विमानस्थलमा दुईटा कन्भेयर बेल्ट थपिए

  • अब यात्रुले ४५ मिनेट भित्र लगेज पाउने दावी
सुरज कुँवर, वैशाख २४, २०७३
ब्यागेज ओसार्दा हुने ढिलाईका कारण अन्तराष्ट्रिय स्तरमै छवि बिग्रेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि दुइटा कन्भेयर (ब्यागेज ओसार्ने ) बेल्ट थपिएका छन् । लामो समयदेखि दुइटा पूराना र थोरै क्षमता भएका बेल्टका कारण नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिगि्रएको थियो ।
पूरा पढ्नुहोस् »

तीन महिना भित्र दाहाल प्रधानमन्त्री: गच्छदार

  • 'दाहाललार्इ सरकार नढाल्न अाग्रह गरे'
तीन महिना भित्र दाहाल प्रधानमन्त्री: गच्छदार

वेदराज पौडेल, इनरुवा, वैशाख २४, २०७३
मधेसी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष एंव उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन महिना भित्र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने बताएका छन् । उनले त्यो सरकार तीन बर्ष सम्म टिकेर संविधानको सफल कार्यान्वयन गर्ने बताए ।
पूरा पढ्नुहोस्

मातातिर्थमा यसरी सम्झिइयो आमालाई

कान्तिपुर संवाददाता , वैशाख २४, २०७३
आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरी मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
पूरा पढ्नुहोस्

दुर्घटनामा परी सात यात्रु घाइते

रासस, वैशाख २४, २०७३
इलामको शान्तिडाँडामा आज बिहान भएको सवारी दुर्घटनामा सात यात्रु घाइते भएका छन् । जीतपुरदेखि इलाम सदरमुकामतर्फ आउँदै गरेको मे१ज ६५३ नंको सफारी जिप मङ्गलबारे–नेपालटार सडकखण्डको शान्तिडाँडामा दुर्घटना भएको थियो ।
पूरा पढ्नुहोस्

मधेसी मोर्चाबाट संसद बहिस्कार

रासस, वैशाख २४, २०७३
व्यवस्थापिका–संसदको आजको बैठक मधेसी मोर्चाले बहिष्कार गरेको छ । बैठकको प्रारम्भमै समय माग गरी संयुक्त गठबन्धनका तर्फबाट सांसद अशोक राईले सरकारले आदोलनरत मधेसी मोर्चाले उठाएको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै आजको बैठक बहिस्कार गरेको घोषणा गरे ।
पूरा पढ्नुहोस्
थप समाचार

बेलायती संसद अगाडि बुद्ध जयन्ती मनाइने

कान्तिपुर संवाददाता , वैशाख २४, २०७३
बेलायतवासी नेपाली युवाले यहाँको संसद अगाडि बुद्ध जयन्ती मनाउने तयारी गरेका छन् । यही मे २० तारिख साँझ ५.३० देखि ८.३० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको आयोजकमध्ये एक कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
पूरा पढ्नुहोस्

कोरियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु

देवेन्द्र सम्बाहाम्फे , वैशाख २४, २०७३
दक्षिण कोरियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । बिहीबार राति इन्च्छनमा कोरियन नागरिकले हाँकेको कारले ठक्कर दिँदा स्याङ्जा मनकामनाका इश्वर गुरुङको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्

संघीयता कार्यान्वयन अहिलेको आवश्यकता : गौतम

कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले संघीयता कार्यान्वयन अहिलेको आवश्यकता रहेको र यसबारे विवाद गर्नुको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन् ।
पूरा पढ्नुहोस्

लन्डनबाट नयाँ प्रेमगीत

कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो...’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल...’, ‘रित्तो रित्तो छु म...’ ले तानेका छन् ।
पूरा पढ्नुहोस्

लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

नविन पोखरेल, वैशाख १९, २०७३
मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
पूरा पढ्नुहोस्

आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

नविन पोखरेल, वैशाख १९, २०७३
नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
पूरा पढ्नुहोस्

अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

नारायण खडका, वैशाख १९, २०७३
अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
पूरा पढ्नुहोस्

आयरल्याण्डमा नेपाल सम्मेलन

कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
पूरा पढ्नुहोस्

एनसेलको कर छलीबारे संसदमा छलफल गर्न माग गर्दै गगनको प्रस्ताब

कान्तिपुर संवाददाता , वैशाख २४, २०७३
नेपाली कांग्रेसका सांसद गगन थापाले एनसेल खरिदबिक्रीमा पूँजीगत लाभकर असुल गर्ने सम्बन्धमा छलफल गर्न व्यवस्थापिका संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताब दर्ता गराएका छन् । उनले करबारे छलफल गरि सरकारलाई निर्देशन दिनका लागि बिहीबार प्रस्ताब दर्ता गराएका हुन् ।
पूरा पढ्नुहोस्

मोबाइल सेटको भ्याट छुट हटाउने तयारी

विष्णु पोखरेल, वैशाख २४, २०७३
सरकारले मोबाइल सेटमा व्यापारीलाई दिँदै आएको ५० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) छुटलाई हटाउने तयारी गरेको छ । आगामी बजेटमार्फत सरकारले भ्याट छुट हटाउने तयारी थालेको हो । तयारीस्वरूप नेपाल दूरसञ्चार प्राधिकरणले व्यक्तिगत रूपमा विदेशबाट ल्याइने मोबाइल सेटको दर्ता अनिवार्य गरिसकेको छ ।
पूरा पढ्नुहोस्

गलत हल्लाले खुम्बुमा पर्यटन प्रभावित

कुम्भराज राई, वैशाख २४, २०७३
हिमालै हिमालको खुम्बु क्षेत्रबारे बर्सेनि फैलिएको गलत हल्लाले पर्यटक घटेकोघट्यै छन् । २०१६ मा पुन: भूकम्प गएपछि खुम्बुबारे संसारभर गलत हल्ला फैलिन थालेको हो ।
पूरा पढ्नुहोस्

लुम्बिनीमा पर्यटकको बसाइ ३० मिनेट

माधव ढुंगाना, वैशाख २४, २०७३
दशकौंदेखि बुद्ध जन्मस्थल लुम्बिनी आउने स्वदेशी र विदेशी पर्यटकको संख्या उत्साहजनक रूपले वृद्धि भइरहेको छ ।
पूरा पढ्नुहोस्

‘दोस्रो आर्थिक सुधार सुरु गर्न नसक्दा अन्योल’

कान्तिपुर संवाददाता , वैशाख २४, २०७३
राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले दोस्रो चरणको सुधार गर्न नसक्दा अर्थतन्त्र अन्योलमा रहेको बताएका छन् ।
पूरा पढ्नुहोस्

विद्युत् विस्तार आयोजना अलपत्र

विद्युत् विस्तार आयोजना अलपत्र
शाहीमान राई, वैशाख २४, २०७३
नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ सञ्चालित विद्युत् विस्तार आयोजनाहरू अलपत्र परेका छन् । घर घरमा बिजुली बत्ती पुर्‍याउने लक्ष्यका साथ थालिएको विद्युत् विस्तार आयोजनाहरू आठ वर्ष बितिसक्दा पनि पूरा भएका छैनन् ।
पूरा पढ्नुहोस्

हेलो सरकार : एनसेललाई कर तिराऊ

कान्तिपुर संवाददाता , वैशाख २४, २०७३
आमजनताको जनगुनासो सुन्न प्रधानमन्त्री कार्यालयमा खोलिएको हेलो सरकारमा पछिल्लो समय सबैभन्दा बढी ‘एनसेललाई कर तिराऊ’ भन्ने परेको छ ।
पूरा पढ्नुहोस्

पानी कम पर्दा स्याउ किसानलाई क्षतिपूर्ति

पानी कम पर्दा स्याउ किसानलाई क्षतिपूर्ति
एलपी देवकोटा/यज्ञ बञ्जाडे, वैशाख २४, २०७३
असिना र खडेरीका कारण स्याउ उत्पादन घटेपछि अब जुम्लाका किसानले नोक्सान बेहोर्नुपर्ने छैन ।स्याउको मौसमी बिमामार्फत किसानले त्यस्तो नोक्सान बापतको क्षतिपूर्ति पाउने छन् ।
पूरा पढ्नुहोस्

पत्रकारिताको इतिहासमा दोहोरिएको खोट

गणेश राई, वैशाख २४, २०७३
जित्नेहरूको मात्र इतिहास लेख्ने र हार्नेहरूको जतिसुकै योगदान भएपनि आँखा चिम्लिने कामको झाङ नेपाली आमसंचार तथा पत्रकारिता फाँटमा पनि मौलाएको छ । त्यसको पछिल्लो उदाहरण हो– नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा घोषणा गरिएको व्यक्ति कृष्णप्रसाद भट्टराई । पूरा पढ्नुहोस्
थप ब्लग

सिर्जना यात्रामा एघार देश

कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
प्राय: नाचगान र नाट्यकर्म हुने सांस्कृतिक संस्थान (नाचघर) यतिबेला चित्रहरूले सजिएको छ । मुलुकभित्रका वरिष्ठ चित्रकारहरूदेखि मुलुकबाहिर दस देशका चित्रकारहरूको कलाकृति यति बेला नाचघरमा हेर्न सकिन्छ । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

ट्राफिक एप्स सुरु

कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोबाइल एप्स सुरु गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्सले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । साथै प्रहरीको कार्यदक्षता र क्षमता बढाउन एप्स सञ्चालनमा ल्याएको उनले बताए । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

अर्जुन शाह, वैशाख २०, २०७३
अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन । जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन । पूरा पढ्नुहोस्
थप फिचर

थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’

टीकाप्रसाद भट्ट, वैशाख १९, २०७३
विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । पूरा पढ्नुहोस्
थप रोचक