार्की, आश्विन १२, २०७३
साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् । यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।
पूरा पढ्नुहोस्

जनसम्पर्क समिति नेदरल्याण्डसमा नयाँ नेतृत्व

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
जनसम्पर्क समिति नेदरल्याण्डसको चौथो अधिवेशनले उत्तम कँडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
पूरा पढ्नुहोस्

सिड्नीमा एनएडीएफको कार्यभार हस्तान्तरण

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
अठार वर्षअघि सीड्नीमा प्रजातन्त्रवादीहरुले खोलेको नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडिएफ)ले सीड्नीमा एक विशेष कार्यक्रम बिच पद हस्तान्तरण कार्यक्रम गरेको छ।
पूरा पढ्नुहोस्

कोरियामा हुण्डी गरेको आरोपमा नेपाली ब्यवसायी पक्राउ

देवेन्द्र सम्बाहाम्फे, आश्विन ११, २०७३
दक्षिण कोरियामा एक रेस्टुरेन्ट ब्यवसायी हुण्डी गरेको आरोपमा पक्राउ परेका छन् । ख्यङगीदो आन्सानमा कान्ति नामक रेस्टुरेन्ट संचालन गरिरहेका बिनोद सिग्देललाई अबैधानिक मानिएको हुण्डी कारोबार गरेको आरोपमा कोरियन प्रहरीले गत बिहिबार पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्

हेलिकप्टर कम्पनी श्रीले दुईवटा जहाज किन्दै

-सुरज कुँवर, आश्विन १२, २०७३
सत्र वर्षदेखि हेलिकप्टर सेवा प्रदान गर्दै आएको श्री एयरलाइन्सले आन्तरिक उडानकालागि दुईवटा जेट विमान किन्ने भएको छ । उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुधिर मित्तलका अनुसार, क्यानडियन बम्बार्डियर कम्पनीले उत्पादन गरेको सीआरजे–२०० विमान श्रीले खरिद गरेर काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी र पर्वतीय उडानको तयारी पूरा गरेको छ ।
पूरा पढ्नुहोस्

नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत प्रतिफल दिने

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई कुल चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर तथा २१ प्रतिशत नगद लाभांश पारित गरेको जारी बिज्ञप्तिमा छ ।
पूरा पढ्नुहोस्

गाउँमा खोल्न अनुमति नचाहिने

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
अब बैंक तथा वित्तीय संस्थाले गाउँमा शाखा स्थापनाका लागि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ ।
पूरा पढ्नुहोस्

दैनिक व्यापार घाटा २ अर्ब नाघ्यो

दैनिक व्यापार घाटा २ अर्ब नाघ्यो
यज्ञ बञ्जाडे, आश्विन १२, २०७३
मुलुकको दैनिक व्यापार घाटा २ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
पूरा पढ्नुहोस्

राजस्व छल्न नाका परिवर्तन

राजस्व छल्न नाका परिवर्तन
भूषण यादव, आश्विन १२, २०७३
गत साता नारायणगढको अमाते इम्पोरियमले भारतको सुरतबाट सर्टिङ/सुर्टिङको कपडा सुरज ट्रान्सपोर्टमा लोड गराएर सीमावर्ती रक्सौल बजारसम्म ल्याएको थियो ।
पूरा पढ्नुहोस्

कर्णालीमा चामल ढुवानी सुरु

कर्णालीमा चामल ढुवानी सुरु
ठाकुरसिंह थारू, आश्विन १२, २०७३
खडेरीले खाद्य संकट भएको कर्णालीमा चाडपर्व नजिकिँदै गएपछि चामल ढुवानी सुरु भएको छ ।नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयले हवाई र स्थलमार्गबाट चामल ढुवानी गर्न थालेको हो । हुम्लाको श्रीनगर र सार्केगाडमा सेनाको हेलिकप्टरबाट ढुवानी भइरहेको छ ।
पूरा पढ्नुहोस्

चिनी मिलले बक्यौता भुक्तानी गर्न थाल्यो

चिनी मिलले बक्यौता भुक्तानी गर्न थाल्यो
पवन यादव, आश्विन १२, २०७३
गरुडास्थित श्रीराम सुगर मिलले किसानलाई उखुको बक्यौता भुक्तानी गर्न थालेको छ । मिलले यसअघि उखु उत्पादक संघसँग मंगलबारदेखि बक्यौता भुक्तानी गर्ने सहमति गरेको थियो ।
पूरा पढ्नुहोस्

'हुनेखानेले मात्र पोकाको नुन खान्छन्'

बसन्तप्रताप सिंह, आश्विन ११, २०७३
बझाङमा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउँछ । सरकारले ढुवानी अनुदान दिएका कारण सस्तो मुल्यमा उपलब्ध भएको यो नुन जब जिल्ला कै दुर्गम गाविस काँडामा पुग्छ यसको मुल्य प्रतिकिलो १ सय २० रुपैयासम्म पर्न जान्छ ।
पूरा पढ्नुहोस्

विकाशोन्मुख देशहरुमा बढ्दो छ, मुटु र रक्त नली रोग

डा युवराज लिम्बू, आश्विन १२, २०७३
डब्लुएचओको सर्वेक्षण अनुसार संसारमा मानव मृत्युको पहिलो करण मुटु र रक्तनली सम्बन्धि बिमार नै हो । यद्यपि मुटु रोगबाट मृत्यु हुने प्रतिशतमा विभिन्न क्षेत्र र राष्ट्रहरुमा केहि फरक तथ्यांक हरु हुन सक्दछ । संसारमा सबै भन्दा बढी मुटु रोगबाट मृत्यु हुने अग्रपंक्तिका राष्ट्रहरुमा; रसिया, बुल्गेरिया, रोमानिया, हंगेरी र अर्जेन्टिना आदि पर्दछन् भने सबैभन्दा कम मुटु रोगबाट मृत्यु हुने राष्ट्रहरुमा; फ्रान्स, अष्ट्रेलिया, स्विटजर्ल्याण्ड, जापान र इजरायल आदि पर्दछन् । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

दाहाल भर्सेज ओली

गंगा बीसी, आश्विन १२, २०७३
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीको सम्वन्ध यतिबेला झन् बिग्रिएको छ । दाहाल प्रधानमन्त्री हुनुअघि सत्ता साझेदारका रुपमा रहेको बेला पनि यी दुई नेताबीच असल सम्वन्ध थिएन । जबकि त्यसबेला दाहालको बलमा ओली प्रधानमन्त्री भएका थिए । त्यसबेला प्रमुख सत्ता साझेदार माओवादीको सुझावलाई समेत ओलीले टेरेनन् । ओली जे मन लाग्यो, त्यही गरे भन्ने माओवादी आरोप रह्यो । पूरा पढ्नुहोस्
थप ब्लग

वर्ल्डलिंकद्वारा रक्तदान

कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

बसन्त बस्नेत, आश्विन ८, २०७३
१७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
थप फिचर

आगोको पनि लाइसेन्स

नवीन पोखरेल, आश्विन ५, २०७३
लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
थप रोचक