राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनको आह्‍वान

    कान्तिपुर संवाददाता , श्रावण १०, २०७३
    राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आह्‍वान गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्‍वान गरेकी छन् ।
    पूरा पढ्नुहोस् »

    निस्किदै ट्याक्सी जलाउँदै

    • ट्याक्सी जलाएको अभियोगमा दोस्रो पटक पक्राउ परे कुमाल
    निस्किदै ट्याक्सी जलाउँदै

    केपी ढुंगाना, काठमाडौं, श्रावण १०, २०७३
    विहान करिव साढे तीन वजेतिर कोटेश्वरमा एक जनाले हात दिए लगत्तै बा १ ज ८२०६ नम्बरको ट्याक्सी रोकियो । सडक किनारमा २ जना यात्रु थिए । ट्याक्सी रोक्नेमध्ये एकले कलंकी जाउँ भने । चालक सुवास परियार ट्याक्सी चलाउने तयारी गर्दागर्दै एक जनाले ट्याक्सीको पछाडिको ढोका खोलेर बोतलबाट पेट्रोल खन्याएर आगो लगाएर दुबै भागे ।
    पूरा पढ्नुहोस्

    पुनर्निर्माणमा खटिएका इन्जिनियर आन्दोलित

    कान्तिपुर संवाददाता , श्रावण १०, २०७३
    भूकम्पपीडितको घर बनाउन प्राविधिक सहयोग गर्न खटाइएका प्राविधिकहरु ‘काम र दाम’ दुवै नपाएपछि आन्दोलित भएकाछन् ।
    पूरा पढ्नुहोस्

    सरकार परिवर्तनले कोरला सडक निर्माण नरोकिने

    बिनोद त्रिपाठी, श्रावण १०, २०७३
    सरकार फेरबदल हुँदैमा कोरला–जोमसोम–पोखरा सडक स्तरोन्नति काम नरोकिने सडक विभागले जनाएको छ । 'यो राष्ट्रिय गौरवको आयोजना हो, यसमा सरकार परिवर्तनसँग कुनै सम्बन्ध हुँदैन,' जुनसुकै दलको सरकार बनेपनि यस्ता आयोजनालाई रोक्ने वा थाती राख्ने सवाल नै नहुने विभागले उल्लेख गरेको छ ।
    पूरा पढ्नुहोस्

    कर्मचारी ट्रेड युनियनको विवाद अदालतमा

    कान्तिपुर संवाददाता , श्रावण १०, २०७३
    एमाले निकट कर्मचारी संगठनले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष सहितका पदका लागि निर्धारित समयभन्दा ढिलो गरी नाम पठाएको विवाद अदालतमा पुगेको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    स्थानीय कलाकारको ४ सहरमा उडान

    नारायण खड्का, श्रावण १०, २०७३
    अष्ट्रेलियामा रहेका स्थानीय कलाकारहरुलाई प्राथमिकता दिदै पहिलोपटक यहाँका गायक गायिकाहरुको सहभागितामा सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । उडान नाम दिइएको उक्त सांगीतिक कार्यक्रम यही सेप्टेम्बरदेखि यहाँका विभिन्न ४ सहरहरुमा आयोजना गरिने भएको छ ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियामा अमर न्यौपाने अभिनन्दित

    नारायण खड्का, श्रावण १०, २०७३
    मदन पुरस्कार विजेता युवा साहित्यकार अमर न्यौपानेलाई अष्ट्रेलियाको सिड्नीमा अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा पुर्‍याएको योगदान स्वरुप उनलाई यहाँस्थित साहित्यिक संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज ले अभिनन्दन गरेको हो ।
    पूरा पढ्नुहोस्

    न्युजिल्याण्डमा डा. केसीको समर्थनमा प्रदर्शन

    कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
    चिकित्सा क्षेत्रका बेथितिको विरोधमा दुई सातादेखि अनसनरत डाक्टर गोविन्द केसीका आन्दोलनमा न्युजिल्याण्डका नेपालीले ऐक्यवद्धता जनाएका छन् ।
    पूरा पढ्नुहोस्

    गैरकानुनी आप्रवासी खोज्दै मलेसियाली सरकार, नेपालीसहित ११८ आप्रवासी पक्राउ

    रामचन्द्र गिरी, श्रावण ९, २०७३
    मलेसियाले गैरकानुनी आप्रवासीको खोजी गर्दै शनिबार गरेको धरपकडमा एकसय १८ जना आप्रवासीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुमध्ये दुईजना महिला छन् । उनीहरु गैरकानुनी अवस्थामा रहेको र कतिपयले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको जनाइएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
    पूरा पढ्नुहोस्

    कामदारलाई काँचो सुन लैजान रोकेको प्रति एनआरएनको आपत्ति

    कान्तिपुर संवाददाता , श्रावण ८, २०७३
    गैरआवासीय नेपाली संघको पाँचौ मध्यपूर्व क्षेत्रीय भेलाले कामदारलाई काँचो सुन लैजान रोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाउदै पूर्ववत ब्यबस्थालाई कायम गर्न आग्रह गरेको छ ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियामा दुईदिने महापुराण सुरु

    नारायण खड्का, श्रावण ८, २०७३
    अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि दुईदिने ज्ञान महायज्ञ महापुराण सुरु भएको छ । नेपालबाट आएका वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले वाचन गर्ने उक्त महापुराणबाट संकलित रकम नेपालमा सामाजिक कार्य गरिरहेको मानव सेवा आश्रमका लागि सहयोग पुरयाउने लक्ष्य लिइएको छ ।
    पूरा पढ्नुहोस्

    मेलबर्नमा डा. केसीको समर्थनमा प्रदर्शन

    नारायण खड्का, श्रावण ८, २०७३
    नेपालमा करिब २ सातादेखि आन्दोलनरत डा. गोविन्द केसीको समर्थनमा मेलबर्नमा शनिबार प्रदर्शन गरिएको छ ।
    पूरा पढ्नुहोस्

    सोलुको सेर्गा बागम प्राविलाई न्यूयोर्कबाट तीन लाख २५ हजार

    कान्तिपुर संवाददाता , श्रावण ७, २०७३
    भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको सेर्गा गाउँको सेर्गा बागम प्राविलाई अमेरिकास्थित नेपालीबाट तीन लाख २५ हजार ५,२५ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
    पूरा पढ्नुहोस्

    बिनाकारण सेयर कारोबार रोकियो

    यज्ञ बञ्जाडे, श्रावण १०, २०७३
    नियामक निकाय र सेयर दलालको गैरजिम्मेवारीका कारण नियमित सेयर कारोबार हुनुपर्ने आइतबार खरिद बिक्री भएन । घटेको दलाल कमिसन मिलाउन नसकिएको गैरजिम्मेवार कारण देखाउँदै दशकयता पहिलो पटक बिदा नभएको र नियमित कारोबार हुने दिनमा पनि बजार ठप्प बनाइयो ।
    पूरा पढ्नुहोस्

    एचबीएल सेजन फेलोसिप स्थापना

    एचबीएल सेजन फेलोसिप स्थापना
    कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
    हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक पत्रकारिता लेखनवृत्ति (फेलोसिप) स्थापना गर्नेबारे सम्झौता भएको छ । चार विधामा प्रदान गर्नेगरी स्थापना हुन लागेको फेलोसिप सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जवरा र सेजनकातर्फबाट अध्यक्ष गोकर्ण अवस्थीले आइतबार आयोजित कार्यक्रममा हस्ताक्षर गरे ।
    पूरा पढ्नुहोस्

    सिम्रिकले सिमरामा दैनिक उडान सुरु गर्‍यो

    कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
    सिम्रिक एयरलाइन्स आइतबारदेखि दैनिक सिमरा उडान सुरु गरेको छ । काठमाडौंबाट दैनिक २ वटा नियमित उडान सिमराको लागि सुरु गर्न लागिएको सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले बताए ।
    पूरा पढ्नुहोस्

    दैनिक १ अर्ब ८१ करोडको सेयर कारोबार

    कान्तिपुर संवाददाता , श्रावण ९, २०७३
    साताभर नेप्सेमा ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्ला केही महिनायता नेप्से परिसूचक निरन्तर बढिरहेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेपछि दैनिक औसत १ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुन थालेको छ ।
    पूरा पढ्नुहोस्

    सांसदको बजेट फर्जी बिलबाट भुक्तानी

    अगन्धर तिवारी, श्रावण ९, २०७३
    पर्वतका दुई सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको डेढ करोड बजेट हुँदै नभएको आयोजनाको नाममा फर्जी बिल पेस गरी भुक्तानी लिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नम्बर दुईका सांसद विकास लम्सालले स्थानीय स्तरमा हुँदै नभएको योजनामा फर्जी बिल पेस गरी रकम भुक्तानी गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    अर्बपतिका छोराले बेकरीमा गरे काम

    दिनेश यादव, श्रावण ८, २०७३
    भारतको सुरतमा कम्पनीको मुख्यालय राखेर ७१ मुलुकमा आफ्नो कारोबार गर्दै आएका र ६ हजार करोड भारतीय रुपैयाँ ९९६ अर्ब नेपाली रुपैयाँ० बराबरको सम्पत्ति भएका एक गुजराती हिरा व्यापारीले आफ्ना एक्लो छोरालाई घरबाहिर पठाए ।
    पूरा पढ्नुहोस्

    पुुनर्निर्माणको ६० करोड रकम फिर्ता

    पुुनर्निर्माणको ६० करोड रकम फिर्ता
    हरिहरसिंह राठौर, श्रावण ८, २०७३
    सरकारी निकायको ढिलासुस्तीका कारण भूकम्प पीडितका आवास पुनर्निर्माणका लागि आएको ६० करोड रकम फिर्ता गएको छ ।जिल्लामा प्राप्त ७६ करोड रकममध्ये ४ गाविसका २८ सय ५९ जना लाभग्राहीलाई १४ करोड २९ लाख ५० हजार रकम पीडितलाई दिन अनुदान भए पनि बाँकी रकम फिर्ता भएको छ ।
    पूरा पढ्नुहोस्

    जुट मिलमा मजदुर अभाव

    जुट मिलमा मजदुर अभाव
    लीलावल्लभ घिमिरे , श्रावण ८, २०७३
    पहिला मजदुर काम खोज्दै उद्योग धाउँथे तर अहिले ठिक उल्टो भएको छ । अब मजदुर खोज्दै उद्योगहरू घर घरका ढोकासम्म पुग्नपर्छ । ‘दैनिक ५ वटा गाडीले ३५ किलोमीटर भन्दा टाढावाट मजदुर ल्याउनुपर्छ,’ अरिहन्त जुट मिलका प्रवन्धक गोवीन्द बजगाईले भने, ‘पहिला काम खोज्न मजदुर आउँथे अहिले मजदुर खोज्न हामी जान्छौ ।’
    पूरा पढ्नुहोस्

    हेपाटाइटिस सी कलेजोको सिरोसिस र क्यान्सर निम्त्याउँदै छ

    अतुल मिश्र, श्रावण ८, २०७३
    हाम्रो मुलुकमा कलेजोको रोग हेपाटाइटिस सीले हजारौंलाई शान्त मृत्यु दिइरहेको छ । विशेषज्ञहरूका अनुसार, शुरुमा यो रोगको कुनै प्रभाव देखिँदैन, तर जब देखिन्छ त्यतिखेर मृत्यु अगाडि नै उभिइसकेको हुन्छ । अर्थात्, हेपाटाइसिस सी लागेपछि मृत्युवरण गर्नुबाहेक उपाय हुन्न, चिकित्साको कुनै विकल्प हुन्न । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    बाधा अड्काउ धारा ‘सक्रिय’ भइरहने खतरा

    बालकृष्ण बस्नेत, श्रावण १०, २०७३
    नयाँ संविधान प्रयोगका क्रममा पहिलोपटक एउटा धारा ब्यापक बहसमा आयो । त्यो हो प्रधानमन्त्री चयन प्रक्रिया सम्बन्धी धारा २९८ ।यो धारा अनुसार एकपटक मात्र प्रधानमन्त्री चयन हुन सक्ने भएकाले दोहोर्‍याएर अर्को प्रधानमन्त्री हुन नसक्ने भन्नेमा एउटा पक्ष उभियो । पूरा पढ्नुहोस्
    थप ब्लग

    मेरो बुझाइमा 'निर्वाण'

    कमलप्रसाद न्यौपाने, श्रावण १०, २०७३
    निर्वाण प्रकाशित भएको खबर सुनेपछि पढ्ने चाहना उत्कर्षमा पुग्यो । आद्योपान्त पढेँ । बुद्धदर्शनको भावभूमिमा उपन्यासका माध्यमबाट निर्वाणको प्रस्तुति रोचक लाग्यो । यो मनोरञ्नन मात्र नभएर मनोभञ्जन समेत रहेछ । साथीहरूलाई पनि पढ्ने सल्लाह दिएँ । अधिकांशले नामै बुझेनन् ‘के निर्माण ?’ भनेर सोधे । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    मोबाइल अनुमतिपत्र नवीकरण शुल्क घटाउन प्रस्ताव

    विष्णु पोखरेल, श्रावण १०, २०७३
    मोबाइल सेवाको अनुमतिपत्र नवीकरणबापत टेलिफोन कम्पनीहरूले हाल तिरिरहेको शुल्क घट्ने गरी नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रस्ताव अघि बढाएको छ । प्रस्ताव पारित भएमा सरकारले नेपाल टेलिकम र एनसेलबाट मात्र पाँच वर्षमा करिब २० अर्ब रुपैयाँ गुमाउने छ । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    जहाँ बेहुलाको खरिद-बिक्री हुन्छ

    वीरेन्द्र कर्ण, श्रावण ४, २०७३
    सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्‌भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । पूरा पढ्नुहोस्
    थप रोचक