नारायणगढ–मुग्लिन खण्डमा जहिल्यै खसिने डर

    विमल खतिवडा, भाद्र ११, २०७३
    पोखराबाट चितवनको कार्यक्रममा सहभागी हुन आउने क्रममा २०५० साल जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार मित्सुबिसी गाडी नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कविलास गाविसको दासढुंगाबाट त्रिशूली नदीमा खस्यो । उक्त गाडीका चालक अमर लामा बाँचे । तर भण्डारी र आश्रितको मृत्यु भयो । घटनाको पर्सिपल्ट भण्डारीको शव चितवनकै गाँजीपुरमा फेला पर्‍यो । आश्रितको भने भोलिपल्ट गाडीभित्र शव फेला पर्‍यो ।
    पूरा पढ्नुहोस् »

    देउवा फर्केपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने

      बसन्त बस्नेत, भाद्र ११, २०७३
      प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका दुई शीर्ष नेतालाई भेटेर राजनीतिक सहमतिका लागि उपाय खोज्न पहल गरेका छन् । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटै सत्तासाझेदार दुई दलका शीर्ष नेताले मोर्चा-कांग्रेस र माओवादीबीच साउन १९ मा भएको तीनबुदे सहमतिमध्ये के-के पूरा भयो र के के बाँकी छन् भन्नेबारे छलफल गरेको प्रधानमन्त्री निकट स्रोतले जनायो ।
      पूरा पढ्नुहोस् »

      १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका बेला क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण अनिश्चित बन्दै

      • १० वर्षमा ३० प्रतिशत काम
      १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका बेला क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण अनिश्चित बन्दै
      २०६२ साल जेठ २२ गते तत्कालीन माओवादीले चितवनको माडीमा बम बिस्फोट गराएर क्षति पुर्‍याएको बस ।फाइल तस्बिर

      राजेश मिश्र, काठमाडौं, भाद्र ११, २०७३
      भूकम्पपछिको पुनर्निर्माणको चर्चा चलिरहेका बेला माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका बेला क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण भने अनिश्चित बन्दै गएको छ । बजेट र ठोस नीति अभावका कारण द्वन्द्वपछिको पुनर्निर्माण अनिश्चित बनेको हो ।
      पूरा पढ्नुहोस्
      • त्रिशुलीमा बस खस्दा २२ को मृत्यु, ४ बेपत्ता

        त्रिशुलीमा बस खस्दा २२ को मृत्यु, ४ बेपत्ता
        शिव पुरी, भाद्र १०, २०७३
        गौरबाट पोखरा जाँदै गरेको रात्रिबस शुक्रबार बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत कालीखोलाबाट २ सय मिटर तल त्रिशुलीमा खस्दा चार भारतीयसहित २२ यात्रुको मृत्यु भएको छ । २१ जनाको घटनास्थलमा र एकको उपचारको क्रममा मृत्यु भएको हो । पूरा पढ्नुहोस्
      • दाहाल मन्त्रिपरिषद ‘जम्बो’ हुँदै

        दाहाल मन्त्रिपरिषद ‘जम्बो’ हुँदै
        बलराम बानियाँ, भाद्र १०, २०७३
        प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन् । दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ । पूरा पढ्नुहोस्
      • लोकमानका फाइल मगाउन आदेश

        लोकमानका फाइल मगाउन आदेश
        कृष्ण ज्ञवाली, भाद्र १०, २०७३
        सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिं कार्कीेको नियुक्तिको सक्कल फाइल झिकाउन आदेश दिएको छ । कार्कीको नियुक्तीविरुद्ध परेको रिट खारेजीको फैसला पुनरावलोकनको माग राखी परेको निवेदनको सुनुवाईका क्रममा सर्वोच्चको पूर्ण इजलाशले कार्कीसाग सम्बन्धित दुई महत्वपूर्ण फाइलको सक्कलप्रति मगाएको हो । पूरा पढ्नुहोस्
      • ‘काम नभएर बसेका राजदूतलाई सक्रिय बनाउँछु’

        ‘काम नभएर बसेका राजदूतलाई सक्रिय बनाउँछु’
        चन्द्रशेखर अधिकारी, भाद्र १०, २०७३
        नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले दुवै छिमेकी मुलुकको संवेदनशीलतामा ध्यान दिँदै विश्वासिलो सम्बन्ध बनाएर राष्ट्रहितमा काम गर्न आवश्यक रहेको बताएका छन् । उनले परराष्ट्र मामिलामा नेपालको छवि केही समयदेखि खस्किएको उल्लेख गर्दै यसलाई सबल बनाउन आफू लागिपर्ने जनाएका छन् । पूरा पढ्नुहोस्

      पाँच दिनमा २१ सय ग्राहकको बिजुली काटियो

      कान्तिपुर संवाददाता , भाद्र ११, २०७३
      विद्युत् प्राधिकरणले शुक्रबारसम्ममा बिजुलीको महसुल नतिरेका २१ सय ठूला ग्राहकको लाइन काटेको छ ।
      पूरा पढ्नुहोस्

      प्रविधिमैत्री बन्दै गृहका निकाय

      जनकराज सापकोटा, भाद्र ११, २०७३
      गृह मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउन कम्प्युटर सफ्टवेयर प्रणाली सुरु गरेको छ । गृहले केही जिल्लामा विभिन्न नौ सफ्टवेयर प्रयोगमा ल्याइसकेको छ ।
      पूरा पढ्नुहोस्

      हजार किमिमा एउटै चालक

      डीआर पन्त, भाद्र ११, २०७३
      ‘गाडी चालक एक्लै हो ?’ दार्चुलाबाट झन्डै १ हजार किलोमिटर लामो दूरी तय गरी राजधानी जान लागेको बसका चालकलाई प्रश्न गर्दा उनले उत्तर दिन सकेनन् । १९ वर्षीय हेल्परले उत्तर दिए, ‘म हुँ नि अर्को चालक, देख्नु भएन ?’ सँगै उभिएका ट्राफिक प्रहरीले अर्को चालकको विषयमा चासो नै राखेनन् । न त उनले कुनै सोधखोज नै गरे ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      डब्लिनमा नेपाल आयरल्याण्ड डे कार्यक्रम गरिने

      कान्तिपुर संवाददाता , भाद्र १०, २०७३
      बेलायतस्थित नेपाली दूतावासको आर्थिक सहयोगमा आयरल्याण्डमा ‘नेपाल आयरल्याण्ड डे’ कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा छ । नेपाली दूतावास र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा आगामी ४ सेप्टेम्बरका दिन डब्लिनस्थित फोनिक्स् पार्कमा कार्यक्रम हुन लागेको हो ।
      पूरा पढ्नुहोस्

      हत्या अभियोगका दोषी नेपालीलाई बहराईनमा आजीवन काराबास

      होम कार्की, भाद्र ९, २०७३
      आफ्नै साथी हत्या गरेको अभियोगमा एक जना नेपालीलाई बहराइनको अदालतले आजीवन काराबासको सजाय दिएको छ । बहराइनको राजधानी मन्मास्थित नेपाली दुताबासका अनुसार पोखराका तिलबहादुर गर्वुजालाई अदालतले आजीवन काराबासको फैसला सुनाएको हो ।
      पूरा पढ्नुहोस्

      १२ वर्षपछि कतारले आममाफी खोल्यो

      होम कार्की, भाद्र ९, २०७३
      कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रवासीहरु कामदारलाई स्वदेश फिर्ने वातावरण बनाएको जनाएको छ । यो १२ बर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुनेछ ।
      पूरा पढ्नुहोस्

      साउदीको फौजी साले कम्पनीका ४१ नेपाली कामबिहीन

      होम कार्की, भाद्र ८, २०७३
      साउदी अरबको जुबेलस्थित फौजी साले अल नजारानी कम्पनीमा कार्यरत ४१ नेपाली कामदार एक महिनादेखि अलपत्र परेका छन् ।
      पूरा पढ्नुहोस्

      यूरोपको राजधानीमा नेपालका फोटै फोटा

      दीपकज्योति पौडेल, भाद्र ७, २०७३
      बेल्जियम र यूरोपकै राजधानी मानिने ब्रसेल्स शहर भित्र चल्ने विभिन्न ट्रामहरु यतिबेला नेपालका पर्यटकीय आकर्षण एवं विशेषता झल्काउने पोस्टरहरुले सजिएका छन् । झट्ट हेर्दा अचम्म लाग्न सक्ने ती पोस्टरहरु अरु केहि नभएर नेपाली दूतावास बेल्जियमले भूकम्पपछिको शिथिल पर्यटन प्रवद्र्घनको लागि गरेको पब्लिसिटीको काइदा हो ।
      पूरा पढ्नुहोस्

      ‘गर्भवती’ भन्दै नेपालीले चलाएकै कम्पनीमा महिला निष्कासित

      होम कार्की, भाद्र ७, २०७३
      कतारमा नेपालीले चलाएको एक कम्पनीले गर्भवती भएको भन्दै आफ्ना एक उच्च तहमा कार्यरत नेपाली महिला कर्मचारीलाई निस्कासन गरेको छ ।
      पूरा पढ्नुहोस्

      लेबनानमा फेरि नेपाली कामदार प्रतिबन्ध, अवैतनिक दूत खारेज

      देवेन्द्र भट्टराई, भाद्र ६, २०७३
      वैदेशिक रोजगारीमा जान चाहने घरेलु कामदारका लागि तय गरेको कार्यविधी र निर्देशिकप्रति असहमति जनाउँदै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । श्रम मन्त्रालयले घरेलु कामदारका लागि ‘अनिवार्य शर्त’का रुपमा अघि सारेको कार्यविधी आफ्नो मुलुकको श्रम कानूनका बिपरित रहेको भन्दै लेबनान सरकारले नेपाली कामदारलाई श्रम अनुमति दिन नसकिने जनाएको हो ।
      पूरा पढ्नुहोस्

      प्रमेज र रुषा मिष्टर एण्ड मिस नेपाल ओसिनिया

      नारायण खडका, भाद्र ६, २०७३
      अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको मिस्टर एण्ड मिस नेपाल ओसिनियाको उपाधि प्रमेज श्रेष्ठ र रुषा राखि बरालले जितेका छन् । सिड्नीमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलिया र न्युजिल्याण्डका करिब २ दर्जन प्रतियोगिहरुलाई उछिन्दै उनीहरुले उक्त उपाधि हात पारेका हुन् ।
      पूरा पढ्नुहोस्

      मर्जरले झन्डै ३२ करोड कित्ता सेयर रोक्का

      यज्ञ बञ्जाडे, भाद्र १०, २०७३
      मर्जर तथा एक्विजिसन (प्राप्ति) का कारण बैंक वित्तीय संस्थाको ३१ करोड ८६ लाख कित्ता सेयरको कारोबार रोक्का छ । मर्जर प्रक्रिया सुरु भएपछि समाप्त नहुदाँसम्म सम्बन्धित कम्पनीहरूको सेयर कारोबार रोक्का गर्नुपर्ने कानुनी व्यवस्था छ ।
      पूरा पढ्नुहोस्

      मोबाइल टावर राख्न मान्दैनन् घरधनी

      विष्णु पोखरेल, भाद्र १०, २०७३
      केही दिनअघि नेपाल टेलिकमको टोली शान्तिनगरस्थित एक घरमा टावर राख्न पुग्यो । टेलिकमले घरधनीसँग पहिले नै टावर राख्ने सम्झौता गरिसकेको थियो । उपकरण र टावर लिएर पुगेको टोली देख्ने बित्तिकै आसपासका छिमेकी भेला भए । उनीहरूले टावर राख्ने सम्झौता रद्द गर्त घरधनीलाई दबाब दिए । दुुई पक्षबीच कुरो मिल्न सकेन, टेलिकम टोली टावर जडान नगरी फर्कियो ।
      पूरा पढ्नुहोस्

      हात्तीको बिमा भएन

      शिव पुरी, भाद्र १०, २०७३
      सौराहाका होटल व्यवसायीले पर्यटक लोभ्याउन पालेका हात्तीको बिमा नहुँदा समस्यामा परेका छन् । हाल हात्ती मरेमा उनीहरूले करोडौंको क्षति बेहोर्नुपरेको गुनासो गरेका छन् । बिमा कम्पनीले मानिस, सवारी, पशु, बालीनाली लगायतको बिमा गरे पनि हात्तीको भने हालसम्म गर्न मानेका छैनन् ।
      पूरा पढ्नुहोस्

      सहज बन्दै इन्धन

      राजु चौधरी, भाद्र १०, २०७३
      करिब सातादेखि देखिएको पेट्रोल अभाव बिस्तारै सहज बन्दै गएको छ । उपत्यकाको दैनिक मागभन्दा बढी वितरण भएपछि सहज भएको हो ।
      पूरा पढ्नुहोस्

      हस्तान्तरण नहुँदै भत्किएको सिक्टा मूल नहर मर्मत

      जनक नेपाल, भाद्र ९, २०७३
      सिक्टा सिँचाइ आयोजनाको परीक्षणकै क्रममा भत्किएको मूल नहर एक महिनामा मर्मत भएको छ ।भत्किनुको कारण नपहिल्याउँदै निर्माण कम्पनी कालिका–सीटीसीले एक महिनाभित्रै उक्त खण्ड बनाएको हो ।
      पूरा पढ्नुहोस्

      संस्थानको चामल बिक्री भएन

      बसन्त प्रताप सिंह, भाद्र ९, २०७३
      बजारका पसलको भन्दा मूल्य बढी भएपछि नेपाल खाद्य संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ ।बजारको मूल्यभन्दा झन्डै २ देखि ३ रुपैयाँसम्म प्रतिकिलो महँगो भएकाले संस्थानको चामल गोदाममै थन्किएको हो ।
      पूरा पढ्नुहोस्

      पर्यटकीय स्थानमा होटल खोले सस्तोमा ऋण

      पर्यटकीय स्थानमा होटल खोले सस्तोमा ऋण
      कान्तिपुर संवाददाता , भाद्र ९, २०७३
      तोकिएका पर्यटकीय स्थानहरूमा होटल स्थापना गर्नका लागि सस्तो ब्याज दरमा ऋण पाइने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भए बमोजिम बैंक तथा वित्तीय संस्थाले निश्चित पर्यटकीय क्षेत्रमा होटल खोल्ने ग्राहकलाई बढीमा ९ प्रतिशत सम्ममा ऋण प्रवाह गर्ने छन् ।
      पूरा पढ्नुहोस्

      एक वर्षमै ४७० उद्योग

      प्रकाश बराल, भाद्र ९, २०७३
      यहाँको नगर क्षेत्र र राजमार्ग आसपासमा गत आर्थिक वर्ष ४ सय ७० वटा साना तथा मझौला उद्योग खुलेका छन् । पृथ्वी राजमार्ग र अन्य सहायक मार्गले भेटेको क्षेत्रमा व्यवसाय दर्ता र उद्योग खुल्ने क्रम बढेको हो ।
      पूरा पढ्नुहोस्

      नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

      होम कार्की, भाद्र ३, २०७३
      खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
      थप ब्लग

      हरायो थारू भाषाको पढाइ, अधिकांश विद्यालयमा बन्द

      कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
      अभिभावकले मातृभाषाभन्दा नेपाली र अंग्रेजी भाषालाई नै बढी महत्त्व दिएको पाइएको छ । थारू र अवधी भाषाको बाहुल्य रहेका बाँके, बर्दिया र दाङका केही विद्यालयमा मातृभाषामा कक्षा सञ्चालनको अभ्यास गरिए पनि सफल हुन सकेको छैन । दाङबाट दुर्गालाल केसी, बर्दियाबाट कमल पन्थी र बाँकेबाट ठाकुरसिंह थारूको रिपोर्ट : पूरा पढ्नुहोस्
      थप फिचर

      बाँदरविरुद्ध प्रशासनमा उजुरी

      कुम्भराज राई, भाद्र ७, २०७३
      कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्किंदै थिए । उनलाई बाटामा बाँदरले खुट्टामै समातेर लडायो र चिथोर्न र टोक्न खोज्यो । बल्लबल्ल छिमेकी भाइले देखेपछि लखेटे । पूरा पढ्नुहोस्
      थप रोचक