दीपकुमारले भने, ‘ओली सरकारले बिना कसुर हटायो’

  • •भारत र चीनका प्रस्तावित राजदूतको सुनुवाइ •चीनबाट धेरै फाइदा लिन सकिन्छ: लीलामणि
चन्द्रशेखर अधिकारी, आश्विन १२, २०७३
भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायले आफूलाई अघिल्लो सरकार (केपी शर्मा ओली नेतृत्वको)ले बिना कसुर हटाएको बताएका छन् ।संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएका उपाध्यायले आफूले कुटनीति मर्यादाविपरीतका काम नगरेको दाबी गरे ।
पूरा पढ्नुहोस् »

इलाका नै गाउँपालिका

  • स्थानीय तह पुन:संरचना आयोगलाई सरकारको निर्देशन
इलाका नै गाउँपालिका

बालकृष्ण बस्नेत, काठमाडौं, आश्विन १२, २०७३
सरकारले प्रमुख तीन दलको सहमतिअनुसार स्थानीय तह पुन:संरचनाका लागि हाल कायम इलाकालाई आधार बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जिल्ला विकास समितिअन्तर्गत विद्यमान इलाकालाई मापदण्ड मानी गाउँपालिकाको संख्या तय गर्न स्थानीय तह पुन:संरचना आयोगलाई निर्देशन दिने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
  • ‘सुनजस्तै महँगो नुन’

    ‘सुनजस्तै महँगो नुन’
    वसन्तप्रताप सिंह, आश्विन ११, २०७३
    तिब्बत सीमाका दुर्गम गाविसमा नुन पनि सुनजस्तै महँगिएको छ । काँडा गाविसमा आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पाेरेसनले प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने नुनको मूल्य दुर्गममा पुग्दा महँगिएको हो । पूरा पढ्नुहोस्
  • उकालोमा धस्सियो बस: १९ को मृत्यु, २० घाइते

    उकालोमा धस्सियो बस: १९ को मृत्यु, २० घाइते
    हरिहरसिंह राठौर, आश्विन ११, २०७३
    मार्पाकको लपाङफेदीमा मंगलबार बस दुर्घटना हुँदा पाँच महिलासहित १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ गम्भीर र ११ जना सामान्य घाइते भएका छन् ।खचाखच यात्रु बोकेर सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना४ख ३३१८ नम्बरको समीक्षा यातायातको बस बिहान साढे ११ बजे मार्पाक–६ स्थित उकालोबाट खसेको हो । पूरा पढ्नुहोस्
  • नेपालको कूटनीतिक शैलीप्रति ईयूको गुनासो

    नेपालको कूटनीतिक शैलीप्रति ईयूको गुनासो
    चन्द्रशेखर अधिकारी, आश्विन ११, २०७३
    युरोपेली महासंघ (ईयू) ले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम असन्तुष्ट बनेका हुन् । पूरा पढ्नुहोस्
  • एमालेले औंल्यायो संवैधानिक राजनीतिक शून्यताको खतरा

    एमालेले औंल्यायो संवैधानिक राजनीतिक शून्यताको खतरा
    कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
    प्रमुख प्रतिपक्षी एमालेले मुुलुकमा गम्भीर संवैधानिक राजनीतिक शून्यता प्रकट हुन सक्ने खतरा बढ्दै गएको औंल्याएको छ । एक सातादेखि चलेको केन्द्रीय समितिको बैठकले निर्धारित समयभित्र चुनाव नहुने स्थितिमा संवैधानिक राजनीतिक शून्यता प्रकट हुने विश्लेषण गरेको हो । सरकारका गतिविधि त्यो दिशामा केन्द्रित रहेको एमालेको मूल्यांकन छ । पूरा पढ्नुहोस्

‘क्यान्सर अस्पताल बन्द हुने खतरा’

दीपेन्द्र बडुवाल, आश्विन १२, २०७३
यहाँस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सोमबार आफ्नै हलमा १७ औं वार्षिकोत्सव समारोह आयोजना गर्‍यो । गत वर्ष अस्पतालले प्रदान गरेका सेवा र आवश्यकताको कार्यक्रममा समीक्षा हुनुपथ्र्यो । त्यही अपेक्षाअनुसार अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारी सहभागी थिए ।
पूरा पढ्नुहोस्

नेविसंघमा समानान्तर बैठक

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयन भएको एक महिनामै गुटबन्दी सुरु भएको छ ।
पूरा पढ्नुहोस्

भारत–पाक तनावले सार्क प्रभावित

कमलदेव भट्टराई, आश्विन १२, २०७३
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण आगामी नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको सार्क सम्मेलन अनिश्चित भएको छ । भारतले मंगलबार आफ्नो सीमामा बारम्बार आतंकवादी आक्रमण भइरहेको स्थितिमा आफू सार्क सम्मेलनमा भाग लिन असमर्थ रहेको बताएको छ ।
पूरा पढ्नुहोस्
थप समाचार

राजनीतितिर रञ्जु

पर्वत पोर्तेल, आश्विन १२, २०७३
कुनै समय नेपाली फिल्मी दुनियाँमा सफल अभिनेत्रीको छवि बनाएकी कलाकार रञ्जु लामिछानेको परिचय अहिले फेरिएको छ ।
पूरा पढ्नुहोस्

महिला वेचविखनबारे दिल्लीमा गोष्ठी

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
अखिल भारत नेपाली एकता मञ्चले महिला वेचविखनको समस्याको कारण र निदानवारे नयाँ दिल्लीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
पूरा पढ्नुहोस्

‘मृत्युदण्ड’ लाई जितेर फर्कंदै उत्तम

होम कार्की, आश्विन १२, २०७३
साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् । यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।
पूरा पढ्नुहोस्

जनसम्पर्क समिति नेदरल्याण्डसमा नयाँ नेतृत्व

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
जनसम्पर्क समिति नेदरल्याण्डसको चौथो अधिवेशनले उत्तम कँडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
पूरा पढ्नुहोस्

सिड्नीमा एनएडीएफको कार्यभार हस्तान्तरण

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
अठार वर्षअघि सीड्नीमा प्रजातन्त्रवादीहरुले खोलेको नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडिएफ)ले सीड्नीमा एक विशेष कार्यक्रम बिच पद हस्तान्तरण कार्यक्रम गरेको छ।
पूरा पढ्नुहोस्

कोरियामा हुण्डी गरेको आरोपमा नेपाली ब्यवसायी पक्राउ

देवेन्द्र सम्बाहाम्फे, आश्विन ११, २०७३
दक्षिण कोरियामा एक रेस्टुरेन्ट ब्यवसायी हुण्डी गरेको आरोपमा पक्राउ परेका छन् । ख्यङगीदो आन्सानमा कान्ति नामक रेस्टुरेन्ट संचालन गरिरहेका बिनोद सिग्देललाई अबैधानिक मानिएको हुण्डी कारोबार गरेको आरोपमा कोरियन प्रहरीले गत बिहिबार पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्

दश लाख गैर कानुनी आप्रवासीलाई बेलायतकाे आकर्षक प्याकेज

नविन पाेखरेल, आश्विन ११, २०७३
होम अफिस (गृह मन्त्रालय) ले बेलायतमा रहेका करिब दश लाख गैर कानुनी आप्रवासीलाई स्वदेश फर्किए आकर्षक अफर दिने भएको छ । केही वर्षयता अध्यागमन नियन्त्रण आफ्नो मुख्य प्राथमिकतामा राख्दै आएको बेलायतले आकर्षक प्याकेजसहित गैर कानुनी आप्रवासीलाई स्वदेश फर्कन प्रेरित गरेको हो ।
पूरा पढ्नुहोस्

बेलायती जेलमा २० नेपाली

नवीन पोखरेल, आश्विन ११, २०७३
बेलायती जेलमा हाल २० जना नेपाली रहेको पाइएको छ । लन्डनस्थित नेपाली दूतावासको आग्रहमा बेलायती विदेश मन्त्रालय (एफसीओ) ले उक्त तथ्यांक दिएको हो ।
पूरा पढ्नुहोस्

गाउँमा खोल्न अनुमति नचाहिने

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
अब बैंक तथा वित्तीय संस्थाले गाउँमा शाखा स्थापनाका लागि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ ।
पूरा पढ्नुहोस्

दैनिक व्यापार घाटा २ अर्ब नाघ्यो

दैनिक व्यापार घाटा २ अर्ब नाघ्यो
यज्ञ बञ्जाडे, आश्विन १२, २०७३
मुलुकको दैनिक व्यापार घाटा २ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
पूरा पढ्नुहोस्

राजस्व छल्न नाका परिवर्तन

राजस्व छल्न नाका परिवर्तन
भूषण यादव, आश्विन १२, २०७३
गत साता नारायणगढको अमाते इम्पोरियमले भारतको सुरतबाट सर्टिङ/सुर्टिङको कपडा सुरज ट्रान्सपोर्टमा लोड गराएर सीमावर्ती रक्सौल बजारसम्म ल्याएको थियो ।
पूरा पढ्नुहोस्

कर्णालीमा चामल ढुवानी सुरु

कर्णालीमा चामल ढुवानी सुरु
ठाकुरसिंह थारू, आश्विन १२, २०७३
खडेरीले खाद्य संकट भएको कर्णालीमा चाडपर्व नजिकिँदै गएपछि चामल ढुवानी सुरु भएको छ ।नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयले हवाई र स्थलमार्गबाट चामल ढुवानी गर्न थालेको हो । हुम्लाको श्रीनगर र सार्केगाडमा सेनाको हेलिकप्टरबाट ढुवानी भइरहेको छ ।
पूरा पढ्नुहोस्

चिनी मिलले बक्यौता भुक्तानी गर्न थाल्यो

चिनी मिलले बक्यौता भुक्तानी गर्न थाल्यो
पवन यादव, आश्विन १२, २०७३
गरुडास्थित श्रीराम सुगर मिलले किसानलाई उखुको बक्यौता भुक्तानी गर्न थालेको छ । मिलले यसअघि उखु उत्पादक संघसँग मंगलबारदेखि बक्यौता भुक्तानी गर्ने सहमति गरेको थियो ।
पूरा पढ्नुहोस्

'हुनेखानेले मात्र पोकाको नुन खान्छन्'

बसन्तप्रताप सिंह, आश्विन ११, २०७३
बझाङमा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउँछ । सरकारले ढुवानी अनुदान दिएका कारण सस्तो मुल्यमा उपलब्ध भएको यो नुन जब जिल्ला कै दुर्गम गाविस काँडामा पुग्छ यसको मुल्य प्रतिकिलो १ सय २० रुपैयासम्म पर्न जान्छ ।
पूरा पढ्नुहोस्

सीजीको ‘द भिल्ला’

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
सीजी होल्डिङ्सले ललितपुरस्थित सुनाकोठीमा प्रिमियम, सस्तो, लक्जरी भिल्लाज सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्

फेरि भेटिए म्याद नाघेका सामान

राजु चौधरी, आश्विन ११, २०७३
सरकारले फलोअप अनुगमनका क्रममा ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा पुन: म्याद नाघेका सामान फेला पारेको छ ।
पूरा पढ्नुहोस्

किन फरफराउछ आँखा ? के शुभ र अशुभस‌ंग यसको सम्बन्ध छ ?

डा. लालित कुमार मिश्र, आश्विन १०, २०७३
किन हो ,आज मेरो देब्रेआँखा बिहान देखि फरफराऊदैछ । केहि अशुभ होला कि? रिसेप्सनिष्ट पदको लागि अन्तर्वार्ता दिन हिडे कि शान्तीले साथी रितालाई भनिन् । ए देब्रे आखाँ फरफराउनु त राम्रो होईन भन्छन्, दाहिनेआखाँ फरफराउनु शुभ मानिन्छ अरे । सगैं परिक्षा दिन हिंडेकि रिताले भनिन् । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

मृत्यु पूर्जा पाएकी जुम्ली युवतीको गगन थापालाई पत्र

कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
माननीय स्वास्थ्यमन्त्रीगगन थापाज्यू,नमस्कार ।खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । पूरा पढ्नुहोस्
थप ब्लग

वर्ल्डलिंकद्वारा रक्तदान

कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

बसन्त बस्नेत, आश्विन ८, २०७३
१७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
थप फिचर

आगोको पनि लाइसेन्स

नवीन पोखरेल, आश्विन ५, २०७३
लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
थप रोचक