ब्रसेल्सको अपराध अनुशन्धान प्रयोगशालामा शक्तिशाली बिस्फोट

  • बिस्फोट गराउनेकाे स्थिति र परिचय अज्ञात
बीबीसी, भाद्र १३, २०७३
बेल्जीयमको ब्रसेल्स प्रहरीको अपराध अनुशन्धान प्रयोगशालामा शक्तिशाली बिस्फोट भएको छ । बीबीसीका अनुसार स्थानीय समय अनुसार २:३० बजे एउटा कार तीनवटा तारबारलाई ठक्कर दिँदै प्रयोगशालामा प्रवेश गर्दा आगलागीसहित बिस्फोट भएको हो ।
पूरा पढ्नुहोस् »

सजाय भुक्तान गरिसके पनि नेपाली युवक ७ महिनादेखि साउदीकाे जेलमै

  • छुटाइदिन परिवारकाे सरकारसँग आग्रह
सजाय भुक्तान गरिसके पनि नेपाली युवक ७ महिनादेखि साउदीकाे जेलमै
५ वर्षदेखि साउदीस्थित जुबैलको अबुहदरिया सेन्ट्रल जेलमा रहेका गोरखा, केराबारी-७, छारनासका धुर्व गुरुङ ।

अाश गुरुङ, लमजुङ, भाद्र १३, २०७३
रोजगारीका लागि साउदी गएका एक नेपाली युवक आफूले पाएको ५ वर्षको जेल सजाय भुक्तान गरेको ७ मिहना बितिसक्दा पनि हालसम्म छुटेका छैनन् । उनलाई छुटाइदिन परिवारले सरकारसँग आग्रह गरेको छ। एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा गोरखा, केराबारी ७ छारनासका ध्रुव गुरुङ जेल परेका हुन् ।
पूरा पढ्नुहोस्

पर्साकाे जंगलमा वनरक्षक र तस्करबीच गोली हानाहान

भाद्र १३, २०७३
सशस्त्र वनरक्षक र तस्करबीच पर्सामा गएराति दोहोरो गोली हानाहान भएको छ । पर्साको मधुवनमथवल वन क्षेत्रमा गए राति वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको हो ।
पूरा पढ्नुहोस्

देखाउन मात्रै रुटमा कडाइ

पोखरा ब्युरो, भाद्र १३, २०७३
दुर्घटनालगत्तै रुट इजाजत र सिट क्षमता चेकजाँचमा सक्रिय देखिने स्थानीय प्रशासन र प्रहरीले विस्तारै समन्वयकारी भूमिका खेल्न थालेका छन् । नियम कार्यान्वयनमा कडाइ गर्दा सार्वजनिकयातायातका धेरै गाडी रोकिने भएकाले कडाइ अब देखावटी मात्रै हुन थालेको छ । पर्वतबाट अगन्धर तिवारी, गोरखाबाट सुदीप कैनी, पाल्पाबाट माधव अर्याल र बागलुङबाट पूर्ण वीकेको रिपोर्ट :
पूरा पढ्नुहोस्

अब सबैमा ‘एम्बेसी अफ नेपाल’

कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
परराष्ट्रमन्त्री प्रकाशशरण महतले परराष्ट्र मन्त्रालयले नै पत्राचारमा एकरूपता ल्याउन सबै दूतावासलाई ‘एम्बेसी अफ नेपाल’ लेख्न निर्देशन दिएका छन् ।
पूरा पढ्नुहोस्
थप समाचार

न्यूजर्सी घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न

कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलन ‘न्यूजर्सी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । शनिबारदेखि दुई दिनसम्म चलेको सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गरेको हो ।
पूरा पढ्नुहोस्

अष्ट्रेलियाका ३ सहरमा पर्यटन प्रबर्द्धन कार्यक्रम

नारायण खड्का, भाद्र १२, २०७३
भूकम्पपछि सुस्त बनेको नेपालको पर्यटन क्षेत्रमा यस क्षेत्रबाट पर्यटक संख्या बृद्धि गर्ने उद्देश्यले अष्ट्रेलियाका ३ मुख्य सहरमा नेपालको पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गरिने भएको छ ।
पूरा पढ्नुहोस्

एनआरएनए न्यूजर्सी सम्मेलन सुरु

दिनेशजंग शाह, भाद्र १२, २०७३
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परिवर्तित समयमा नयाँ ढंगले परिचालन गर्ने अध्यायको रुपमा प्रचारित ‘नवौं एनआरएनए क्षेत्रीय सम्मेलन’ यहाँ स्थित हिल्टन होटलमा शुरु भएको छ । आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा तीन दर्जन देशका प्रतिनिधिहरु सहभागी रहेको बताइएको छ ।
पूरा पढ्नुहोस्

विदेशी जेलमा ८६३ नेपाली

होम कार्की, भाद्र १२, २०७३
पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।
पूरा पढ्नुहोस्

स्लोभाकियाबाट नेपालीको शव काठमाडौं पठाइयो

कान्तिपुर संवाददाता , भाद्र ११, २०७३
युरोपेली मुलुक स्लोभाकियामा निधन भएका एक नेपालीको शव शुक्रबार नेपाल पठाइएको छ । सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामाको शव आइतबार बिहान काठमाडौं पुर्‍याइने छ ।
पूरा पढ्नुहोस्

भित्ताभरि मनको बह

होम कार्की, भाद्र ११, २०७३
कुबेतस्थित नेपाली दूतावासमा महिला सेल्टरका लागि छुट्टाएको कोठामा पस्ने क्रममा एक छिन ढोकामा रोकिएँ । कोठाभित्र एक दर्जन चेली भए, वातावरण सुनसान थियो । कोही बोलेका थिएनन् । सबैले मलाई हेरिरहेका थिए ।
पूरा पढ्नुहोस्

खाडीमा तीजको रौनक

कान्तिपुर संवाददाता , भाद्र ११, २०७३
वैदेशिक रोजगारका लागि खाडी पुगेका नेपाली महिला कामदारले साप्ताहिक बिदा (शुक्रबार) को मौकामा तीज मनाएका छन् । उनीहरुले माइती (स्वदेश) जान नपाए पनि कर्मथलोमै नाचगानसहित तीज मनाउन पाउँदा खुशी लागेको बताए ।
पूरा पढ्नुहोस्

डब्लिनमा नेपाल आयरल्याण्ड डे कार्यक्रम गरिने

कान्तिपुर संवाददाता , भाद्र १०, २०७३
बेलायतस्थित नेपाली दूतावासको आर्थिक सहयोगमा आयरल्याण्डमा ‘नेपाल आयरल्याण्ड डे’ कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा छ । नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा आगामी ४ सेप्टेम्बरका दिन डब्लिनस्थित फोनिक्स् पार्कमा कार्यक्रम हुन लागेको हो ।
पूरा पढ्नुहोस्

दसैंमा ग्यास सिलिन्डरमा छुट

राजु चौधरी, भाद्र १३, २०७३
आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेललगायत खाद्यान्नमा छुट दिने तयारी थालेको हो ।
पूरा पढ्नुहोस्

भूकम्पपछि दाबी भुक्तानी १५ अर्ब

भूकम्पपछि दाबी भुक्तानी १५ अर्ब
यज्ञ बञ्जाडे, भाद्र १३, २०७३
गत वर्ष निर्जीवन बिमा कम्पनीहरूले करिब १५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब १ सय ८४ प्रतिशतले बढी हो ।
पूरा पढ्नुहोस्

नेपाल बैंकले रणनीतिक साझेदार भित्र्याउने

नेपाल बैंकले रणनीतिक साझेदार भित्र्याउने
कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
मुलुकको सबैभन्दा जेठो बैंक (नेपाल बैंक) ले पनि रणनीतिक साझेदार भित्र्याउने योजना बनाएको छ । संस्थालाई सबै पक्षबाट बलियो र प्रतिस्पर्धी बनाउने उद्देश्यले उपयुक्त साझेदार भेटिएमा भित्र्याउने योजना बैंकले बनाएको हो ।
पूरा पढ्नुहोस्

डेलका दुई ल्यापटप बजारमा

कान्तिपुर संवाददाता , भाद्र १२, २०७३
डेलले आफ्नो नयाँ दुई ल्यापटप नेपाली बजारमा ल्याएको छ । बजारमा ल्याइएका ल्यापटपहरुमा ‘इन्सपाइरोन १३ ५००० २–इन– १’ र ‘इन्सपाइरोन १५ ५००० ल्यापटप’ रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पूरा पढ्नुहोस्

झन्डै ६ अर्ब विदेशी लगानी भित्रियो

यज्ञ बञ्जाडे, भाद्र १२, २०७३
आर्थिक वर्ष ०७२/७३ मा झन्डै ६ अर्ब रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे १ अर्बले बढी हो । आर्थिक वर्ष ०७१/७२ मा यस्तो लगानी ४ अर्ब ३८ करोड रुपैयाँ थियो ।
पूरा पढ्नुहोस्

अधिकांश ठूला योजना अधुरै

अधिकांश ठूला योजना अधुरै
लीलाबल्लभ घिमिरे, भाद्र १२, २०७३
६ महिना लामो मधेस बन्द र हडतालका कारण गत वर्ष निर्माण सम्पन्न हुनुपर्ने मोरङका ठूला योजनाहरूका लागि दोस्रो पटक समय थप गर्नुपर्ने भएको छ । जिल्लामा सञ्चालित पुल र कल्भर्टका योजनाहरू तोकिएको समयमा नसकिएपछि यस्तो अवस्था आएको हो ।
पूरा पढ्नुहोस्

रोजगारी नपाउँदा विस्थापित हुँदै बादी समुदाय

रोजगारी नपाउँदा विस्थापित हुँदै बादी समुदाय
मनोज बडु, भाद्र १२, २०७३
गोकुलेश्वर ४ का अधिकांश बादी समुदायका परिवार उचित काम र अवसर नपाउँदा विस्थापित हुँदै गएका छन् । ४/५ वर्षयता काम पाउन छाडेपछि विस्थापित हुन थालेका हुन् ।
पूरा पढ्नुहोस्

मध्यपहाडी मार्गमा ‘मिल्क करिडोर’

मध्यपहाडी मार्गमा ‘मिल्क करिडोर’
सुदीप कैनी, भाद्र १२, २०७३
मध्यपहाडी लोकमार्गमा पर्ने खोप्लाङ छेवेटारदेखि पालुङटार खण्डलाई ‘मिल्क करिडोर’ बनाउने अभियान थालिएको छ ।करिब १० किलोमिटर सडकखण्ड आसपासका किसानलाई गाई–भैंसीपालन गर्न प्रोत्साहन गर्दै जिल्ला पशुसेवा कार्यालयले अभियान थालेको हो ।
पूरा पढ्नुहोस्

नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

होम कार्की, भाद्र ३, २०७३
खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
थप ब्लग

स्वर्गीय इन्द्रभक्त श्रेष्ठको ‘मेरा सम्झना’ विमोचन

प्रशान्त माली, भाद्र ११, २०७३
समाजसेवी तथा व्यापारी स्वर्गीय ईन्द्रभक्त श्रेष्ठको ‘मेरा सम्झना’ नामक आत्मकथा विमोचन भएको छ । ईन्द्र–जवाहर सहयोग गुठीले स्वर्गीय इन्द्रभक्त जयन्तीको अवसरमा हातिवनस्थित आई.जे पायनियर उच्च माविमा शनिबार आयोजित समारोहमा पुस्तक विचोचन गरिएको हो । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

एक्लो 'कागजका डाक्टर'

देवेन्द्र भट्टराई, भाद्र १२, २०७३
पाल्पा मूलघर भएका गृहमानसिंह श्रेष्ठका पितापुर्खा आयुर्वेद क्षेत्रमा जोडिएका थिए । गृहमान भने पढे/गुनेर डाक्टर बन्न चाहन्थे । तर, पढाइसँगै रोजीरोटीको बाटो पहिल्याउने क्रममा उनी कागज र अभिलेखको दुनियाँमा यसरी अल्झिए, सेवाबाट अवकाश पाइसक्दा पनि फर्किएर त्यही कागज सुम्सुम्याउने दैनिकीमा उनी रमाइरहेका छन् ।पूरा पढ्नुहोस्
थप फिचर

धापमा पाैडीकाे प्रतिस्पर्धा

राेयटर्स, भाद्र १२, २०७३
बेलायतको लियनह्रिड वेल्समा हरेक वर्ष रमाईलो प्रतिस्पर्धाको आयोजना हुन्छ । जसमा प्रतिस्पर्धीहरु निकै रोचक लाग्ने स्विमिङ कस्टुम लगाएर धापमा पौडीन्छन् । पूरा पढ्नुहोस्
थप रोचक