शनिबारीय: यौटा कथा

    सीमा आभास, भाद्र १६, २०७३
    नर्सिङहोमको मूलढोकामा पुग्दा झमक्क साँझ परेको थियो । पालेका थकित आँखाले उसलाई चिनेझैँ नियालेपछि ऊ अर्कोतिर छड्की । एम्बुलेन्सको हतास ध्वनि धेरैचोटि ओहोरदोहोर गरिसक्दा पनि उसको श्रीमान् आइपुगेको थिएन । लगत्तै टिरिङटिरिङ मोबाइल बज्यो । ‘हेल्लो, हजुर, म त जान्नँ एक्लै । हजुर पनि आइस्यो न । काँ नि था छैन । अँ ह म चिन्दिनँ । ल न त ल ।’
    पूरा पढ्नुहोस् »

    शनिबारीय: एक रक्सिलो साँझ

      कुमारी लामा, भाद्र १६, २०७३
      ठमेल, जादूमयी स्मल टाउन । साँझ झ्यांगिँदै गएपछि बिस्तारै फक्रिँदै जान्छ उसको मादकता र मख्ख पारिदिन्छ समीप पुग्ने जो कोहीलाई । म पनि पुगेकी छु उसको मायावी समयमा मिसिन । बहाना, मन बुझाउने । कसैलाई भुल्ने या आफैंलाई पनि भुलिदिने । यस्तै केही ‘एक्सक्युज’ सहित पुग्छन् धेरै यहाँ होसमै र फर्किन्छन् सायद अलि–अलि बेहोसीमा ।
      पूरा पढ्नुहोस् »

      शनिबारीय : माफ गर्नुस्, म नेपाललाई माया गर्छु

        मञ्जुश्री थापा, भाद्र १६, २०७३
        गत वर्ष जब नेपालको नयाँ संविधानले महिलाहरूलाई नागरिकतामा बराबरको हक दिएन, तब म मैले मेरो अन्योलबाट मुक्ति पाएँ । जुन देशले मलाई पूर्ण मानवको रूपमा हेर्दैन, त्यो देशसँग मेरो पहिचान देख्न–देखाउन मैले छाडिदिएँ ।
        पूरा पढ्नुहोस् »

        सार्क सम्मेलन गराउन नेपालले पहल थाल्ने

        • सार्क देशका राजदूतहरूसँग छलफल गर्ने तयारी
        सार्क सम्मेलन गराउन नेपालले पहल थाल्ने

        चन्द्रशेखर अधिकारी, काठमाडौं, आश्विन १४, २०७३
        दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलनमा चार सदस्य राष्ट्रले सहभागिता नजनाउने भएपछि उत्पन्न अन्योल चिर्न अध्यक्ष राष्ट्र नेपालले पहल गर्ने भएको छ ।
        पूरा पढ्नुहोस्

        स्वास्थ्य मन्त्री थापा शिक्षण अस्पताल पुगेर डा. केसीलाई अनसन तोड्न आग्रह

        अतुल मिश्र, आश्विन १४, २०७३
        स्वास्थ्य मन्त्री गगन थापाले पाँच दिनदेखि नवौंपटक आमरण अनसनमा बसिरहेका प्रा.डा गोविन्द केसीसँग शुक्रबार बेलुका शिक्षण अस्पतालमा पुगेर भेट गरेका छन् ।
        पूरा पढ्नुहोस्

        एन्फा चुनाव रोक्न अदालतको अन्तरिम आदेश

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको अर्को महिना हुने तय भएको निर्वाचनको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
        पूरा पढ्नुहोस्

        कलंकीका सरोजकुमारलाई कान्तिपुरको एक करोड

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        शुक्रबार दिउँसो सिमसिम पानी परेर मौसम चिसिँदै गएको थियो । २/४ दिनदेखि शरीरमा आराम नभएका कारण कलंकी बाफलका सरोजकुमार श्रेष्ठ मोबाइल फोन बन्द गरेर सुतिरहेका थिए । साँझ साढे ५ बजे ब्युँझिए । समाचार हेर्नका लागि टीभी खोले । ललितपुरको लाबिम मलबाट उद्घोषकले भनिरहेका थिए– ‘कान्तिपुरको करोडपति कलंकीका सरोजकुमार श्रेष्ठ बन्नुभएको छ ।’
        पूरा पढ्नुहोस्
        थप समाचार

        सिड्नीमा साहित्यिक अन्तर्क्रिया

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        अष्ट्रेलियाको सिड्नीमा साहित्यकार बुद्धिसागर र पत्रकार तथा ब्लगर उमेश श्रेष्ठसँग अन्तर्क्रिया भएको छ ।
        पूरा पढ्नुहोस्

        सिड्नीमा दसैं तिहार साँझ

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        नेपालीहरुको महान पर्व दसैं तिहारलाई स्वागत गर्ने र पारिवारिक रमाइलो गर्ने उद्देश्यका साथ सिड्नीको ग्रानभिलमा दसैं तिहार साँझ सम्पन्न भएको छ ।
        पूरा पढ्नुहोस्

        यूएईमा संस्थागत रूपमा घरेलु कामदार पठाउन सुरु

        होम कार्की, आश्विन १४, २०७३
        नेपालले संयुक्त अरब इमिरेट्समा घरेलु कामदार (हाउसमेड) संस्थागत (म्यानपावर कम्पनीले म्यानपावर कम्पनीलाई) रूपमा पठाउन थालेको छ । खाडीमा घरेलु कामदारलाई संस्थागत रूपमा पठाउन थालेको यो पहिलोपटक हो ।
        पूरा पढ्नुहोस्

        लन्डन आइपुगे बेलायतका लागि नयाँ राजदूत

        नवीन पोखरेल, आश्विन १३, २०७३
        बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी बुधबार राती लन्डन उत्रिएका छन् । करिब अढाइ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले सुवेदीलाई २० औं राजदूतका रुपमा पाएको हो । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।
        पूरा पढ्नुहोस्

        आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

        होम कार्की , आश्विन १२, २०७३
        इराकको स्वशासित राज्य कुर्दिस्तानमा आत्महत्या गरेकी पोखरा—८, कास्कीकी २९ वर्षिया अन्जना नेपालीको शव चार महिनापछि नेपाल आइपुग्ने भएको छ ।
        पूरा पढ्नुहोस्

        पौड्यालले पाए अष्ट्रेलियाको उत्कृष्ट शिक्षा पुरस्कार

        नारायण खड्का, आश्विन १२, २०७३
        अष्ट्रेलियाको शिक्षा विभागद्वारा प्रदान गरिने उत्कृष्ट पुरस्कार नेपाली युवा रत्न पौड्याललाई प्रदान गरिएको छ । १० हजार डलर राशिको पुरस्कार पाउने उनी पहिलो नेपाली बनेका छन् ।
        पूरा पढ्नुहोस्

        राजनीतितिर रञ्जु

        पर्वत पोर्तेल, आश्विन १२, २०७३
        कुनै समय नेपाली फिल्मी दुनियाँमा सफल अभिनेत्रीको छवि बनाएकी कलाकार रञ्जु लामिछानेको परिचय अहिले फेरिएको छ ।
        पूरा पढ्नुहोस्

        महिला वेचविखनबारे दिल्लीमा गोष्ठी

        कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
        अखिल भारत नेपाली एकता मञ्चले महिला वेचविखनको समस्याको कारण र निदानवारे नयाँ दिल्लीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
        पूरा पढ्नुहोस्

        ‘रेक्ट्रो फिटिङ’ गर्न एक लाख दिने तयारी

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले आंशिक क्षति पुर्‍याएको घरको रेक्ट्रो फिटिङ गन एक लाख दिने तयारी गरेको छ ।
        पूरा पढ्नुहोस्

        छोटकरी आर्थिक समाचार: टीभीएसको सोरुम विस्तार

        छोटकरी आर्थिक समाचार: टीभीएसको सोरुम विस्तार
        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        सानिमा बैंकले वित्तीय पहुँचको अभावमा रहेको समुदायलाई लक्षित गरेर १३ जिल्लामा विपन्न वर्ग कर्जा प्रवाह गर्ने भएको छ ।
        पूरा पढ्नुहोस्

        ८१ करोडको सेयर कारोबार

        ८१ करोडको सेयर कारोबार
        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा ८१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ६ करोड रुपैयाँले बढी हो ।
        पूरा पढ्नुहोस्

        अब उद्योगमा हडताल बन्द

        यज्ञ बञ्जाडे, आश्विन १४, २०७३
        उद्योग व्यवसायमा अबदेखि बन्द–हडताल गर्न कानुनी रूपमै प्रतिबन्ध लागेको छ । संसद्को पूर्ण सदनबाट बिहीबार पारित ‘औद्योगिक व्यवसायसम्बन्धी ऐन’ ले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार उद्योगको सञ्चालन तथा उत्पादनमा असर पर्ने गरी बन्द–हडताल जस्ता कामकारबाही गर्न पाइने छैन ।
        पूरा पढ्नुहोस्

        आफैंले फेल गराएका तीन विधेयक जस्ताको तस्तै पारित गर्दै सत्तापक्ष

        राजेन्द्र फुयाल, आश्विन १४, २०७३
        दुई महिनाअघि संसद्को बहुमतले अस्वीकृत गरेको बजेटसँग सम्बन्धित आश्रित विधेयकहरू जस्ताको तस्तै पारित हुने भएका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले साउन ७ को बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक निर्णयार्थ पेस गर्दा माओवादी केन्द्र र कांग्रेस सांसदहरूले विपक्षमा मतदान गरेका थिए ।
        पूरा पढ्नुहोस्

        उपत्यकामा सर्वेक्षण सकियो, अनुदान वितरणको तयारी

        कृष्ण आचार्य, आश्विन १३, २०७३
        राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले आंशिक क्षति पुर्‍याएको घरको रेक्ट्रो फिटिङ गर्न एक लाख दिने तयारी गरेको छ ।
        पूरा पढ्नुहोस्

        ग्यास बुलेट ल्याउन फेरि निर्देशन

        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        ग्यास बोक्ने बुलेट ल्याउने/नल्याउने विवाद कायमै रहेका बेला संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली व्यवसायीकै स्वामित्व रहने गरी पुन: आयात गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
        पूरा पढ्नुहोस्

        लोकमार्गमा फाइबर बिछ्याउन ५ अर्ब

        लोकमार्गमा फाइबर बिछ्याउन ५ अर्ब
        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी क्षेत्रको पाँचथरदेखि गोरखासम्म अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट करिब ५ अर्ब रुपैयाँ अनुदान पाएको छ ।
        पूरा पढ्नुहोस्

        बर्सेनि ३३ सयलाई हृदयाघात

        अतुल मिश्र, आश्विन १४, २०७३
        वायु प्रदूषणले नेपालमा बर्सेनि ३३ सय ३८ जना नेपालीको इस्केमिक हर्ट डिजिज (मुटुसम्बन्धी रोग) भई मृत्यु हुने गरेको छ । नेपालमा मुटु रोग बढ्नुको प्रमुख कारण यहाँको आकाशमा घोलिएको विषाक्त हावा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पूरा पढ्नुहोस्
        थप स्वास्थ्य

        अनुदानको पैसाबाट भत्केको घरमा दशैँमा मासुभात !

        कुम्भराज राई, आश्विन १४, २०७३
        केही दिनअघि मात्र सिद्धिचरण नगरपालिका ओखलढुंगाका एक भुकम्प पीडितले ५० हजार पुर्ननिर्माणको पहिलो किस्ता अनुदान रकम हात पारे । उनले त्यो पैसा श्रीमतिलाई १० हजार थमाए । बाँकी ४० हजार लिएर फरार भए । पुलिस लगाएरै उनलाई घर फर्काउनु पर्‍यो । तर घर आईपुग्दा उनको साथमा भएको पैसा रक्सी पिउँदा र भट्टीको उधारो तिर्दा सकिसकेको थियो । पूरा पढ्नुहोस्
        थप ब्लग

        सानाको संसारमा

        दामोदर न्यौपाने, आश्विन १४, २०७३
        किताब लेखिरहेकै बेला सयपत्री कान्तिपुर पब्लिकेसन्सको कार्यालय आए । चिनजान गरियो । अनौपचारिक कुराकानी धेरैबेर भए । उनी गुनासाका पोका बोकेर आएका थिए । केही पोका खोलेका थिए चियागफका क्रममा । ‘बालसाहित्यलाई साहित्यै मान्दैनन्,’ उनले गुनासो गरेका थिए, ‘बालसाहित्यलाई नमानेपछि बालसाहित्यकारलाई साहित्यकार मान्ने कुरै भएन ।’ पूरा पढ्नुहोस्
        थप साहित्य/विविध

        दसैंमा एनसेलको दोब्बर पैसा अफर

        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        दसैं–तिहारलाई लक्षित गर्दै एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम ‘मेन ब्यालेन्स’ बाट प्रयोग गर्दा काटिएकोमध्ये दोब्बर रकम बोनस ब्यालेन्स फिर्ता पाउनेछन् । पूरा पढ्नुहोस्
        थप सूचना प्रविधि

        दम्पति आफैले गरे आफ्नो श्राद्ध र पिण्डदान

        रमेशचन्द्र अधिकारी, आश्विन १४, २०७३
        कुशको दुई वटा प्रतिकात्मक लाशकोपछि मलामी थिए । तमोर नदि किनारमा तयार गरिएको चितामा धार्मिक विधि अनुसार कुशको लाशको अन्त्यष्टि पनि गरियो । मलामी जानेमा केहि आफन्तजन र जसको प्रतिकात्मक लाश थियो, तिनै व्यक्ति पनि सहभागि थिए । पूरा पढ्नुहोस्
        थप रोचक