अनुदानको पैसाबाट भत्केको घरमा दशैँमा मासुभात !

    कुम्भराज राई, आश्विन १४, २०७३
    केही दिनअघि मात्र सिद्धिचरण नगरपालिका ओखलढुंगाका एक भुकम्प पीडितले ५० हजार पुर्ननिर्माणको पहिलो किस्ता अनुदान रकम हात पारे । उनले त्यो पैसा श्रीमतिलाई १० हजार थमाए । बाँकी ४० हजार लिएर फरार भए । पुलिस लगाएरै उनलाई घर फर्काउनु पर्‍यो । तर घर आईपुग्दा उनको साथमा भएको पैसा रक्सी पिउँदा र भट्टीको उधारो तिर्दा सकिसकेको थियो ।
    पूरा पढ्नुहोस् »

    ईपीएल क्रिकेट भिडियो लाइभ: जगदम्बा राइनोजविरुद्ध कलर्स एक्स फ्याक्टर्स

      कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
      एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जगदम्बा राइनोजविरुद्ध कलर्स एक्स फ्याक्टर्सको खेल जारी छ ।
      पूरा पढ्नुहोस् »

      दाहालले दिल्लीमा फरार अभियुक्त भेटेको पुष्टि

        दाहालले दिल्लीमा फरार अभियुक्त भेटेको पुष्टि

        राजेन्द्र फुयाल, काठमाडौं, आश्विन १४, २०७३
        प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको राजकीय भ्रमणका क्रममा कैलाली नरसंहारका एक फरार अभियुक्तलाई भेटेको पुष्टि भएको छ । संसदको विशेष समयमा शुक्रबार बोल्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले प्रधानमन्त्री दाहालले नयाँ दिल्लीको ताज होटलमा भएको उक्त भेट नियोजित नभएको बताएका हुन् ।
        पूरा पढ्नुहोस्

        जलश्रोत समितिमा बराल

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिएका हुन् ।
        पूरा पढ्नुहोस्

        लिगलिगे दौड जित्नेलाई श्रीपेच पुरस्कार

        सुदीप कैनी, आश्विन १४, २०७३
        ऐतिहासिक, पुरातात्विक र पर्यटकीयस्थल लिगलिगकोटमा आश्विन २१ गते ७ औं लिगलिगे दौड प्रतियोगिता हुने भएको छ । गोरखाको मर्स्याङ्दी र चेपे दोभानबाट सुरु हुने प्रतियोतिमा पहिलो हुनेले श्रीपेच र नगद ५० हजार ५ सय ५ रुपैंया पुरस्कार जित्ने छन् ।
        पूरा पढ्नुहोस्

        दरवारमार्गको जुत्ता पसलमा आगलागी (भिडियो)

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        दरवारमार्गको एक जुत्ता पसलमा आगलागी भएको छ । इन्भे जुत्ता पसलमा आगलागी भएको हो । आग्नीनियन्त्रकहरु आगो निभाउने प्रयास गरिरहेका छन् । सडकमा रमितेहरु हेरिरहेका छन् । पत्रकार रजनिश भण्डारीले फेसबुकमा लाइभ ब्रोडकाष्ट गरिरहेका थिए ।
        पूरा पढ्नुहोस्
        थप समाचार

        सिड्नीमा साहित्यिक अन्तर्क्रिया

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        अष्ट्रेलियाको सिड्नीमा साहित्यकार बुद्धिसागर र पत्रकार तथा ब्लगर उमेश श्रेष्ठसँग अन्तर्क्रिया भएको छ ।
        पूरा पढ्नुहोस्

        सिड्नीमा दसैं तिहार साँझ

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        नेपालीहरुको महान पर्व दसैं तिहारलाई स्वागत गर्ने र पारिवारिक रमाइलो गर्ने उद्देश्यका साथ सिड्नीको ग्रानभिलमा दसैं तिहार साँझ सम्पन्न भएको छ ।
        पूरा पढ्नुहोस्

        यूएईमा संस्थागत रूपमा घरेलु कामदार पठाउन सुरु

        होम कार्की, आश्विन १४, २०७३
        नेपालले संयुक्त अरब इमिरेट्समा घरेलु कामदार (हाउसमेड) संस्थागत (म्यानपावर कम्पनीले म्यानपावर कम्पनीलाई) रूपमा पठाउन थालेको छ । खाडीमा घरेलु कामदारलाई संस्थागत रूपमा पठाउन थालेको यो पहिलोपटक हो ।
        पूरा पढ्नुहोस्

        लन्डन आइपुगे बेलायतका लागि नयाँ राजदूत

        नवीन पोखरेल, आश्विन १३, २०७३
        बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी बुधबार राती लन्डन उत्रिएका छन् । करिब अढाइ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले सुवेदीलाई २० औं राजदूतका रुपमा पाएको हो । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।
        पूरा पढ्नुहोस्

        आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

        होम कार्की , आश्विन १२, २०७३
        इराकको स्वशासित राज्य कुर्दिस्तानमा आत्महत्या गरेकी पोखरा—८, कास्कीकी २९ वर्षिया अन्जना नेपालीको शव चार महिनापछि नेपाल आइपुग्ने भएको छ ।
        पूरा पढ्नुहोस्

        पौड्यालले पाए अष्ट्रेलियाको उत्कृष्ट शिक्षा पुरस्कार

        नारायण खड्का, आश्विन १२, २०७३
        अष्ट्रेलियाको शिक्षा विभागद्वारा प्रदान गरिने उत्कृष्ट पुरस्कार नेपाली युवा रत्न पौड्याललाई प्रदान गरिएको छ । १० हजार डलर राशिको पुरस्कार पाउने उनी पहिलो नेपाली बनेका छन् ।
        पूरा पढ्नुहोस्

        राजनीतितिर रञ्जु

        पर्वत पोर्तेल, आश्विन १२, २०७३
        कुनै समय नेपाली फिल्मी दुनियाँमा सफल अभिनेत्रीको छवि बनाएकी कलाकार रञ्जु लामिछानेको परिचय अहिले फेरिएको छ ।
        पूरा पढ्नुहोस्

        महिला वेचविखनबारे दिल्लीमा गोष्ठी

        कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
        अखिल भारत नेपाली एकता मञ्चले महिला वेचविखनको समस्याको कारण र निदानवारे नयाँ दिल्लीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
        पूरा पढ्नुहोस्

        ‘रेक्ट्रो फिटिङ’ गर्न एक लाख दिने तयारी

        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले आंशिक क्षति पुर्‍याएको घरको रेक्ट्रो फिटिङ गन एक लाख दिने तयारी गरेको छ ।
        पूरा पढ्नुहोस्

        छोटकरी आर्थिक समाचार: टीभीएसको सोरुम विस्तार

        छोटकरी आर्थिक समाचार: टीभीएसको सोरुम विस्तार
        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        सानिमा बैंकले वित्तीय पहुँचको अभावमा रहेको समुदायलाई लक्षित गरेर १३ जिल्लामा विपन्न वर्ग कर्जा प्रवाह गर्ने भएको छ ।
        पूरा पढ्नुहोस्

        ८१ करोडको सेयर कारोबार

        ८१ करोडको सेयर कारोबार
        कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
        साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा ८१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ६ करोड रुपैयाँले बढी हो ।
        पूरा पढ्नुहोस्

        अब उद्योगमा हडताल बन्द

        यज्ञ बञ्जाडे, आश्विन १४, २०७३
        उद्योग व्यवसायमा अबदेखि बन्द–हडताल गर्न कानुनी रूपमै प्रतिबन्ध लागेको छ । संसद्को पूर्ण सदनबाट बिहीबार पारित ‘औद्योगिक व्यवसायसम्बन्धी ऐन’ ले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार उद्योगको सञ्चालन तथा उत्पादनमा असर पर्ने गरी बन्द–हडताल जस्ता कामकारबाही गर्न पाइने छैन ।
        पूरा पढ्नुहोस्

        आफैंले फेल गराएका तीन विधेयक जस्ताको तस्तै पारित गर्दै सत्तापक्ष

        राजेन्द्र फुयाल, आश्विन १४, २०७३
        दुई महिनाअघि संसद्को बहुमतले अस्वीकृत गरेको बजेटसँग सम्बन्धित आश्रित विधेयकहरू जस्ताको तस्तै पारित हुने भएका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले साउन ७ को बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक निर्णयार्थ पेस गर्दा माओवादी केन्द्र र कांग्रेस सांसदहरूले विपक्षमा मतदान गरेका थिए ।
        पूरा पढ्नुहोस्

        उपत्यकामा सर्वेक्षण सकियो, अनुदान वितरणको तयारी

        कृष्ण आचार्य, आश्विन १३, २०७३
        राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले आंशिक क्षति पुर्‍याएको घरको रेक्ट्रो फिटिङ गर्न एक लाख दिने तयारी गरेको छ ।
        पूरा पढ्नुहोस्

        ग्यास बुलेट ल्याउन फेरि निर्देशन

        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        ग्यास बोक्ने बुलेट ल्याउने/नल्याउने विवाद कायमै रहेका बेला संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली व्यवसायीकै स्वामित्व रहने गरी पुन: आयात गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
        पूरा पढ्नुहोस्

        लोकमार्गमा फाइबर बिछ्याउन ५ अर्ब

        लोकमार्गमा फाइबर बिछ्याउन ५ अर्ब
        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी क्षेत्रको पाँचथरदेखि गोरखासम्म अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट करिब ५ अर्ब रुपैयाँ अनुदान पाएको छ ।
        पूरा पढ्नुहोस्

        बर्सेनि ३३ सयलाई हृदयाघात

        अतुल मिश्र, आश्विन १४, २०७३
        वायु प्रदूषणले नेपालमा बर्सेनि ३३ सय ३८ जना नेपालीको इस्केमिक हर्ट डिजिज (मुटुसम्बन्धी रोग) भई मृत्यु हुने गरेको छ । नेपालमा मुटु रोग बढ्नुको प्रमुख कारण यहाँको आकाशमा घोलिएको विषाक्त हावा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पूरा पढ्नुहोस्
        थप स्वास्थ्य

        अनर्गल प्रचारको शिकार

        देवेन्द्र भट्टराई, आश्विन १३, २०७३
        हामी त्यो साँझ (अप्रिल १७, २०१६) उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत रामनगर पुगेका थियौं । नेपाल–भारत सिमावर्ती नाका अन्तर्गत सुदुर पश्चिमको कंचनपुर (गड्डाचौकी)मा हुन लागेको द्वैदेशीय अन्तरसम्वाद कार्यक्रममा सहभागी हुन राजदूत दीपकुमार उपाध्यायसहितको टोली दिल्लीबाट त्यसतर्फ लागेका थियौं । साथमा नेपाली दुतावासका काउन्सिलर (एसएसपी) यादवराज खनाल, काउन्सिलर भवराज जोशी, राजनीतिक कार्यकर्ता सन्दीप राणा, सुरक्षा अध्यायन निकाय (आइडीएसए)सम्बद्ध आकांक्षा शाहसहितको टोली थियौं । पूरा पढ्नुहोस्
        थप ब्लग

        दसैंमा एनसेलको दोब्बर पैसा अफर

        कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
        दसैं–तिहारलाई लक्षित गर्दै एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम ‘मेन ब्यालेन्स’ बाट प्रयोग गर्दा काटिएकोमध्ये दोब्बर रकम बोनस ब्यालेन्स फिर्ता पाउनेछन् । पूरा पढ्नुहोस्
        थप सूचना प्रविधि

        आगोको पनि लाइसेन्स

        नवीन पोखरेल, आश्विन ५, २०७३
        लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
        थप रोचक