बर्मेली नागरिक भन्छन्, ‘नेपाल सरकार हामीलाई बचाई देऊ’

बर्मेली नागरिक भन्छन्, ‘नेपाल सरकार हामीलाई बचाई देऊ’
अलपत्र बर्मेली नागरिक विराटनगरस्थित गेष्ट हाउसकाे काेठामा । तस्विर : अवधेश झा/कान्तिपुर

अवधेशकुमार झा, मोरङ, भाद्र १३, २०७२
उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्, बुझदैनन् पनि । साथमा भएका सबै पैसा सकिएको छ । काडमाडौ हिंडेका उनीहरु विराटनगर बसपार्कको गेस्ट हाउसको एउटा कोठामा कोच्चिएर बसेका छन् । बन्दका कारण उनीहरु घर न घाटका झैं भएका छन् ।
पूरा पढ्नुहोस्

बन्दले पढाइ चौपट

दुर्गालाल केसी, भाद्र १३, २०७२
एकपछि अर्को निकायले शैक्षिक संस्था बन्द गर्दा बालबालिकाको पढाइ चौपट भएको छ। साउन २७ देखि लगातार विद्यालय बन्द छन्। सुरुमा थरुहट/थारुवान संघर्ष समिति, त्यसपछि आदिवासी जनजाति महासंघ, संयुक्त मधेसी मोर्चा र अन्तमा जिल्ला सुरक्षा समितिले पालैपालो शैक्षिक संस्था बन्द गराइरहेका छन्।
पूरा पढ्नुहोस्

गुलेली र लठ्ठी प्रयोग गरेको स्वीकार

कान्तिपुर संवाददाता, भाद्र १३, २०७२
डेढ वर्षीय बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुरमा भएको हिंसात्मक घटनाको एक सातापछि थरुहट आन्दोलनका नेताहरूले सामाजिक सद्भावमा आँच आउने कुनै गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्।
पूरा पढ्नुहोस्

'लोकतान्त्रिक अभ्यासमा बेलायतको साथ'

कान्तिपुर संवाददाता, भाद्र १२, २०७२
अन्तर्राष्ट्रिय विकाससम्बन्धी जिम्मेवारी लिएपछि दोस्रोपटक नेपाल भ्रमणमा आएका बेलायती राज्यमन्त्री देसमण्ड स्वाइनेले नेपालको लोकतान्त्रिक अभ्यास र दिगो विकासको लागि आफूहरू सधैं साथमा रहने बताएका छन् ।
पूरा पढ्नुहोस्
थप समाचार

विचार/विश्‍लेषण

सफलता : पहिले मजदुर, अहिले लखपति

विमल खतिवडा , भाद्र १३, २०७२
बारा दक्षिण झिटकैयाबाट ४६ वर्षीय धनेश्वर महतो रोजगारी खोज्दै चितवन आइपुगे। ०३७ सालतिर यहाँ आएका उनले सुरुमा इँटा भट्टामा मजदुरी गरे। त्यसपछि खेतमा आली लगाउने र बिउ काढ्ने काम गरे।
पूरा पढ्नुहोस्

घाटा बेहोर्दै चिराइतो तिब्बततिर

आनन्द गौतम, भाद्र १३, २०७२
यहाँका किसानहरू घाटा बेहोर्दै चिराइतो तिब्बत पुर्‍याउने गरेका छन्। उच्च पहाडी जंगलमा पहिला आफैं उम्रने चिराइतो अहिले किसानले खेती लगाउन थालेका छन्।
पूरा पढ्नुहोस्

पूर्वाञ्चलको ८२.७ प्रतिशत जग्गामा रोपाइँ

जितेन्द्र साह, भाद्र १३, २०७२
यो वर्ष मनसुन ढिला गरी सुरु भए पनि पूर्वाञ्चलको १६ वटै जिल्लामा ८२ दशमलव ७ प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ।
पूरा पढ्नुहोस्

पिछडिएका जिल्लालाई नै थोरै रकम

कृष्ण आचार्य, भाद्र १३, २०७२
मानव विकास सूचकांकमा ७५ जिल्लामध्ये जाजरकोट ६८ औं स्थानमा पर्छ। विकासको प्रमुख सूचक मानव विकास सूचकांक (एचडीआई इन्डेक्स) कै आधारमा जाजरकोटलाई सरकारले प्रमुखताका साथ वार्षिक बजेट विनियोजन गर्नुपर्ने हो।
पूरा पढ्नुहोस्

भारुको माग बढ्यो

शंकर आचार्य , भाद्र १२, २०७२
अन्य महिनाको तुलनामा साउन/भदौ महिनामा यहाँ भारतीय रुपैयाको माग ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज शाखामा भारु सटही गर्न आउनेको संख्या अन्य महिना भन्दा अत्यधिक बढी देखिन्छ ।
पूरा पढ्नुहोस्

डोल्पा र हुम्लामा पुगेन सडक ५ सय ८४ गाविस बाँकी

दीपेन्द्र विष्ट, भाद्र १२, २०७२
सरकारले मुलुकभर करिब ७९ हजार ९ सय ५८ किमि सडक विस्तार गरेको छ । सडक विभागले २६ हजार ९ सय ३५ किमि र स्थानीय पूर्वाधार तथा कृषि सडक सडक विभाग (डोलिडार) ले ५३ हजार २३ किमि सडक विस्तार गरेको हो ।
पूरा पढ्नुहोस्

विमानस्थल पसलमा ४ गुणा बढी मूल्य

राजु चौधरी, भाद्र ११, २०७२
त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा ४ गुणा बढी मूल्य लिने गरेको भेटिएको छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनमा खाद्यान्नलगायत वस्तुमा चर्को मूल्य असुल्ने गरेको भेटिएको हो।
पूरा पढ्नुहोस्

कोदोको हर्लिक्स माग बढ्दो

कोदोको हर्लिक्स माग बढ्दो
वसन्ती बाँस्तोला, भाद्र ११, २०७२
कोदो भनेपछि रोटी, ढिंँडो र खोलेजस्ता परिकार मात्र बनाएर गाउँमा खाने अन्न भनेर बुझिन्छ। तर, यहाँका व्यावसायिक महिलाले कोदोलाई हर्लिक्सको रूपमा परिचित बनाएका छन्।
पूरा पढ्नुहोस्

खेलकुद

मनोरञ्जन

सामाजिक कार्यकर्तालाई मुद्दै–मुद्दा

एजेन्सी, भाद्र १३, २०७२
सामाजिक कार्यकर्ता तिस्ता सितलवाडको अग्रिम धरौटी निवेदनलाई मुम्बई उच्च अदालतले स्वीकारेको १५औं दिनमा गुजरातमा फेरि हिंसा भड्किएको छ। सितलवाड तिनै महिला हुन्, जसले सन् २००२ मा भड्किएको साम्प्रदायिक दंगाका दोषी १ सय १९ जनालाई सजाय दिन बाध्य बनाएकी थिइन्। पूरा पढ्नुहोस्
थप विश्व

जापानमा नेपाली साहित्य मेला हुँदै

कान्तिपुर संवाददाता, भाद्र १३, २०७२
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को चौथो सम्मेलन जापानको टोकियोमा हुने भएको छ। मोतीराम भट्टको जन्मजयन्ती पारेर आउँदो सेप्टेम्बर १९ देखि २१ सम्म हुने सम्मेलनमा संसारभर नेपाली स्रष्टा भेला हुने बताइएको छ। पूरा पढ्नुहोस्
थप प्रवास

जीवनको अन्त होइन क्यान्सर

अतुल मिश्र , भाद्र १२, २०७२
प्रधानमन्त्री सुशील कोइराला जिब्रो र फोक्सोको क्यान्सरलाई परास्त गरेर देश हाँक्दै छन् । बलिउड अभिनेत्री मनीषा कोइराला पनि यो खतरनाक रोगलाई जितेर सामान्य जीवनमा फर्किएकी छन् । क्यान्सरको उपचार छैन भन्ने धारणालाई गलत सावित गरिदिएकी अर्की ‘पात्र’ हुन् मौसमी चक्रवर्ती, जसले चारवटा क्यान्सरसँग लडेर विजय हासिल गरेकी छन् । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

नेपालीको उद्दारमा हमाल र बाख्रा चराउने हाउसमेड

होम कार्की, भाद्र १०, २०७२
बाँके–१६, नेपालगञ्जका भक्तबहादुर हमाल २२ बर्षदेखि साउदी अरबमा काम गरिरहेका छन् । यतिखेर हमाल रियादस्थित नेपाली दुताबासको सम्र्पक ब्यक्तिको रुपमा ताबुकमा सहयोगीसँगै आफ्नो मजदुरी पनि गरिरहेका छन् । पूरा पढ्नुहोस्
थप ब्लग

चारलाई पारिजात सिर्जना सम्मान

कान्तिपुर संवाददाता, भाद्र १३, २०७२
पारिजात स्मृति केन्द्रले प्रत्येक वर्षझैं यसपटक पनि चार स्रष्टालाई विभिन्न शीर्षकमा ‘पारिजात स्मृति सम्मान’ प्रदान गरेको हो। साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘पारिजात सिर्जना सम्मान’, शारदारमण नेपाललाई ‘पारिजात बालसाहित्य सम्मान’, मिठाईदेवी विश्वकर्मालाई ‘पारिजात संघर्षशील नारी सम्मान’ र गायक/संगीतकार जीवन शर्मालाई ‘पारिजात कला सम्मान’ प्रदान गरिएको हो। कला पुरस्कारको संस्थापक चाहिँ साहित्यकार स्नेह सायमी र लक्ष्मी माली हुन्। पूरा पढ्नुहोस्
थप साहित्य/विविध